कथा भित्रको कथा



  • लुना घिमिरे काफ्ले

खै के भन्नू आफ्नै जीवनको पन्ना पन्ना पल्टाएर हेर्ने हो भने आफ्नै जीवन उपन्यास जस्तो लाग्छ । एउटै जीवनभित्र कैयौं जुनि बाँचेजस्तो लाग्छ । जीवनमा कैयौं उतारचढाव आए तर आजसम्म नआएको त केवल खुशी मात्र हो । मैले थाहा पाउँदा देखि नै देशमा धेरै राजनितिक परिवर्तन भए २००७ सालमा प्रजातन्त्र स्थापना, २०१७ सालको पञ्चायती ब्यवस्था, २०४६ सालको बहुदलीय ब्यवस्था होस् या त चाहे ०६२र६३ सालको बृहत् जनआन्दोलन, व्यवस्था जस्तोसुकै आए पनि रक्सिको बाहिरी लेवल फेरिए झै राजनितिको लेवलमात्र परिवर्तन भयो तर गरिब, दुःखी र शोषित वर्गको अवस्था सधैं एउटै।

आज ८ दशक पुरा गरिसकेको मेरो जिवनले फेरि अर्को पीडा भोग्नु परिरहेको छ, कहिले पनि नसुनिएको लकडाउन रे कोरोना रोगले गर्दा । मैलेमात्र कहाँ हो र? आज सारा विश्व कोरोना महामारीको सन्त्रासमा हेलिएको छ तर के हो कोरोना ? कसैलाई थाहा छैन ,कोहि भन्छन्- ‘यो एउटा खतरनाक भाइरस हो, कोहि भन्छन्- कोरोना तेस्रो विश्व युद्धको सुषुप्त अस्त्र हो तर म भन्छु कोरोना गरिब दुखिको घाँटी रेट्ने भुत्ते खुकुरी हो।’

समयले लखेट्दै ल्याएकि मैले पनि बारा जिल्लामा अलिकति जग्गा भाडामा लिएर आफ्नो गुजारा जसोतसो चलाउँदै थिए। बल्लबल्ल उत्पादन भएका मेरा तरकारीहरू बजार नपाएर बारीमै कुहिएर गएसँगै मेरो जीवनका आशाका त्यान्द्राहरू पनि त्यहि विलिन भए। आज ७७ दिन भन्दा बढी भयो, हामी जस्ताको लागि सरकारले कुनै स्पष्ट विकल्प दिन सकेको छैन केवल लकडाउन लम्याउनु बाहेक।

अहो १ सोच्दासोच्दै सुर्योदय भइसकेछ। म हतारिदै उठेर बाख्रालाई घास लिन जंगल तिर गए। नजिकमा घाँस नपाईने भएकोले आज अलिक टाढै जानू पर्यो भनेर हिड्दै गर्दा अलि पर प्लाष्टिकले बेरेको छाप्रोजस्तो बस्तु देखियो। अस्तिसम्म त यहाँ केही थिएन कतै कोरोना संक्रमितको संख्या बढेर राख्नलाई क्वारेन्टाइन त बनाको होईन, हेर्नू पर्यो भनेर म त्यतै लागे।

आमा १ मेरो घर पूर्व कोशिपारि हो। म काठमाडौंमा कोठामा बसेर पढ्दै थिए। कारोनाको कारणले देशमा एक्कासि लकडाउन शुरू भयो। घर जाऊ भनी कति प्रयास गर्दा पनि जान सकिन। कोठामा भएको खानेकुरा सबै सकियो।’

यसो भित्र चिहाएर हेरेको त एकजना युवती रगतमा लत्पतिएर अर्ध चेत अवस्थामा छट्पटाउदै थिईन्। उनको अवस्था एकदमै दयनिय थियो। शरिरमा कपडा भन्ने चिज थिएन। मैले उनलाई सिधा नजरले हेर्न सकिन र मेरो ओड्ने खोलेर ओडाईदिए। उनलाई होसमा ल्याउँदा उनी बोल्नै नसक्ने अवस्थामा थिईन तैपनि सोधें, तिमी को हौरु तिमीलाई कस्ले यो हालत बनायोरु उनले बिस्तारै लर्बराउदै भनिन्- ‘आमा १ मेरो घर पूर्व कोशिपारि हो। म काठमाडौंमा कोठामा बसेर पढ्दै थिए। कारोनाको कारणले देशमा एक्कासि लकडाउन शुरू भयो। घर जाऊ भनी कति प्रयास गर्दा पनि जान सकिन। कोठामा भएको खानेकुरा सबै सकियो।’

