कोरोना खोप लिँदा मदिरा सेवन गर्न नहुने



लन्डन ।

कोरोना भाइरस खोप लिनका लागि केही समय मदिरा सेवनबाट टाढा रहनुपर्ने विज्ञहरूले सुझाब दिएका छन् । मदिरा सेवनले शरीरमा प्रतिरोधात्मक क्षमता कम हुन सक्ने विशेषज्ञहरूले चेतावनी दिएको छ । एक दिन पहिला वा पछि मदिरा सेवनले खोपको असर कम हुन सक्ने उनीहरूले बताए ।

मदिरा पिउनाले शरीरमा रहेका त्यसता सूक्ष्म जीवहरूमाथि असर पर्छ जसले हानिकारक ब्याक्टेरिया वा भाइरसबाट हाम्रो शरीरलाई बचाउँछ । यसले गर्दा हाम्रो रगतमा रहेका ह्वाइट ब्लड सेल्सलाई नोक्सान पु¥याउन सक्छ । ह्वाइट ब्लड सेल्समा रहेको लिम्फोसाइट नै भाइरसविरुद्ध लड्न एन्टिबडी बनाउँछ । आपतकालीन मेडिसिन स्पेसलिस्ट डाक्टर इखारियाले रगत नमुनाको प्रयोग गरेको हो । रक्सी पिउनु पहिला र पछि ती नमुना लिइएको थियो । तीन गिलास मदिराको असर प्रष्ट देखिएको र त्यसबाट लिम्फोसाइट्सको संख्या ५० प्रतिशतले कम भएको पाइएको थियो ।

ह्वाइट ब्लड सेल्समा २० देखि ४० प्रतिशत सम्म लिम्पोसाइट्स हुन्छ ।इम्युनोलोजिस्ट प्रोफेसर सिना क्रुकसेन्कले यसका कारण शरीरको प्रतिरोधक क्षमता कम हुन सक्ने बताए । उनीहरूले नागरिकलाई कोभिड–१९ खोप लिनु अघिपछि मदिराबाट टाढा रहन भनेका छन् । लिम्पोसाइट्स त्यो सेल हो जसले भाइरसजस्ता आक्रमण गर्ने जीवाणुविरुद्ध कसरी लड्ने हो त्यसको तय गर्छ ।हाल बेलायतमा फाइजर र अक्सफोर्ड अस्ट्राजेनेकाका खोप लगाइरहेका छन् भने अमेरिकामा फाइजर र मोडेर्नाका खोप दिइरहेका छन् । कोरोनाले अहिलेसम्म मृत्यु हुने १८ लाख ६३ हजार नाघिसकेको छ । यो भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ६१ लाख ९५ हजार नाघिसकेको छ भने ६ करोड ११ लाख ७६ हजारभन्दा बढी संक्रमणबाट ठीक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्