अबदेखि सरकारी अस्पतालमा मात्रै कोभिड संक्रमितको उपचार


न्युज अफ नेपाल, काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पतालबाट मात्रै कोभिड–१९ को उपचार सेवालार्य निरन्तरता दिने जनाएको छ । स्वास्थ आपतकालीन तथा विपद् व्यवस्थापन इकाई केन्द्रको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रेस विज्ञप्ति जारी गर्दे मन्त्रालयले बुधबारको मितिबाट १० दिन गन्ति गरेर शोधभर्नाबापतको रकम उपलब्ध गराउने जानकारी दिएको छ । यसअघि कोभिड–१९ को संक्रमण फैलिने क्रम बढेसँगै सरकारले निजी मेडिकल अस्पतालहरुलाई शोधभर्नाबापतको रकम उपलब्ध गराउदै आएको थियो । तर, संक्रमितको संख्या घटेसँगै अब मेडिकल अस्पताललाई कोभिडका बिरामी भर्ना नलिन निर्देशन दिइएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।