चार दलीय गठबन्धनद्वारा मुख्यमन्त्री पोखरेल असंवैधानिक भन्दै खारेजको घोषणा

प्रदेश प्रमुखलाई बर्खास्त गर्न माग



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशका चार दलीय गठबन्धनले प्रदेश प्रमुखले असंवैधानिक रुपमा मुख्यमन्त्री शंकर पोखरेललाई सपथ गराएको भन्दै मुख्यमन्त्री नै गरेका छन । गठबन्धनले प्रदेश प्रमुख धर्मनाथ यादवले स्वेच्छाचारी ढंगले काम गरेको आरोप लगाउँदै बर्खास्तीको माग समेत गरेको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताहरुले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि बहुमत सदस्यहरुमाथि प्रहरी दमन गरि अल्पमतकालाई मुख्यमन्त्री बनाएको भन्दै खारेज गरेको घोषणा गरेका हुन ।

गठबन्धनले असंवैधानिक प्रदेश सरकार भएको दावी गर्दै लुम्बिनी प्रदेशका जनमसुमदायलाई बहिष्कार गर्न समेत अपिल गरेको छ । नेपाली काँग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, जसपाका दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाका नेता तारा जिसिद्धारा हस्ताक्षर गरिएको विज्ञिप्तमा प्रदेश प्रमुखले पदीय मर्यादा विपरित असंवैधानिक रुपमा अल्पमत दलको नेतालाई मुख्यमन्त्री बनाएको आरोप लगाएका छन ,
नेपाली काँग्रेस स.सदीय दलका नेता विरेन्द्र कनौडियाले प्रदेश प्रमुखले असंवैधानिक रुपमा मुख्यमन्त्रीको पक्षमा लागेर बहुमतलाई बेवास्ता गरेको आरोप लगाउनु भएको छ ।

संसदीय प्रक्रिया अनुसार अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैशाख १९ गते आह्वान गरिएको बिशेष अधिवेशनमा उक्त बिषय छलफल नै नगरि हठात रुपमा अन्त्य गरेकोमा माओवादी केन्द्र संसदीय दलका नेता कुल प्रसाद केसीले आपत्ती जनाउनुभएको छ ।

गठबन्धनले प्रदेशसभालाई बिशेष अधिकार प्रयोग गरि संविधान अनुसार अविश्वासको प्रस्ताव टेबुल गर्न तत्तकाल बिशेष अधिवेशनको माग गरेको छ । गठबन्धनले आफूहरुले ४२ जना सांसद सहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष गरेको माग दावीको सुनुवाइ नगरि प्रहरी दमनमा मुख्यमन्त्रीको सपथ गराएकोमा घोर आपत्ती जनाएको छ । सपथ रोक्न माग गर्दै गरिएको शान्तिपूर्ण प्रदर्शनम प्रहरी दमनमा महिला सांसदमाथि हातपात र दुव्र्यहार भएकाले छानविन गरि कारवाही गर्न दलहरुले माग गरेका छन ।

प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्रीमा शंकर पोखरेललाई आईतबार राती ८ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुगेर समथ खुवाएका थिए । गठबन्धनले भने संविधानको धारा १६८(२) अनुसारको सरकारको माग दावी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्