कांग्रेस नेता खतिवडाद्धारा स्वास्थ्य सामाग्री सहयोग



लिला सुनुवार, ओखलढुंगा ।

नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले गृह जिल्ला ओखलढुंगामा माक्स र सेनिटाईजर सहयोग उपलब्ध गराएका छन ।खतिवडाले जिल्लाका ७५ वटा वडामा प्रति वडा १ हजारका दरले ७५ हजार, फ्रन्ट लाईनमा काम गर्ने सुरक्षा कर्मीहरुका लागी ५ हजार सर्जिकल माक्स उपलब्ध गराएका छन ।

त्यसै गरि नेता खतिवडाले ४५ सय लिटर सेनिटाईजर समेत उपलब्ध गराएका छन । कांग्रेस नेता खतिवडाले फ्रन्ट लाईनमा काम गर्ने हरुका लागी २ हजार थान एन नाईन्टि फाईभ माक्स र १५ सय थान हात धुने सावुन उपलब्ध गराएका छन ।

प्रतिक्रिया दिनुहोस्