आज सुनको मूल्य प्रतितोला सय रुपैयाँले ओरालो



काठमाडौं।

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले ओरालो लागेको छ । आज सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबारको मूल्यमा स्थिर रहँदै आइतबार सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसमा सोमबार तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा ८ सय रुपैयाँ नै घटेको थियो । यस्तै बिहीबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्