के तपाईंलाई थाहा छ ?

तपाईं असाध्यै भाग्यशाली हुनुहुन्छ



  • प्रेम रावत

तपाईं अत्यन्तै भाग्यशाली हुनुहुन्छ– तपाईंलाई यो जीवन प्राप्त भएको छ । कतिपय मानिसले आपूmले आपूmलाई भाग्यमानी ठान्दैनन् । सबैभन्दा पहिला उनीहरू आफ्ना समस्याहरूलाई हेर्ने गर्छन् । आफ्ना अप्ठ्यारातिर ध्यान दिन्छन् अनि रातोदिन आफ्ना समस्याका बारेमा चिन्तन गरिरहन्छन् ।

धेरै समय पहिलाको कुरा हो । एकजना राजा थिए । एकदिन उनी उठेर झ्यालनिर गए । झ्याल खोलेपछि उनले देखे– एकजना मानिस तल उभिएका छन् । दुवैको आँखा जुध्यो अनि जो मानिस तल थिए तिनले राजालाई प्रणाम गरे । त्यसपछि राजा त्यहाँबाट बाहिर निस्के । त्यस दिन राजाको समय अत्यन्तै खराब भयो । उनको ढुकुटीको धेरै पैसा पनि रित्तियो । राजाका केही दरबारियाहरूले उनलाई हमला गर्ने कोशिश गरे । उनको पूरै दिन खराब वातावरणमै बित्यो । रात परेपछि राजालाई निकै रिस उठ्यो– ‘आजको दिन त यति नराम्रोसँग बित्यो । यतिका धेरै समस्यालाई मैले झेल्नुप¥यो । यसका पछि कुनै न कुनै कारण त अवश्य छ ।’

उनले सम्झे, ‘बिहानै जब म उठेको थिएँ । मैले झ्याल खोलेर हेर्दा एकजना व्यक्तिलाई तल उभिएको देखेको थिएँ ।’ राजाले तुरुन्तै ती व्यक्तिलाई आफ्नो सामुमा ल्याउन भनेर सबैतिर घोषणा गरिदिए । ती मानिसलाई खोजेर राजाकहाँ ल्याइयो । उनी एक गरिब ब्राह्मण थिए । राजाले उनलाई सोधे, ‘के तिमी आज बिहानै मैले देखेको मानिस हौ त ?’

उनले भने– ‘हजुर महाराज, बिहान–बिहानै मैले हजुरको दर्शन गरेको थिएँ ।’

राजाले भने, ‘ठीक छ ।’
उनले आफ्ना सिपाहीलाई सङ्केत गरेर भने– ‘यसको शिर छेदन गरिदेऊ । यसलाई हत्या गरिदेऊ ।’

ब्राह्मणले केही बुझ्न सकेनन् । उनले राजासँग सोधे, ‘महाराज ! कुन कुराका लागि तपाईं मलाई यस्तो सजाय दिइरहनुभएको छ ?’

राजाले भने, ‘जब म बिहान उठेको थिएँ, सबै कुरा राम्रो थियो । त्यसपछि मैले झ्याल खोलेँ तब तिम्रै अनुहार हेर्नुप¥यो । त्यसैले मेरो पूरै दिन यति धेरै नराम्रो किसिमले बित्यो कि म के भनूँ ! यो सबै तिम्रो कारणले नै भएको हो । यदि मैले तिम्रो अनुहार हेर्नु नपरेको भए यो सबै व्यवधान व्यहोर्नुपर्ने थिएन ।’

ब्राह्मणले भने, ‘ठीक छ महाराज ! हजुरको जो आज्ञा ! तर, यसो सोच्नुहोस् त मेरो दिन कसरी बित्यो होला ! मेरो त शिर छेदन हुन लागिरहेको छ अनि यो यसकारणले किनकि मैले हजुरको अनुहार देखेको थिएँ । तपाईंले मेरो अनुहार देख्नुभयो, त्यो त भयो नै । तपाईंलाई केही समस्या भयो, तपाईंको पूरै दिन खराब भयो । तथापि, मैले तपाईंको अनुहार देखेँ, त्यसकारण अहिले म मर्न लागिरहेको छु ।’

तब राजाको होस आयो, ‘धत् ! म कुन कुराका पछि लागिरहेको छु ! यो सबै अनावश्यक कुरा हो । यसका पछि लाग्नुहुँदैनथ्यो ।’ कोही आएर हामीलाई बताउँछ– तपाईं वास्तवमा कति भाग्यशाली हुनुहुन्छ । मानिसहरू भन्ने गर्छन्, ‘जब हाम्रो यो हुनेछ, त्यो हुनेछ तब मात्रै हामीले आपूmले आपूmलाई भाग्यशाली सम्झनेछौँ ।’ हाम्रो जागिरमा बढुवा हुन्छ तर यस कारणले तपाईं भाग्यशाली बन्न सक्नुहुन्न । किनभने, जुन जागिरमा तपाईं पदोन्नति होओस् भन्ने चाहनुहुन्छ, एकदिन तपाईंले त्यही जागिरलाई छोड्नुपर्ने हुन्छ । त्यसलाई भनिन्छ, अवकाश । मानिसहरू भन्छन्, ‘मेरो व्यापार ठप्प भएको छ ।’ व्यापार त व्यापार नै हो । कहिले कसैको बढ्छ, कहिले कसैको बढ्छ । यी जति पनि कुराहरू छन् जुन कुरा भएका कारणले मानिसले आपूmले आपूmलाई भाग्यशाली सम्झन्छन् । वास्तवमा त तपाईं यस कारणले भाग्यशाली हुनुभएको होइन । तपाईं यी कुरालाई आफ्नो बनाउन चाहनुहुन्छ, यी तपाईंका हुँदैनन् । यसैलाई माया भनिन्छ । अनि, मायाका कारणले तपाईं हुनुभएको होइन ।

