हाम्रो अनभिज्ञ समाज र ब्रह्मा, विष्णु, महेश्वर



रमेशकेशरी वैद्य

हामीले सुनेको अनुसार धेरै समयअगाडि ब्रह्माण्डमा ब्रह्मा, विष्णु, महेश्वर प्रकट भए । त्यसपछि यी त्रिमुहारले प्राणीहरुको सृष्टि गरे । तर यी कुराहरुमा कति सत्यता छ ? त्यो भने कसैलाई थाहा छैन । एवं प्रकारले हाम्रो मुलुकमा पनि असली भनौं या नकली भनौं, ब्रह्मा, विष्णु, महेश्वर छन् । यिनलाई सबैले चिनेका छन् ।

यिनीहरुले प्राणीहरुको त सृष्टि गरेनन् तर यिनीहरुले देशमा लोकतन्त्र ल्याउनमा धेरै मद्दत पु¥याए । फलस्वरुप मुलुकमा साँच्चिकै लोकतन्त्र ल्याए । साथै धेरै नेता र कार्यकर्ताहरुको जन्म गराए । यिनीहरुले साँच्चै भनौं भने यत्रो सानो देशमा पनि यति नेता र कार्यकर्ताहरु जन्माए कि विपन्न वर्गका व्यक्तिहरुले गाँस, बास, स्थास्थ्यका लागि लाइन कस्नुप¥यो । तैपनि धेरै विपन्न वर्गलाई यी कुराहरुले पनि वञ्चित गराए ।

वास्तवमा भन्ने हो भने, देशका ब्रह्मा, विष्णु, महेश्वरको सहयोग तथा परिश्रमले गर्दा यहाँ लोकतन्त्र, गणतन्त्र सच्चिनुपर्ने संघीयता र संविधान सबै कुराहरु आए । जसले जेसुकै भने पनि यसलाई जनता अर्थात् समाजप्रति एउटा गुण नै मान्नुपर्दछ । खाली देशमा अनभिज्ञ व्यक्ति र सानो सोच संस्कारले गर्दा खराब कुराहरुको फिल्टर हुन सकेन । आशा गरौं, बिस्तारै समयले सब ठीक गर्दै लैजानेछ ।

अब देशमा सबै कुराहरु आए, केही भौतिक सुविधाहरु पनि व्यक्तिहरुले पाए । तर औसतमा जनता खुशी भएनन् । यहाँको लोकतन्त्रका कारण नेताहरुको विलासिता, आफ्नो मान्छे, कार्यकर्ता आदि मात्र बन्दै गए भने विपन्न वर्गका व्यक्तिहरु मर्कामा बाँच्न बाध्य भए ।

यी कुराहरु कोभिड–१९ को रुपले प्रत्यक्ष देखाएको छ । यति नै बेला मारकाट, बलात्कार, लुटपाटजस्ता घटनामा वृद्धि भए पनि राज्य हेरेको हे¥यै भएको छ । दुई तिहाइको सरकारको राजमा यो कार्यविधि ठीक छ त ? अहिले देशमा एकलौटीको सरकार छ । यिनीहरु एकदम पावरफुल छन् जंगलको शेरजस्तै । त्यसैले यिनीहरुले जनतालाई त्यति महत्व दिएका छैनन् ।

यिनीहरु सोच्ने गर्दछन्– अब हाम्रो भविष्य सदावहार छ । तर ठूलो पार्टी शक्ति छ भनेर नेताले यस्तो सम्झनु यिनीहरुको गलत भ्रम मात्र हो । यो समयले देखाउनेछ । संसारमा राजनीतिक पार्टी कहिल्यै पनि ठूलो हुँदैनन् । राम्रा व्यक्तिहरुको समूह ठूलो हुन्छ । अहिले जनतालाई सरकारप्रति चित्त नबुझेको कुरा एउटै छ– यस्तो बेलामा पनि सरकार जनतालाई चाहिने राहत दिँदैन । स्वास्थ्य असुरक्षाप्रति सरकार गम्भीर नभएको आभास भएको छ । यी कुराले गर्दा सरकार सधैँ कानमा तले हालेर बसेको जस्तो लाग्छ ।

अझै पनि समय छ । साँच्चिकै जनताप्रति अभिभावकको भूमिका निभाएर अघि बढ्ने हो भने आउने चुनावमा यो सरकारले नै राज गर्न सक्छ । यसमा दुई मत हुनेछैन तर जनताको कुरालाई वास्ता नै नगर्ने हो भने हामी पनि यो सोच्न बाध्य हुनेछौं कि यो सरकारको पनि बिस्तारै अब दानापानी सिद्धिन्न लागेको छ ।

