दक्षिण अफ्रिकामा देखा परेको कोरोनाको नयाँ स्वरुप धेरै नै संक्रामक रहेको डब्ल्यूएचओको चेतावनी



एजेन्सी ।

दक्षिण अफ्रिकामा देखा परेको कोरोनाको नयाँ स्वरुप धेरै नै संक्रामक रहेको डब्ल्यूएचओले जनाएको छ । अफ्रिका महाद्वीपका क्षेत्रीय निर्देशक मातसिदिसो मोइतीले बिहीबार एक विज्ञप्ति जारी गर्दै दक्षिण अफ्रिकामा देखा परेको कोरोनाको नयाँ स्वरुप धेरै नै संक्रामक रहेको जनाएका छन् ।

‘कोरोनाको नयाँ स्ट्रेन धेरै नै संक्रामक छ। सुरुमा दक्षिण अफ्रिकामा देखापरेको यो नयाँ प्रजाति विश्वका धेरै देशमा फैलिसकेको छ। यो नयाँ कोरोना धेरैवटा अफ्रिकी मुलुकमा तेज गतिमा फैलिरहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

‘५०१ वाई. वी २’ नामाकरण गरिएको कोरोनाको नयाँ स्वरुप पहिले दक्षिण अफ्रिकामा भेटिएको थियो । हाल तीव्र गतीमा फैलिरहेको यो नयाँ स्ट्रेन दक्षिण अफ्रिका बाहेक जाम्बिया, घाना, केन्या र बोत्सवानालगायत देशमा पनि भेटिएको छ। डब्ल्यूएचओका अनुसार कोरोनाको नयाँ स्ट्रेन ३० भन्दा बढी देशमा फैलिसकेको छ । यस्तै बेलायतमा पाइएको अर्को नयाँ कोरोना स्ट्रेन हालमम्म ७० देशमा फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्