एक वर्षदेखि गिट्टी कुटेको पैसा पाएनन् महिलाले



gutti kudai

नेपाल समाचारपत्र, बझाङ
जयपृथ्वी नगरपालिका–१ घर भएकी अवगती सिंह उमेरले ५५ वर्ष पुग्नुभयो । उहाँको श्रीमान्को २०७६ साल जेष्ठ महिनामा मृत्यु भएको थियो । घरमा एक छोरी र आफु मात्र बस्ने गरेकी अवगतीको घरमा पैसा आउने सबै बाटो बन्द भएपछी श्रीमान वितेको ३ महिनामै बारखी बसेरै शरिरमा सेतो कपडा लगाएर एक छाक खाएर भएपनी गिट्टि कुटिन तर गिट्टी कुटेकै पैसा एक बर्ष भन्दा बढी समय विते पनी गिट्टिको पैसा नपाएपछी भोकै दुइ घन्टा पैदल हिडेर ठेकदारलाइ पैसा माग्न चैनपुर पुगेको गुनासो सुनाउछिन ।

गाउँमै आएर दिन्छु भन्थे तर सदरमुकाम आएर पनी ठेकदारले फोन उठाउनै छोडेको छ । दुख गरेर फुटाएका गिट्टिको पैसा कहिले होला पाउने ? २०७६ सालमा जयपृथ्वी नगरपालिका वडानम्बर १ को वडाकार्यालय कैलासमा लाग्ने भनेपछी एक घन्टा टाढा बाट ढुंगा बोकेर गिट्टि फुटायौ । केगर्नु खाउँ भन्या गडा (खेत) मा तुल (अन्न) छैन । पानी आएइन गहुँ निका भयाइन । सबै गडा (खेत) गरी एक सुप्पो जौ भयाइन ।”

कलसरा देवी सिंहले पनी उस्तै पिडा पोखिन “वडा कार्यालय बनाउन्या ठाउँ कति पुग्यौ कति कहिलै भेटाएनौ । आज ठेकदारलाइ पैसा माग्न घरमा ताल्चा लगाएर आएका छौ । ” त्यसैमा वेला देवी सिंहले पनी निराश हुदै भनिन् “एक बर्षको छोरा पिठिउमा बोकेर पुस महिनामो ठंन्डी (चिसो)मा सिलि ढुंगा फुटाउदाको झाल हातमा ठाडो लागेर रोइ नसक्नु हुन्थे । हात फदा फुदै छोराछोरीलाइ नयाँ कपडा, स्कुलको पैसा तिर्न त होला भनेर कुट्यौ । लोग्ने घरमा छैनन् । छोराछोरीको टिउसन पढेको पैसा र्तिनलाइ छैन । पेट क्याले पाल्ने हो । पैसा पाया बजारबाट दाल, चामल किनि घर जान्थ्यौ । दाल, चामल, नुन, तेल पनी अरुबाट जोहो गर्नु परेको छ ।”

उनि लगाएत ८ जना मजदुर महिलाहरुले आफुहरुको गिट्टिको छिटो छरितो पैसा दिलाउन समेत निवेदन गरेकी छन । काम गरे बाफत सबै गरी करिब २ लाख ७० हजार रुपैयाँ पाउनु पर्ने बताएकी छन । जयपृथ्वी नगरपालिका उपमेयर तथा न्यायिक समिति संयोजक जुना जाग्री र इन्सेक प्रर्तिनिधी संग समेत महिलाहरुले मौखिक उजुरी उजुरी समेत गरेकी छन । जाग्रीले न्यायिक समितिमा आयपछी गिट्टिको पाउनु पर्ने पैसा सोधपुछ गरेर निसाफ गर्ने बताइन ।

यता जयपृथ्वी नगरपालिका वडानम्बर १ का वडा अध्यक्ष गगन बहादुर सिंहले निर्माण कम्पनीले गिट्टिको पैसा दिन के कति कारणले ढिलाइ गरेको हो । छिटो दिलाउनका लागी पहल गर्ने र मजदुर महिलाहरु आएर आफुलाइ गुनासो समेत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्