यो कुरा किन बारम्बार भनिराख्नु परिराखेको छ भने, भोका व्यक्ति र रोगीहरुको जुन मुख्य समस्या अर्थत् अहिलेको जड हो यसलाई निर्मूल पार्नु सरकारको दायित्व हो । तर सरकार सधैँ सत्ता, कुर्सी र कमिसनको प्वालको खोजीका लागी दौडिराखेको हामी देखिराखेका छौं । जे होस्, अब यसो हुनुभएन । कृपया ! यो हाम्रो विनम्र अनुरोध छ सरकार ! सोच परिवर्तन गर र जनताको पनि कुरा सुन्ने बानी बसाऊ ।

हाम्रो मुलुकमा अनभिज्ञ जनता र विज्ञहरु पनि दोषी छन् । कारण यिनीहरु अन्यायविरुद्ध निरन्तर सरकारप्रति लडेको देखिँदैन । शायद यही कारणले होला जनतालाई मान्छे नै नगन्ने आदत सरकारले बसाएको छ । आज यिनीहरुको दिन बलियो छ तर भोलि राम्रो दिनले साथ दिएन भने त्यति बेला ठूलो पार्टी शक्तिले पनि केही गर्न सक्नेछैन । त्यसकारण सच्चिने समय अहिले नै हो । कुनै पनि मुलुकको द्रुत विकासका लागि एउटा प्रधानमन्त्री कडा भए पुग्छ । यस्ता प्रधानमन्त्रीले देशका जनतालाई गाँस, बास, स्वास्थ्य तथा जनतालाई सजिलो नैतिक शिक्षा प्रदान गर्नुको साथै बिस्तारै द्रुत विकास पनि गरिराखेको हुन्छ ।

तर हाम्रो मुलुकमा यस्ता प्रधानमन्त्रीहरुको जन्म नै भएन । यदि हामीले भनेको कुरा झुटो भएको भए यो मुलुकमा विपन्न वर्गको हालत सधैँ उस्तै हुँदैनथ्यो होला अर्थात् विदेशमा गएर कामका लागि शरण पर्नुपर्ने थिएन होला, पेटको आगो बुझाउन ऋण चुक्ता गर्न र घर गृहस्थीको व्यवहार चलाउन । उदाहरणका लागि कोभिड–१९ का कारण भित्रिएका नेपाली जनता फेरि विदेशिन बाध्य भएका छन्, जुन सारा नेपालीले प्रत्यक्षरुपमा देखिराखेका छन् । हामी भन्छौं यस्तो हुनुभएन । किन दुई तिहाइको सरकार भए पनि सधैँ गफ, घमण्ड, स्वार्थ, आफ्नो मान्छेमा नै अल्झिएर बसेको छ अहिलेको सरकार । यसलाई गाली, खण्डन, आलोचना नसम्झी शिक्षाको रुपमा लिएर सरकार सच्चिँदै अघि बढ्नुपर्दछ । हामी यो भन्दैनौं कि सरकार काम नै गर्दैन, विकास नै गर्न चाहँदैन । जनताका सानातिना समस्यामा सरकारको ध्यान पुगिराखेको छैन ।

हाम्रो मुलुकमा मानवरुपी ब्रह्मा, विष्णु, महेश्वरहरुले नागरिकका लागि जति गर्नुपर्ने योगदान गरेका छन्, अब बाँकी कार्य नयाँ आउने पार्टी, बुद्धिजीवी तथा विज्ञहरुलाई यिनीहरुले छोडिदिनुपर्छ । उनीहरुले यसो गर्न सके मात्र मुलुक द्रुत विकासमा जानेछ अनि उनीहरुले हिरो हुने मौका पाउनेछन् । यति मात्र होइन, देशमा रोजगारको वातावरण सृजना हुनेछ । मध्यम वर्गका व्यक्तिहरुले सुख, सहुलियत, सुविधा पाउनेछन् भने विपन्न वर्गका व्यक्तिहरुको खल्तीमा पैसा आउनेछ ।

विदेश धाउनुपर्ने छैन । रोजगारका लागि लोकतन्त्रमा चाहिने कुरा अहिलेको लागि यति मात्र हो । बाँकी ठूला–ठूला महत्वाकांक्षी कुराहरु बिस्तारै हुनेछन् । अहिले देशमा रोग, त्रास, भोकले गर्दा नेपालीहरु दुःखी छन् । यस्तै बेला स्वार्थी, लोभी, पापी, बलात्कारी आदिले गर्दा जनता झन् आक्रोशित छ । तर गर्न केही सकिराखेको छैन, भगवान्ले बनाएको लाचार सरकारले पनि केही गर्न सकिराखेको छैन । त्यसकारण यस्तो बेला सबै मिली सरकार तथा गलत कार्य गर्नेहरुलाई सीधा बाटोमा ल्याउन जरुरी छ । सधैँ अनभिज्ञ र स्वार्थी भएर बसिराख्नु उचित छैन । अलिकति मानवता सबैले जगाउनु आजको आवश्यकता हो ।

 

 

प्रतिक्रिया दिनुहोस्