पहिरोले पुरिएर महिलाको मृत्यु



तनहुँ, (नेस)

तीन दिनदेखि परेको निरन्तरको वर्षाका कारण पहिरोमा पुरिएर एक महिलाको ज्यान गएको छ । व्यास नगरपालिका–१ निर्मलनगरको छाब्दी खोला दोभानकी ६३ वर्षीया सरस्वती घर्तीको ज्यान गएको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिनुभयो ।

राति १ बजे घर पछाडिबाट खसेको पहिरोले घरको काठको बलो खसेर पुरिँदा घाइते घर्तीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएपछि घर फर्काइएको वडाध्यक्ष दरैले बताउनुभयो ।घरको पछाडिको भाग पूर्णरूपमा भत्किए पनि थप मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताउनुभयो । घरका अन्य सदस्य र वृद्धा फरक कोठामा सुतेका कारण अरू भने बाँच्न सफल भएको तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्