घर घरमा बसेर सरकारको विरोध गरौँ ?



बिजिता थापा रिजाल ।

प्रधानमन्त्री केपी ओली कहिले नायक कहिले खलनायक दुई पात्रको रुपमा नेपाली राजनीतिमा चिनिदै आउनु भएको छ । प्रचण्ड बहुमतको सरकारको नेतृत्व गर्दै आउनु भएका ओलीलाई केही अभिभाज्य बर्गले दुस्मनको रुपमा दुर्कादै आएका छन भने केहीले नेपाली राजनेतको रुपमा पुजन समेत गर्दै आएको देखिन्छ । के प्रधानमन्त्री ओलीलाई राक्षसी देख्ने एक समूह र भगवान देख्ने अर्को समूहले किन यसो गर्दैछन । अहिले यस बिषयमा भएका बहशलाई नजिकबाट हेर्ने हो भने ओली के हुन । ओली राक्षस हुन वा भगवान अहिले यो चर्चाको बिषय बनेको छ ।

जननेता मदन भण्डारीले प्रधानमन्त्री ओलीका बारेमा त्यसबेला गरेको टिप्पणी अहिले पनि मानस पटलमा ताजा नै छ । मदन भण्डारीले ओलीका बारेमा गरेको सटिक टिप्पणी अहिले ओलीलाई दावन देख्नेहरुका लागि ठिकै होला तर ओलीले गरेको पछिल्लो निर्णयलाई भने जसले जे भनेपनि त्यसलाई चाही साहाशी नेताको रुपमा मान्नै पर्दछ । ६ दशक अघि देखि भारतले नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई हडपेर आफ्नो बनाई रहेको बेला केपी ओलीले त्यो भूमी नेपालको भएको भन्दै संसदबाट नेपालको नयां नक्सा सार्वजनिक गरेपछि ओलीको राजनीतिक उचाई एकैपटक माथि पुगेपछि त्यही अभिभाज्य बर्ग अहिले कोरोना महामारीको बेला खर्च भएको १० अर्वको हिसाव सार्वजनिक गर्न माग गर्दै दिनहुं सडकमा रमिता देखाउन ब्यस्त देखिन्छन ।

सडकमा प्लेकाड बोकेर हिड्नेहरुलाई नजिकबाट निहाल्ने हो भने त्यहां प्रमुख प्रतिपक्षी दलका कार्यकर्ताको बाहुल्यता देखिन्छ । अहिलेको आवश्यकता भने भारतले लुटेर लगेको भूमी फिर्ता गर्न भारतीय शासकलाई दवाव दिन लाग्नु पर्ने थियो तर अहिले ओलीको दोहोलो काड्न लाग्ने हरुले एक पटक सोच्नुपर्ने थियो तर त्यो देखिदैन । १० अर्वको हिसाव किताव चाहियो भन्दै सडकमा प्रर्दशन गर्नेहरुको भिड बढ्दो अवस्थामा रहेको छ । मुलुक कोरोना भाइरसको महामारीमा जकडिएको अवस्थामा त्यसरी प्रर्दशन गर्नु कति उचित हो । यसको समयले पक्कै जवाफ दिने नै छ । प्रधानमन्त्री ओलीका आसेपासेले उहांलाई बिवादमा पार्ने काम आज मात्र होईन पछिल्लो पटक उहां प्रधानमन्त्री भएकै दिनदेखि पार्दै आएको देखिन्छ । कोरोना भाइरसको संक्रमण नेपालमा देखिन थालेपछि सरकारले बिवादास्पद कम्पनीलाई औषधी खरिद गर्न दिएपछि प्रधानमन्त्रीको आलोचना तीव्र रुपमा हुदै आएको देखिन्छ ।

यो सरकारले भ्रष्टाचार गरेको छैन भन्ने खोजेको होईन । ओलीका भाषापनि उहांलाई बिवादमा पार्ने खालका देखिन्छन । मानौ म मात्रै जान्ने अरु सबै दुर्बल हुन भन्ने उहांको संक्रिण सोचाईले पनि उहांलाई बिवादमा पारेको देखिन्छ । प्रधानमन्त्री ओली किन बिवादमा नै रमाउन चाहान्छन यो चाही खोजीको बिषय नै बनेको छ । आज आफुमाथि तीव्र प्रहार हुंदा समेत हठ नत्याग्ने प्रधानमन्त्री ओलीको पारापनि तानाशाही नै हो भन्दा फरक नपर्ने खालका छन । अहिलेको आवश्यकता के हो कोरोना भाइरसमाथि बिजय प्राप्त गर्ने हो तर अहिले सरकार त्यसतर्फ सक्रिय भएर लागेको देखिदैन । सरकारका बिरुद्ध अनेक तरिकाले सरकारको बिरोध गर्न सकिन्छ तर कोरोनाले आक्रान्त समाजमा जम्मा भएर ती युवा भनिएकाहरुले गरेको आन्दोलन कुनै हालतमा ठिक मान्न सकिदैन । एक कोरोना संक्रमित त्यो भिडमा छिर्यो भने त्यसले कस्तो असर पार्ला त्यसको कसैले लेखाजोखा गरेका छन । त्यो केबल आत्मरतीमा रमाउनेहरुकालागि ठिकै होला सामाजिक दृष्टीकोणले त्यो कुनै हालतमा स्वीकार गर्न सक्ने खालका छैनन ।

घरघरमा बसेर सरकारको उछितो काड्न सकिन्छ तर सडकमा जानेहरुले यो बुझेका छैनन । यो अहिलेको सोचनीय बिषय पनि भएको छ । सडकमा गएर प्रर्दशन गर्नासाथ यो सरकारले भ्रष्टाचार रोक्छ । अबैध बाटोबाट रकम लिदैन रु यो अहिलेको गम्भिर बिषय पनि हो । सडक संघर्ष होईन घरघरमा नै बसेर सरकारको बिरोध गरौ । सरकारले पनि १० अर्व कहां कसरी खर्च भयो त्यसको जवाफ भने दिनै पर्छ । होईन भने अर्को चुनावपनि नजिकिन थालेको छ त्यसतर्फ ओलीजीको ध्यान जानु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्