सार्कमा कोरोना मृत्युदर कम हुनेको सूचीमा नेपाल तेस्रो स्थानमा



भगवती तिमल्सिना, काठमाडौं ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूको कोरोना सूचीमा मृत्युदर कम हुनेमा नेपाल तेस्रो स्थानमा छ भने संक्रमण भई निको हुनेमा दोस्रो स्थानमा रहेको छ।

स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार हालसम्मको तथ्यांकअनुसार नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ दशमलव १ प्रतिशत रहेको छ भने संक्रमण भई निको हुनेको संख्या ९८ दशमलव ६ प्रतिशत रहेको छ। त्यस्तै सक्रिय संक्रमितको संख्या शून्य दशमलव ३ प्रतिशत रहेको छ।मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार सार्क राष्ट्रमा कोरोना मृत्युदर कम हुने पहिलो श्रीलंका हो भने दोस्रो स्थानमा भुटान रहेको छ। श्रीलंकाको मृत्युदर शून्य दशमलव ६ प्रतिशत, निको हुनेको संख्या ९६ दशमलव १ प्रतिशत र सक्रिय संक्रमित ३ दशमलव ३ प्रतिशत रहेको छ।

त्यस्तै भुटानमा कोरोना लागेर मृत्यु हुनेको संख्या शून्य दशमलव १ प्रतिशत, निको हुनेको संख्या ९९ दशमलव ८ प्रतिशत र सक्रिय संक्रमित शून्य दशमलव १ प्रतिशत रहेको छ।सार्क राष्ट्रमध्ये कोरोनाका कारण मृत्युदर सबैभन्दा बढी अफगानिस्तानमा छ। त्यहाँको मृत्युदर ४ दशमलव ४ प्रतिशत रहेको छ भने निको हुनेको संख्या ८८ दशमलव ५ प्रतिशत र सक्रिय संक्रमित ६ दशमलव ८ प्रतिशत रहेको छ।अफगानिस्तानपछि सबैभन्दा बढी मृत्युदर बंगलादेश र त्यसपछि भारतमा रहेको छ। बंगलादेशको मृत्युदर १ दशमलव ५ प्रतिशत, निको हुने दर ९१ दशमलव ७ प्रतिशत र सक्रिय संक्रमितको संख्या ६ दशमलव ८ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्