बागमती गाउँपालिकाको एम्बुलेन्स सेवा इन्धन बाहेक निशुल्क



न्युज अफ नेपाल, ललितपुर ।
जिल्लाको दक्षिण भेगमा पर्ने बागमती गाउँपालिकाले एक साता अघि मात्रै खरिद गरी ल्याएको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाले आफ्नो सबै वडामा इन्धन बाहेक सेवा निशुल्क गरेको छ ।

पालिका प्रमुख बिरबहादुर लोप्चनले पालिकाले यहाँको बासिन्दाको सुविधाको लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको बताउनुभयो ।
‘बागमती गाउँपालिका विकट नै छ । यहाँ अहिलेसम्म एम्बुलेन्स सेवा सञ्चालनमा थिएन । हामीले पालिका बासिन्दाको सुविधालाई ध्यानमा राखेर पालिका आफैँले सेवा सञ्चालन गरौँ ।’, उहाँले बताउनुभयो ।

बाटो खराब र समयमै एम्बुलेन्स सेवा नपाउँदा यहाँका बासिन्दालाई अप्ठेरो परेको उहाँले बताउनुभयो । अब एम्बुलेन्स सेवा सञ्चालन पछि यस्तो अप्ठेरो हट्ने उहाँले बताउनुभयो ।

‘अहिलेको सेवा सेवाग्राही पालिकाबासीले इन्धनको मात्रै शल्क तिर्नु पर्छ । अन्य पालिकाले व्यहोर्ने गरी सेवा सञ्चालनमा छ ।’, उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्