घरबेटीले दिनदिनै भाडा मागेर हैरान पार्न थाले। अरबमा रोजगारी गर्न जानुभएको बुवाले पनि काम नभएको कारण पैषा पठाई दिन सक्नु भएको थिएन। मैले जसरी भएनि घर जानू पर्ने भयो। मेरो कोठा नजिकै सब्जि पसल गर्ने एकजना दिदीलाई भने, दिदी मलाई जसरी पनि घर जाने ब्यवस्था मिलाई दिनु पर्यो। उहाँले तराईबाट तरकारी लिएर आउने ट्रकमा जाउ, म कुरा गरिदिन्छु भन्नू भयो।

म खुशी भए, दिदीले ट्रक वालासँग कुरा मिलाईदिनु भएछ। म बिहानै कसैले थाहा नपाउने गरि ट्रकको पछाडि चढे। ड्राइभरले क्रेटले छलिएर लुकेर बस्नु भनेकोले मैले त्यसै गरे। थानकोटमा चेकिङ हुँदा पनि मलाई कसैले देखेन। म खुशीले गदगद भए अब घर पुग्नेछु भनेर। अन्य ठाउँका चेकिङमा पनि म लुकेर बँचे, साँझ परिसकेको थियोे। जंगलै जंगलको बाटो आइरहेको थियो, फेरि एक्कासी ट्रक रोक्कियो। केही प्रहरी आएर ड्राइभरलाई गाडीबाट उतारे र ट्रकमा छिरेर सबैतिर हेर्न लागे।

म डराई डराई क्रेटले छलिने प्रयत्न गर्दै थिए, एकजनाले म छलिएको क्रेट उचाल्यो र मलाई भेट्यो। म डरले काम्न लागे। उनिहरूले थर्मल गन पनि बोकेका थिए। मलाई ज्वरो नापेर ज्वरो आएको रहेछ भन्दै ट्रकबाट सडकमा उतारे। तिमीलाई ज्वरो आएकोले कारोना टेष्ट नगरी जान मिल्दैन भने। यो रातको समयमा कहाँ टेष्ट गर्ने ररु मैले भने। उनिहरूले नजिकै रहेको क्वारेन्टाइनमा लगेर राख्ने र बिहान टेष्ट गर्न जाने र रिपोर्ट आएपछि आफै घर पुर्याईदिन्छौ भने। मलाई पनि उनिहरूको कुरा ठिकै लाग्यो।

त्यसपछि मलाई लिएर उनिहरू यो जंगलै जंगलको बाटो आए। निकै समय हिड्दा पनि क्वारेन्टाइनमा नपुगेपछि मलाई शंका लाग्यो र डराए पनि। मैले खै त अहिलेसम्म क्वारेन्टाइन आएन त भन्दै सोध्न लागे। मलाई चुप लागेर हिड, अहिले आई हाल्छ नि भन्दै गालि गरे, म भाग्न खोजे। त्यसपछि मात्र उनिहरूले आफ्नो वास्तविक रूप देखाए। मैयाँ१ हामी प्रहरी होइनौं भन्दै कोहि आफ्नो कपडा खोल्न लागे भने कसैले प्लाष्टिकको यो छाप्रो बनाए र मलाई यसभित्र हाले।

म कति चिच्याए, रोए, कराएँ, तर यो सुनसान ठाउँमा कसैले मेरो चीत्कार सुन्नेवाला थिएन उनिहरूले मलाई पालैपालो लुछे, मेरो अस्तित्व लुटे, त्यसपछी खै के भयो मलाई केही थाहा छैन्। हजुर को होरु आमा मलाई थाहा भएन। यो मेरो कथा सबैसामु पुर्याई दोषिलाई हदैसम्मको सजाय दिलाउन सहयोग गरिदिनुहोला भन्दै मेरै काँखमा अन्तिम सास फेरेर यो धर्तीबाट सदाका लागि बिदा लिइन। हे भगवान१ यो के देख्नु, भोग्नु पर्यो मैलेरु यो संसार एकैपटक घुमेर मै माथि बज्रिए जस्तो भयो त्यो बेला , हात खुट्टा पनि सबै चिसा भए।

यो सरकारले कस्तो नीति नियम ल्याउँछ कुन्निरु जसको पालना गर्न खोज्दा खोज्दै आज एक छोरीले बलात्कृत भै मारिनु पर्यो। सरकारले आजसम्म कहिले पनि सोच्न सकेन कि उसको आफ्नो एकतर्फी निर्णयले जनतालाई कस्तो असर पुर्याउछ भनेर तर जनतालाई सरकार नभई पनि नहुने, हुदा पनि यो अवस्था भोग्न बाध्य हुनु पर्ने भन्दै आफ्नो पोल्टाबाट मोबाईल निकालेर त्यहि सरकारको निर्देशनमा चल्ने नेपाल प्रहरीलाई बोलाए र उनको कथा सुनाएर लास जिम्मा लगाईदिए

प्रतिक्रिया दिनुहोस्