तपाईं त यसकारण भाग्यशाली हुनुहुन्छ, किनकि तपाईंलाई यो मानिसको शरीर प्राप्त भएको छ । जसभित्र यो श्वासको आवागमन प्रक्रिया चलिरहेको छ । जुन सृष्टिकर्ताको वास्तविक कृपा पनि हो । तपाईं जीवित भएका कारणले नै तपाईंसँग आपूmले आफ्नो जीवनमा आनन्दलाई महसुस गर्ने र आफ्नो जीवन आनन्दले भरिपूर्ण तुल्याउन सक्ने सम्भाव्यता छ । तपाईंका इच्छाहरूले होइन । तपाईंका इच्छा पूर्तिका लागि तपाईंलाई यो जीवन प्राप्त भएको होइन । यो जीवन त यसकारण प्राप्त भएको छ, किनकि तपाईं आनन्दमा रहेर यस जीवनलाई व्यतीत गर्न सक्नुहुन्छ ।

मानिसहरू आफ्नो इच्छा पूर्ति गर्नका लागि थाहा छैन कता–कता दौडिरहेका हुन्छन् अनि के काम गर्न बाँकी राख्छन् र ! सारा कार्यहरू गर्छन् । मानिसले के सोच्छ भने, यो मानिसको शरीर इच्छा पूर्तिको साधन हो । यो इच्छा पूर्ति गर्ने साधन होइन । जुन चीजको तपाईंलाई खोजी छ त्यो तपाईंभन्दा टाढा छैन । त्यो तपाईंसँगै छ । यसकारण तपाईं भाग्यशाली हुनुहुन्छ । यदि तपाईंलाई यो कुरा थाहा छैन भने पनि तपाईं भाग्यशाली हुनुहुन्छ । अनि, एकजना व्यक्ति छन् । जसलाई थाहा छ, उनी भाग्यमानी छन् ।

एउटा कथा छ । एकजना मानिस गइरहेका थिए । उनले एउटा काँचको टुक्रा फेला पारे । उनले सोचे– यो काँचको टुक्रो हो । यो कसैको खुट्टामा बिझ्यो भने त राम्रो हुँदैन । त्यसपछि उनले त्यसलाई त्यहाँबाट टिपेर फ्याँकिदिए । त्यतिखेर अर्का एकजना मानिस पनि आइरहेका थिए । उनले हेरे, त्यो त काँचको टुक्रो होइन, हीरा हो । उनले त्यो हीरालाई टिपेर आफ्नो गोजीमा राखे । पहिला व्यक्ति पनि राम्रो स्वभावका थिए, किनभने उनी मानिसको भलाइ चाहन्थे । यो काँचको टुक्राका कारणले कसैलाई घाइते नबनाओस् भन्ने उद्देश्यले उनले त्यो हीरालाई टिपेर फ्यालिदिएका हुन् । दोस्रा व्यक्ति आउँछन्, उनले पनि त्यो काँचको टुक्रोलाई देख्छन् तर उनले के देखे ? उनलाई थाहा थियो– त्यो काँचको टुक्रो होइन । त्यो त हीरा हो, त्यसैले त्यो हीरालाई आफ्नो गोजीमा हालेर लैजान्छन् ।

यसमा सबैभन्दा ठूलो कुरा के हो भने, एकजनालाई थाहा छ अनि अर्कोलाई थाहा छैन । जोसँग परीक्षण गर्ने ज्ञान थिएन, उनले त केवल एउटा मात्रै काम गरे । उनले काँचको टुक्रो सम्झेर त्यसलाई बाटोबाट टिपेर फालिदिए । यदि दोस्रो व्यक्ति नै पहिला आएका भए पनि उनले देखेपछि उनलाई लाग्नेथ्यो– यो त हीरा हो । उनले त्यस्तै गरी टिपेर आफ्नो खल्तीमा राख्ने थिए तब पनि कसैलाई हानि–नोक्सानी हुँदैनथ्यो । त्यसैले उनले त्यो काँचको टुक्रालाई गोजीमा थन्क्याए । कुरा के हो भने, नोक्सान पु¥याउने वा राम्रो काम गर्ने भन्ने मात्रै होइन । पहिचान गर्ने, चिन्ने बारेको कुराचाहिँ हो ।

त्यसैले बुझ्नुपर्ने र पहिचान गर्नुपर्ने कुरा छ । के तपाईंलाई प्राप्त भएको यो शरीरका बारेमा थाहा छ, यो के हो ? यसबाट के सम्भव हुन्छ ! यसबाट तपाईं आफ्नो जीवनमा त्यस चीजलाई अनुभव गर्न सक्नुहुन्छ, जुन सबैतिर छ । जुन तपाईंको हृदयमा पनि छ । त्यस चीजलाई तपाईं अनुभव गर्न सक्नुहुन्छ । तिनको दर्शन गर्नु, तिनलाई अनुभव गर्नु त्यो काम त एउटै व्यक्तिले गर्न सक्छ जो वास्तवमा नै भाग्यशाली हुन्छ । ती सृष्टिकर्ता त यस हृदयमा छन् तर तिनलाई चिन्नेहरूचाहिँ एकदमै थोरै छन् ।

मानिसहरू आफ्ना समस्याका पछि दगुरिरहेका छन् । तिनले के कुरा बिर्सिए भने, एक न एक दिन हामीले यहाँबाट जानुपर्ने दिन आउनेछ । जबसम्म हामीलाई यो जीवन प्राप्त भएको छ, हामी त्यस चीजलाई बुझौँ, चिनौँ र पहिचान गरौँ, वास्तवमा हामी कति भाग्यशाली छौँ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्