ज्यापु समाजको वृद्धाश्रममा महानगरको आइसोलेसन



ललितपुर, (नेस)

ललितपुर महानगरपालिकाले ज्यापु समाजको वृद्धाश्रममा एकसय १० शै्ययाको आइसोलेसन सेन्टर शुरू गरेको छ ।
ललितपुर महानगरपालिका, ज्यापु समाज र सुन्दर ढोका साथी सेवाबीच त्रिपक्षीय सम्झौतापछि उक्त सेन्टर शुरू भएको हो । सम्झौतापत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन, ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन, सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विकास अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

महानगरपालिकाको वडा नं ४ स्थित बागडोलमा रहेको उक्त आश्रम भर्खरै निर्माण सम्पन्न भएको हो । सुन्दर ढोका साथी सेवाले उक्त आइसोलेसन सेन्टरका लागि खाना उपलब्ध गराउनेछ ।महानगरले नेपाल युथ फाउन्डेसनको नेपाल पुनस्र्थापना केन्द्रमा एक साताअघि नै आइसोलेसन सेन्टर शुरू गरिसकेको छ । योसहित महानगरले सञ्चालन गरेको आइसोलेनमा एकसय ६० शै्यया भएका छन् ।सम्झौतापत्रका हस्ताक्षर गर्दै महानगर प्रमुख महर्जनले महानगरवासीको स्वास्थ्य र सुरक्षामा कुनै कमी हुन नदिने बताउनुभयो । उहाँले पहिलो प्राथमिकता कोभिड महामारीबाट नागरिकलाई बचाउनुभएको स्पष्ट पार्नुभयो । महानगरले वडा नं ३ स्थित मदन स्मारक विद्यालय परिसरमा रहेको ठूलो हललाई समेत आइसोलेसन सेन्टर बनाउने तयारी गरेको छ ।

उहाँले भन्नुभयो– ‘तयारी गरेका छौं, तर त्यस्तो अवस्था नआओस्, शुरू गर्न नपरोस् ।’ उहाँले पाटन अस्पतालसँग सहकार्य गरिरहेको बताउँदै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले मुलुकलाई संकट परेको बेलामा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै महामारी नियन्त्रणका लागि नागरिकको भूमिका महत्त्वपूर्ण भएको दाबी गर्नुभयो । सुन्दर ढोेका साथी सेवाका विकास अधिकारीले बिरामी, त्यहाँ खटिने चिकित्सक र सुरक्षाकर्मीका लागि पोषणयुक्त र सन्तुलित आहारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उक्त कार्यक्रममा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, महानगरका प्रवक्ता राजु महर्जन, वडा नं २७ का वडा अध्यक्ष बाबुराज महर्जनलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्