आज काठमाडौं उपत्यकामा १ सय ९७ जना संक्रमित थपिए



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ९७ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १ सय ६०, ललितपुरका २६ र भक्तपुरका ११ जना छन्। यस्तै थप ४२१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर कुल संख्या २ लाख ६१ हजार ८ सय ५९ जनामा कोरोना संक्रमण भएको छ । आज ६ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससंगै देशभर २ लाख ५४ हजार ४ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म एक हजार ८ सय ७८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८ जना कोरोनम संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्