सिनोभ्याकलाई आपतकालीन प्रयोगको अनुमति



काठमाडौँ (नेस) ।

नेपालमा कोरोना भारइसविरुद्धको चिनियाँ खोप सिनोभ्याकलाई आपतकालीन प्रयोगको अनुमति दिइएको छ । औषधि व्यवस्था विभागले आइतबार उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

यसअघि, ‘भेरोसेल’ नामक चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइसकिएको छ । सिनोभ्याक खोपलाई अनुमति प्रदान गरिएसँगै नेपालमा अनुमति पाएका खोपहरू तीन वटा भएका छन् ।यसैबीच, डेनमार्कले नेपाललाई एस्ट्राजेनेकाको १४ लाख खोप दिने भएको छ ।

युनिसेफमार्फत डेनिस सरकारले नेपाललाई १४ लाख खोप सहयोगस्वरूप उपलब्ध गराउन लागेको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. भीम सिंह तिङ्करीले जानकारी दिनुभयो ।केही दिनअघि अमेरिकाले पनि नेपाललाई खोप दिने घोषणा गरेको छ । तर, कति मात्रा दिने भन्ने उल्लेख गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्