काठमाडौं ।
भारतमा कोभिड-१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो दुई सातादेखि त्यहाँ संक्रमितको संख्या लगातार बढ्दै गएको हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९२ हजार ९९४ जनामा संक्रमण पुष्टि भएको छ ।
शनिबारमात्रै ५ सय १४ जनाको मृत्यु भएको छ । २४ घण्टाभित्र संक्रमित थपिएको यो संख्या ६ महिनायताकै उच्च हो ।योसँगै भारतमा कोरोना संक्रमितको संख्या करिब १ करोड २४ लाख पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब १ करोड १६ लाख निको भएका छन् ।











प्रतिक्रिया