खोप लाएपछि स्वास्थ्यकर्मी उत्साहित, खोटाङमा १ सय ३८ जनालाई खोप



रामधन राई, खोटाङ ।

कोभिड–१९ विरुद्दको ‘कोभिड’ शिल्ड खोप लगाउन सुरु गरिएपछि खोटाङका स्वास्थ्यकर्मी उत्साहित बनेका छन् । राष्ट्रिय खोप अभियान अन्र्तगत बिहिवारदेखि खोप लगाउन सुरु गरिएपछि स्वास्थ्यकर्मी उत्साहित बनेका हुन् ।

कोरोना माहामारीको फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई पहिलो प्राथामिकतामा राखेर जिल्ला अस्पतालमा खोप लगाउन सुरु गरिएकामा दोश्रो दिन शुक्रवारसम्म १ सय ३८ जनाले खोप लगाएका छन् । पहिलो दिन ७४ र दोश्रो दिन ६३ जनाले खोप लगाएको जिल्ला स्वासथ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो ।

खोप लगाईसकेपछि स्वास्थ्यकर्मीमा आत्मबिश्वास देखिएको प्रमुख सिग्देलको भनाई छ । उहाँका अनुसार खोपका कारण स्वास्थ्यकर्मीहरु उत्साहित बनेका छन् । पहिलो चरणको खोप प्रथमिकताको आधारमा १ हजार ६ सय १८ जनालाई लगाइने बताइएको छ ।

पहिलो चरणको खोप लगाइसकेपछि दोस्रो चरणको खोप क्रमशः सबैलाई लगाउने जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा जिल्ला अस्पताल खोटाङका व्यवस्थापन समितिका अध्यक्ष बबी चाम्लिङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्