प्राइम कमर्सियल बैंकद्धारा सुदुरपश्चिमका दुई अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण



न्युज अफ नेपाल काठमाडौं ।

प्राइम कमर्सियल बैंक लिमिटेडले सुदुरपश्चिमका दुई अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड­१९ महामारीको दोस्रो लहरबाट विगत केही समयबाट मुलुक आक्रान्त बनेको अवस्थामा विभिन्न अस्पतालहरुमा विरामी शैथ्या, अक्सिजन लगाएत अन्य अति आवश्यक स्वास्थ सामाग्रीहरुको चरम अभाव भई संक्रमित विरामीहरुको उपचार गर्न कठिन भएको परिस्थितिलाई ध्यानमा राख्दै यस बैंकबाट सुदुरपश्चिम क्षेत्रको श्री सेती प्रादेशिक अस्पताल र श्री माहाकाली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेकोमा कोभिड­१९ विरुद्घको लडाईमा यस संस्थाको सहयोगलाई निरन्तरता दिने क्रममा हाल कोभिड­१९ का विरामीहरुलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको श्री वीर अस्पताललाई करिव रु. ३० लाख बराबरको पि.पि.इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगाएत विभिन्न स्वास्थ सामाग्रीहरु बैंकका संचालक श्री मनोज पौडेलले श्री कोभिड युनीफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकिय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच हस्तान्तरण गरे। यस बैंकले कोभिड­१९ विरुद्घको लडाईमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने छ ।

प्रतिक्रिया दिनुहोस्