नेप्सेमा पहिरो गएको दिन हाइड्रोका लगानीकर्ताले कमाए



नेपाल समाचारपत्र, काठमाडौं ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५१ द्यशमलव २३ अंकले घटेर २४०७ दशमलव २५ बिन्दुमा झरेको छ । कुल २११ वटा कम्पनीको ९९ लाख ३ हजार कित्ता शेयर ४ अर्ब ९५ करोड २७ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ।

आइतबार कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत् र होटल एन्ड टुरिजम समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक भने घटेको छ ।ती समूह क्रमशः २ दशमलव ५४ प्रतिशत २ दशमलव ५४ प्रतिशतले वृद्धि भएका थिए । यस दिन । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव १० अंकले घटेर ४३५ दशमलव १३ अंकमा झरेको छ ।यस दिन सबैभन्दा धेरै माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको शेयर किनबेच भएको छ । सो कम्पनीको ४४ करोड ५६ लाख रुपियाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै नेपाल इन्फ्रास्टक्चर बैंकको २७ करोड ५६ लाखको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । समग्र परिसूचकमा विशाल पहिरो गएको दिन सबैभन्दा बढी चन्द्रागिरी हिल्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेको छ ।

साथै माथिल्लो तामाकोसीको शेयर मूल्य ९ दशमलव ८५ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ९ दशमलव ७२, पञ्चकन्या माई हाइड्रोपावरको ९ दशमलव ७४ प्रतिशत र रैराङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव शून्य ४ प्रतिशतले बढेको छ । तर, सबैभन्दा बढी हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशतले गिरावट आएको छ ।त्यस्तै नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य ७ दशमलव ९५ प्रतिशत, नेपाल टेलिकमको शेयर मूल्य ६ दशमलव ५६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्