कोरोना माहामारी : कतै आफै स्वास्थकर्मी भनिरहँदा लाग्छ हामी निर्बस्त्र छौं,यो विवसता कहिलेसम्म ??



  • सन्दिप केसी

चिया पसलमा गफ गर्दा र कुरा गरुन्जेल जति सहज सोचेको भएपनी भुक्त भोगीहरुको पिडाका अनुभवहरु सुनेपछि लाग्छ यो कोभिड १९ दुस्मनहरुलाई पनि नलागोस । कोरोना संक्रमणको त्रासले कुपित अनुहारमा स्वास्थकर्मीहरु सेता पोसाकमा भएका निला धर्काहरुमा बाँधिएर शिर देखि पाउ सम्म ढाकेर कुनै नयाँ ग्रहको एलिएन जस्तै बन्दै गुम्सिरहेका छन ।

पिठ्युँबाट झरेका पसिनाका धाराहरु बिस्तारै तलतिर झरेको महशुस गर्दै एउटा मानिसको जीवन बचाउन अन्जुलिभरी सपना बोकेर सेवामा तल्लिन छन । थाहा छैन यसरी कतिदिन सम्म चल्छन दैनिकीहरु बबुरा स्वास्थ्यकर्मीका…….। फेरि कुन दिनबाट ज्वोरोले त्यो भन्दा बढी तताउने हो जुन पिपिइमा गुम्सनु भन्दा फरक तातोपनाको दुखानुभुती जुन पालो कुर्नुको बिकल्प छैन…..।

अस्पतालका गेटहरुमा बेड पाउन नसकेका कोभिडका घाइतेको कारुणिक कहानी सुन्दा लाग्छ त्यहा भित्र भगवान नै छन । जसले घाइतेलाई जिवन बरदान दिन्छन र उसका आफन्तहरु बिरामी भर्ना गर्न सकेकोमा आफुलाइ चुनाव जितेको भाग्यशाली नेता जस्तै सम्झन्छ्न । अस्पतालमा साइरन बजाउँदै कुदेका सव बाहनहरु कसैको जीवन अन्तको संकेत गर्दै शुस्केरा बजाउँदै कुदिरहेका देखिन्छ्न र सुनिन्छ्न एकोहोरो शंखका आवाज जस्तै सव बाहनका कर्कस र आफन्तका कारुणिक आवाजहरु ।

खोपको अनुसन्धानमा खटेका बिज्ञहरु किंकर्तब्य बिमुढको अवस्थामा छन् । सम्पन्न भनिने देशहरु समेत ओथारोमा बसेका कुखुरी झै र्ङ्यारर गर्न र दैनिक लासको संख्या गन्न भन्दा बढी केही गर्न सकेका छैनन । सञ्चार माध्यमका खबरले लाग्छ अब धेरै दिनहरु यहि गुमराहमा विवश भएर जिउनु मानव जातिको बाध्यता नै छ ।

कोरोनाको कहरले दशैं खल्लो भयो तिहार बिलखबन्द छ । हरेक समय बृद्धबृद्धा अबस्थाका संक्रमितहरुले अस्पतालमा ठाउँ नपाउँदा उनीहरुका आफन्तको पीडा अनि मनभरी त्राश देखेपछि एक पटक कतै आफै स्वास्थकर्मी भनिरहँदा लाग्छ हामी निर्बस्त्र छौं । यो विवसता कहिले सम्म ??

त्यसैले बिनम्र अनुरोध कृपया पुरानै शर्ट लगाउँ तर नयाँ मास्क, भोलि अंगालोमा बाँधिएर बसौंला अहिले भौतिक दुरी कायम गरौं र तपाईं आफ्नो रक्षाको लागि आफ्नै हात धुनुहोस न ।

(फेसबुक स्ट्याटसबाट : केसी धुलिखेल नगरपालिका स्वास्थ्य शाखाका प्रमुख हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्