कोरोना संक्रमित बालबालिकाका लागि २० प्रतिशत श्यया



काठमाडौं (नेस) । 

कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएको अवस्थामा छिट्टै तेस्रो र चौथो लहर फैलने र यसले विशेषगरी बालबालिकालाई बढी असर गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा रहेको श्ययामध्ये कम्तिमा २० प्रतिशत कोरोना संक्रमित बालबालिकाहरूका लागि छुट्याउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञहरूको सल्लाहका आधारमा यस्तो निर्णय लिएको हो । मन्त्रालयले शुक्रबार नै एउटा सूचना जारी गर्दै अस्पतालहरूलाई यस्तो निर्देशन दिएको हो । सूचनामा आगामी दिनमा कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउने सम्भावना रहेको र त्यसले बालबालिकालाई बढी संक्रमण गर्नसक्ने भन्दै नियन्त्रणको तयारी गर्न निर्देशन दिइएकोे छ ।हाल फैलिरहेको दोस्रो लहर स्वास्थ्यकर्मी लगायतको अथक प्रयासका कारण नियन्त्रणभित्रै रहेको पनि मन्त्रालयले दाबी छ । तर, कोरोना संक्रमणको दोस्रो लहर शहरमा कम भए पनि गाउँ गाउँमा नियन्त्रण बाहिर गइसकेको र संक्रमणको लक्षण देखिए पनि परीक्षण नगराउने गरेको कारण गाउँ गाउँ नै कोरोना संक्रमणको चपेटामा परिरहेका समाचार बाहिरिने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्