भारतबाट आएका १४ जनामा संक्रमण पुष्टि



काठमाडौं, (नेस) ।भारतीय सीमाबाट नेपाल प्रवेश गरेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय सीमासँग जोडिएका गड्डाचौकी, गौरीफन्टा, रपैडिया नाकाबाट आएका १४ जनामा संक्रमण पुष्टि भएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले भारतमा नयाँ ञडबल म्युटेन्ट भेरियन्टु कोरोना भाइरस देखिएसँगै नेपालमा पनि भित्रिएको आशंका गरिएको र कोरोना संक्रमितलाई कडाइका साथ आइसोलेसनमा राखिएको बताउनुभयो। उहाँका अनुसार संक्रमितहरुमा नयाँ भेरियन्ट भए नभएको यकिन हुन भने बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्