६ लाख घुससहित मालपोत सिमराका सुब्बा पक्राउ



बारा, (नेस) ।

बारा जिल्लाको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाललाई अख्तियार दुरूपयोग अनुसन्धानआयोगको टोलीले ६ लाख घुससहित शुक्रबार राति पक्राउ गरेको छ

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा रहेको जग्गा सर्जमिन गरी पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुब्बा खनाल शुक्रबार राति ७ बजे अख्तियारको नियन्त्रणमा परेका हुन् । जग्गापास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सुचनापछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काठमाडौंबाट आएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पनि पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उनीहरूलार्ई सिमरास्थित एक होटलबाट रङ्गेहात पक्राउ गरिएको हो । घुसबापतको रकम लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्