न्युज अफ नेपाल ,काठमाडौं ।
बाँकेको भेरी अस्पतालमा उपचारत कोरोना भाइरस संक्रमित एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका- १३ का ३१ वर्षीय युवक रहेका छन् । एक हप्ताअघि भारतबाट घर फर्किएका उनकाे उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि चैत ३१ गते उनी नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।