महिला स्वास्थ्य स्वयंसेविकालाई कोरोनाविरुद्धको खोप दिइने



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना विरुद्धको दोस्रो चरणको खोप अब महिला स्वास्थ्य स्वयमसेविकामा लक्षित गर्दै आउँदो फागुन २ गतेदेखि संचालनमा ल्याउने भएको छ । सरकारले पहिलो प्राथमिकतामा महिला स्वास्थ्य स्वयम् सेविकालाई लिएको छ ।

कोरोना बिरुद्धको पहिलो चरणमा एकैपटक देशभरका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र फ्रन्टलाईमा कोरोनाबाट मृत्यु भएकाको शब व्यवस्थापनमा खटिने व्यक्तिहरुलाई लक्षित गरि माघ १४ गते देखि ११ दिन सम्म लगाईएको थियो ।

भारत सरकारले माघ ८ गते नेपाल सरकारलाई उपहार स्वरुप १० लाख डोज कोरोना बिरुद्धको खोप हस्तान्तरण गरेको थियो । पहिलो चरणको खोप तोकिएका व्यक्तिहरुका लागि ४ लाख ३० हजार डोज तोकिएको भए पनि एक लाख ८७ हजार मात्र खोप खपत भएकाले सोही बचेको खोप यूएन एजेन्सी, कुटनितिक नियोग, पत्रकारलाई दिने सरकारले निर्णय अनुसार सोमबार देखि ५ दिनका लागि निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल, त्रि.वि.शिक्षण अस्पताल र गंगालाल हृदय केन्द्र तोकिएको छ ।

फागुन २ गते देखि दोस्रो चरणमा सेवा प्रदायक सरकारी कार्यलयका कर्मचारी, पत्रकार, पहिला छुटेका स्वास्थ्यस्वय सेविका र गाउँपालिका कर्मचारी र प्रतिनिधिलाई दिने योजना रहेको डा. झलक गौतमले बताउँनुभयो ।

अहिले सम्म २ लाखको हाराहारीमा खोप लगाईएको र थप तीन लाख डोज अझै दिन सकिने भएकाले दोस्रो चरणका लागि विभिन्न क्षेत्रका निकायलाई तोकिएको गौतम बताउँनुहुन्छ । खोपको सही सदुपयोगका लागि स्वास्थ्य मन्त्रालयले अत्यन्तै सोच बिचारका साथ कोलचेन मेन्टेन गर्दै प्रयोगका लागि बितरण गर्दै आएको बताउँनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्