कोरोना खोपका साइड इफेक्ट प्रति विज्ञहरुको चिन्ता



Ad26 COV2 Covid-19 Vaccine Trials. (Photo: trialsitnews.com/Wikipedia)

न्युयोर्क (एजेन्सी) । 

कोरोना भाइरस संक्रमणको कहरबाट विश्वलाई बचाउन वैज्ञानिकहरुले दिन रात खोपमा काम गरिरहेका छन् । कुनै संक्रमणलाई लिएर वैज्ञानिकहरुले यति तिब्र गतिमा काम गरेको सम्भवत यो पहिलो पटक हो ।

वास्तवमा कुनै पनि रोग वा संक्रमण विरुद्ध पुर्ण सुरक्षित तथा प्रभावकारी खोप तयार हुन ५ देखि १५ बर्ष लाग्ने गर्छ । कतिपय अवस्थामा यो अवधिमा तयार गरिएका खोप पनि असफल हुने गरेको छ । कोरोना भाइरस कारण ब्याप्त संकटसँग लड्न विश्वकै वैज्ञानिकहरुले गरेको अत्यधिक प्रयास स्वरुप एक बर्ष भित्रै कोरोना खोप तयार पारेका छन् । अहिले विकसित खोपहरुको प्रभावकारि र सुरक्षित रहेको बताइएको छ । यद्यपी औषधी कम्पनी तथा चिकित्सकहरुले खोपलाई लिएर चेतावनी जारी गरिरहेका छन् । कोविड १९ विरुद्ध कुनै मानवलाई खोप लगाउनु अत्यन्त जोखिम काम भएको बताइरहेका छन् ।

कोरोनाको खोप लगाइएपछि एलर्जी वा खतरनाक साइड इफेक्टको खतरा बढ्न सक्छ । प्रमुख भनिएका कर्यौ प्रमुख खोप परीक्षणमा संलग्न स्वयंसेवकहरु मध्य केहीमा यस प्रकारका साइड इफेक्ट देखिसकेकोछ । केही घटनामा त अत्यन्तै अनौथो साइड इफेक्ट पनि देखिएका छन् । खोप अभियानलाई सफल बनाउन सम्बन्धित पक्षले यसका कमजोरीमा ध्यान दिनु पर्ने हुन्छ । यसबाट उत्पन्न हुने कुनै पनि परिणामलाई सम्हाल्न पुर्ण तयारी हुनु पर्नेछ । विज्ञहरुले खोप लगाउँदा देखिन सक्ने साइड इफेक्टहरुका बारेमा जानकारी दिएका छन् ।

ज्वरो तथा चिसो लाग्नु : मोडेर्नाको खोप लगाएपछि एक स्वयंसेवकमा ज्वरो आएको र धेरै चिसो लागेको जस्ता साइड इफेक्ट देखिएको थियो । खोप लगाएको केही घन्टापछि नै ती ब्यक्तीलाई १०२ डिग्री ज्वरो आएको थियो । त्यसैले खोप निर्माता कम्पनीहरुले यी दुई साइड इफेक्ट्समा विशेष रुपमा ध्यान दिनु पर्ने हुन्छ । सामान्यत जब शरीरले रोग प्रतिरोधात्मक क्षमता बनाउछ, त्यतिबेला त्यो ब्यक्तीलाई सामान्य ज्वरो आउने हुन्छ ।

टाउको दुख्ने : खोप लगाएपछि टाउको दुख्ने समस्या त्यस्तो लक्षण हो जसका लागि हामी तयार रहनु पर्नेछ । खोप लगाएपछि विरामीलाई धेरै नै टाउको दुख्ने समस्या हुन सक्छ । यो बाहेक मानसिक तनाव, चिढचिढापन र अस्थिरता जस्ता समस्या पनि देखिन सक्छ । कुनै पनि संक्रमणमा ५० प्रतिशत विरामी खोप लगाएपछि यो समस्याबाट गुज्रनु पर्ने हुन्छ ।

वान्ता वा वाकवाकी लाग्नु : कुनै खोपको असर मान्छेको ग्यास्ट्रोइन्टेस्टाइनल सिस्टममा पर्न सक्छ । एक स्वयंसेवकलाई गत मेमा मोडेर्नाको अत्यधिक डोज लिन चयन गरिएको थियो । खोप लिएपछि कयौं घन्टासम्म उनको स्वास्थ्य स्थिति विग्रेको थियो । यसबीच ती स्वयंसेवकल वान्ता गर्ने, वाकवाकी गर्ने, अप्थ्यारो महसुस र पेटमा ऐंठन जस्ता लक्षण महसुस गरेका थिए ।

मांसपेसीमा पिडा : जुन ठाउँमा विरामीलाई खोप लगाइएको हुन्छ त्यहाँको मांसपेसी अक्सर दुख्ने र सुनिने समस्या हुन्छ । इम्युनको प्रतिक्रियामा उक्त हिस्सामा रातो वा रेसेजको समस्यामा पनि हुन सक्छ । मोडेर्ना, फाइजर र अक्सफोर्ड एस्ट्राजेनेका तीनैवटाले आफ्ना खोपमा यस प्रकारका साइड इफेक्ट रहेको प्रष्ट पारिसकेका छन् ।

माइग्रेन : टाउकोको एकातिर मात्र पिडा हुने अर्थात माइग्रेन पनि अनौथो समस्या हुन सक्छ । फाइजरको खोपको परिक्षणमा संलग्न एक स्वयंसेवकमा खोप लगाइसकेपछि माइग्रेनको समस्या अत्यधिक बढेको देखिएको थियो । उनले यो खोप लिन एक दिन पहिल्यै छुट्टी लिन र मज्जाले आराम गर्न भनेका छन् । यो खोप लिनेलाई माइग्रेन समस्यालाई चर्काउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्