हिंसाप्रभावित महिलालाई कांग्रेस नेताद्वारा खाद्यान्न



हेटौंडा, (नेस) ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका पार्टी सभापति इन्द्रबहादुर बानियाँले ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित १५ महिलालाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

माइती नेपाल हेटौंडाको संयोजनमा नेता बानियाँले सोमबार कोरोना महामारीको मारका कारण ज्याला मजदुरी गर्न नपाएका र घरेलु हिंसाबाट प्रभावित १५ महिलालाई खाद्यान्न सहयोग गर्नुभएको हो । नेता बानियाँले ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलालाई चामल २५ किलो, तेल २ लिटर, नुन दुई प्याकेट, दाल ३ किलो, चना २ किलो, चिउरा ५ किलो, चिनी ३ किलो, चियापत्ती एक प्याकेट, मस्यौरा दुई प्याकेटलगायत खाद्य सामग्री सहयोग गर्नुभएको हो ।

खाद्य सामग्री हस्तान्तरण गर्दै नेता बानियाँले कोरोना महामारीको विषम् परिस्थितिमा श्रम गरेर खाने महिलालाई परेको असरलाई थोरै भए पनि राहत होस् भनेर माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाको समन्वयमा सहयोग गरेको बताउँदै आगामी दिनमा यसरी ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलाहरुलाई रोजगारीको लागि विशेष पहल गर्ने बताउनुभयो ।कार्यक्रममा माइती नेपालकी कार्यक्रम संयोजक लामा, फिल्ड सुपरभाइजर मन लामा, महिला मुक्ति मञ्च मकवानपुर अध्यक्ष उर्मिला लटौलालगायतले नेता बानियाँलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै मकवानपुरमा ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलाहरुको अवस्थाबारे जानकारी गराउनुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्