विश्वभर पछिल्लो २४ घण्टामा थप ५ लाख ७३ हजार ७६१ जनामा कोरोना पुष्टि, १४ हजार ५३१ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वभर पछिल्लो २४ घण्टामा थप ५ लाख ७३ हजार ७६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १० करोड २५ लाख ९२ हजार ७७३ पुगेको छ ।

सोही अवधिमा ४ लाख ४३ हजार ८०३ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ७ करोड ४३ लाख ३ हजार ६७८ पुगेको छ । कुल संक्रमितका आधारमा निको हुनेको दर ७२.४२ प्रतिशत हो । यस्तै, सक्रिय संक्रिमतको संख्या २ करोड ६० लाख ७४ हजार ७६९ रहेको छ भने त्यसमध्ये १ लाख ९ हजार २१ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १४ हजार ५३१ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २२ लाख १४ हजार ३२६ पुगेको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २।१६ प्रतिशत हो ।

कोरोना संक्रमणको चपेटामा परेको अमेरिका छ । अमेरिकामा २ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाख ४७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्