शरीरमा अक्सिजनको मात्रा बढाउने तरिका



नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । यसरी कोरोना संक्रमित बढ्दा अस्पतालमा ठाउँ छैन, अक्सिजन छैन । मानिसले अकालमा मृत्युवरण गर्नुपरेका समाचार एकपछि अर्को गर्दै आइरहेका छन् । यस्तोमा अक्सिजनको मात्रा आफैं कसरी बढाउन सकिन्छ । यस्ता खालका विधिले हामी आफैं केही मात्रामा भए पनि अक्सिजनको अभावबाट जोगिन सक्छौँ ।

कोरोना संक्रमितमा अक्सिजन मात्रामा एक्कासी कमी आउन सक्छ । यसरी अचानक अक्सिजन घट्नु खतरनाक पनि हुन सक्छ । कोरोनाको दोस्रो लहरमा देखा परेको ‘डबल म्युटेन्ट कोरोना भेरियन्ट’ले संक्रमितहरूमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ ।अस्पतालमा बेड र अक्सिजनको कमीका कारण भारतमा थुप्रैले ज्यान गुमाएपछि नेपालमा पनि अक्सिजन अभावलाई लिएर चिन्ता बढ्न थालेको छ । उद्योगीहरूले नेपालमा अक्सिजन अभाव नभए पनि सिलिन्डरको अभाव रहेको बताइरहेका छन् । तर भयावह स्थिति आएमा अक्सिजन अभाव हुनसक्ने भन्दै नागरिकहरूमा चिन्ता बढेको छ । त्यसकारण अक्सिजनको अभाव कम गर्न परम्परागत घरेलु उपायहरू सामाजिक सञ्जालमा शेयर गर्दै छन् । केही घरेलु उपायका कारण शरीरमा अक्सिजनको मात्र बढ्ने हुन्छ ।अक्सिजन हाम्रो शरीरलाई स्वस्थ राख्न मात्र नभई मस्तिष्कलाई पनि स्वस्थ राख्न अत्यन्त आवश्यक हुन्छ । यसै कारणले शरीरमा सकेसम्म प्राकृतिकरुपले अक्सिजनको मात्रा बढाउन जरुरी हुन्छ । उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ भने घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्न गई फोक्सोका विभिन्न भाग सक्रिय हुन पाउँछ । यस्तै गिलासको पानीको सहायताले पनि अक्सिजनको मात्रा बढाउन सकिन्छ ।

बाफ लिने: फोक्सो बलियो पार्न बाफको निकै सहयोग पुग्ने हुँदा समय–समयमा बाफ लिँदा मद्दत पुग्ने गर्दछ । १ लिटर पानीमा कपुर, ज्वानो, पुदिना, ल्वाङको तेल मिसाएर एकछिन् तताउने र यसको बाफ लिँदा फाइदा पुग्ने गर्छ । यसरी आफ्नो स्वास्थ्यको ख्याल राख्नु अत्यन्तै आवश्यक छ ।

कपालभाति: कपालभातिमा लामो सास लिँदै फाल्नुपर्ने हुन्छ । यो गर्दा शरीरमा प्रशस्त मात्रामा अक्सिजन पुग्छ । यो अभ्यास कमसे कम १० मिनेट बिहानको समयमा गर्दा फाइदा पुग्छ । यो कुनै पनि समयमा गर्न सकिन्छ । यस प्रणायामले हाम्रो शरीरमा स्फूर्ति बढ्ने काम गर्नुको साथै तनाव पनि कम हुन्छ ।

अनुलोम–विलोम: अनुलोम–विलोम नाकको एक प्वालबाट सास लिएर केहीबेर रोकेर अर्को प्वालबाट सास छोड्ने प्रक्रिया हो । यो अभ्यास कमसे कम दशपटक गर्दा शरीरलाई फाइदा हुन्छ । यो प्राणायाम शरीरको लागि अत्यन्त आवश्यक छ । यसले शरीरमा अक्सिजको तह ९५ देखि १०० को बीचमा राख्न मद्दत गर्छ । स्वासकै अन्य प्रणायाममा भस्त्रिका, उज्जयी, शीतकारी आदि गर्न सकिन्छ । यी सबै प्रणायाम लाभकारी छन् । अक्सिजन बढाउन र कायम राख्न मद्दत पु¥याउने काम गर्छ ।
– सरस्वती कुसवाहा, रौतहट ।

प्रतिक्रिया दिनुहोस्