मोटरसाइकलले ठक्कर दिँदा हरिणको मृत्यु



जनकपुरधाम ।

सर्लाहीमा सवारी दुर्घटना हुँदा हरिणको मृत्यु भएको छ। बागमती नगरपालिका वडा नं. ३ स्थित नयाँरोड बरहथवा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको प्रहरीले जनाएको छ।

नयाँरोडबाट बरहथवातर्फ जाँदै गरेको मोटरसाइकलले जंगली जनावर हरिणलाई ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयाे।हरिणलाई ठक्कर दिएपछि प्र.१–०२–०४२ प.४००९ नम्बरको मोटरसाइकल समेत पल्टिँदा सप्तरीको कन्चनरुपा नगरपालिका वडा नं. ११ का २२ वर्षीय सुनिल थापा सामान्य र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका वडा नं. १ का २५ वर्षीय शिवकुमार महतो घाइते भएका प्रवक्ता कुँवरले जानकारी दिनुभयाे।

मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हरिण इलाका वन कार्यालय मूर्तियालाई जिम्मा लगाएको सर्लाही प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्