वित्तीय क्षेत्रमा ‘डिजिटलाइजेसन’ अर्थतन्त्रको हिस्सा’



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय भुक्तानी आफैंमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताउनुभएको छ । आइतबार वोवीनारमार्फत् ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’को उद्घाटन गर्दै उहाँले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेसनको ठूलो महŒव रहेको बताउनुभएको हो ।
डिजिटलाईजेसनलाई कसरी अगाडि बढाउने भनेर नेपाल राष्ट्र बैंकले ठूलो सपना बोकेर हिँडेको र सोही सपनामा ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ एउटा पाटो हुने अपेक्षा राख्नुभयो ।

बैंक तथा वित्तीय संस्थाले समयको मागअनुसारको सेवा सुविधा दिनुपर्ने भन्दै गभर्नर अधिकारीले फाइनान्सियल सेक्टरमा डिजिटल सर्भिस बढाउनुपर्ने बताउनुभयो । अहिले चिया पसलदेखि इरेक्सासम्म क्युआर कोडको प्रयोग हुन थालेको भन्दै पसलका सामानसमेत डिजिटल्ली टिकटक र फेसबुकबाट देखाउने प्रचलन बढेको बताउनुभयो ।वित्तीय साक्षरतालाई डिजिटल्लीरुपमा लैजानुपर्ने भन्दै उहाँले यसका लागि मार्केटिङ गर्न जरुरी रहेको पनि बताउनुभयो । उहाँले फाइनान्सियल सेक्टर विद्युतीय कारोबार गर्ने क्रममा कोर बैंकिङ सेक्टरमार्फत अगाडि बढेको बताउनुभयो ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गाउँसम्म वित्तीय पहुँचमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्वमन्त्री भगवती चौधरीले डिजिटलाइजेसन सेक्टरमा‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्तगर्नुभयो ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले डिजिटलाईजेशनको विषयलाई ग्राहकसम्म बुझाउन जरुरी रहेको बताउनुभयो । अहिलेको युगमा पनि फिजिकल कारोबारमै अल्झिराखेमा डाइनोसर नै हुने उहाँको भनाइ छ । नेपाल बैंकर संघका पूर्वअध्यक्ष उपेन्द्र पौड्यालले वित्तीय साक्षरतालाई स्कुल कलेज लेभलका पाठ्यक्रममा राख्न सबै लाग्नुपर्ने बताउनुभयो । डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युम्न पोखरेलले बैंकवित्तबाट ग्राहकलाई खाता खोल्ने मात्र नभई डिजिटल्ली ऋण लिने व्यवस्था पनि गर्न सकिने बताउनुभयो । लघवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले गाउँ–गाउँका नागरिकलाई उद्यमशिलताको विकासका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।नेपाल क्लियरिङ हाउसका सीईओ निलेशमान प्रधानले अहिले नेपालमा डिजिटलाईजेशनमा प्रयोग भएका पूर्वाधारहरु अन्तर्राष्ट्रियस्तरका रहेको बताउनुभयो । एससीटी कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दीपेश मास्केले अहिले इन्टरनेट, मोबाइलको पहुँच, हात–हातमा पुगेको भन्दै टेक्नोलोजीमा सबैलाई जोड्न आवश्यक रहेकोबताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्