जातीय विभेदको रापमा मानवअधिकार र समानता



  •   बद्री तिवारी

नेपाल र संयुक्त राज्य अमेरिका यतिखेर एकै प्रकृतिका जघन्य हत्याका घटनाको रापमा पिल्सिँदैछन्। फरक यत्ति मात्रै हो– जातीय छुवाछूतका कारण नेपालमा समुदायका व्यक्तिहरुले कुटपिटबाट युवाको ज्यान लिए भने अमेरिकामा सुरक्षाका लागि तैनाथ गरिएका प्रहरीबाटै सयौं मानिसका अगाडि एक अश्वेत समुदायका निहत्था नागरिकको घाँटीमा घुँडाले थिचेर निर्मम हत्या गरियो ।

नेपाल र संयुक्त राज्य अमेरिका यतिखेर एकै प्रकृतिका जघन्य हत्याका घटनाको रापमा पिल्सिँदैछन्। फरक यत्ति मात्रै हो– जातीय छुवाछूतका कारण नेपालमा समुदायका व्यक्तिहरुले कुटपिटबाट युवाको ज्यान लिए भने अमेरिकामा सुरक्षाका लागि तैनाथ गरिएका प्रहरीबाटै सयौं मानिसका अगाडि एक अश्वेत समुदायका निहत्था नागरिकको घाँटीमा घुँडाले थिचेर निर्मम हत्या गरियो ।

यही ०७७जेठको दोस्रो साता झन्डै एकै समयमा भएका अत्यन्त अमानवीय एवम् नृशंस हत्याका घटनाले दुवै मुलुकको लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार, समानता र विभेदरहित सामाजिक व्यवहारमाथि प्रश्नचिह्न खडा गरिदिएका छन् । यी हत्याका घटना निन्दनीय त बनेकै छन्, जताततैविरोधको लहर उर्लंदो छ । घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि सख्त कारबाहीको मागका साथ अन्याय र अत्याचारको विरोध स्वाभाविक मात्र होइन, आवश्यक मानिन्छ ।

निश्चय नै विश्व एक्काइसौं शताब्दीमा आइपुग्दा पनि मानिसले मानिसलाईहेर्ने दृष्टिकोण तथा प्रदर्शन गर्ने व्यवहारले सोह्रौं-सत्रौं शताब्दीको झल्को दिन्छ भने त्योजस्तो लज्जा आजको सभ्य समाजका लागि कसरी सह्य हुनसक्ला !

कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला नेपालमा जातीय छुवाछूतकै कारणबाट भएको आक्रमणमा ६जना युवाले असमयमै ज्यान गुमाए । घटना विवरणअनुसार यही जेठ १० गते शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा स्थानीय बासिन्दाले अन्धाधुन्ध आक्रमण गर्दा जाजरकोटको भेरी नगरपालिका–४ का मोहन विकका छोरा नवराज विकलगायत ६ जना मारिए । सोतीका वीरबहादुर मल्लकी छोरी सुषमा मल्लसँग तीन वर्षअघिदेखि प्रेममा बाँधिएका नवराज विक दलित भएकैले मल्ल परिवारका तर्फबाट विवाह स्वीकार नहुने जानकारीका साथ सुषमाकै सल्लाहमा साथीहरु लिएर सोतीगए । तर, उनलाई के थाहा, त्यही दिन उनीलगायत साथीहरुको जीवनलीला समाप्त होला भनेर !

नवराज र अन्य १८ जना साथीहरु जब सोती पुगे, उनीहरुमाथि स्थानीय सुषमाका परिवार, वडाध्यक्ष डम्बरबहादुर मल्लसहितका ठूलो समूहमा सम्मिलित स्थानीयले आक्रमण गरे । उनीहरुलाई कुटपिट गर्दै भेरीनदीतर्फ लखेटे । पीडित पक्षले आफ्ना छोराहरुमध्ये नवराजलाई ढुंगाले टाउकोमा थिलथिलो पारेर चल्न नसक्ने भएपछितथाअन्यलाई अधमरो अवस्थामा स्थानीयले भेरी नदीमा फालिदिएको दाबीका साथ उजुरी गरेका छन् भने पीडकहरुले कुटपिटपछि भाग्ने क्रममा उनीहरुआफैं नदीमा हामफालेको बयान दिएकाछन् ।

सो घटनामा मारिनेहरुमा नवराजका साथीहरु गणेश बुढा, टीकाराम नेपाली, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाही छन् । निजहरुलाई भेरी नदीबाट मृत अवस्थामा फेला पारिएको थियो ।भेरीमा हेलिएका ११ जनामध्ये ५जना उत्रिएर बाँच्न सफल भए ।त्यससँगै उनीहरुको गाउँ यतिखेर शोकाकूल छ, घरघरमा रुवाबासी छ र सदाका लागि ६ घरका दीपकहरु निभेका छन् ।प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको भन्दै प्रकाशित अर्को एक समाचारअनुसार नवराजकी प्रेमिका सुषमा मल्लले आफूलाई परिवारले अर्कै केटासँग बिहे गरिदिन आँटेको भन्दै विवाह गर्न आउनू भनेर नवराजलाई खबर गरेकी थिइन्। तर त्यो सबै शंकास्पद तथा घटना षड्यन्त्रपूर्ण रहेछ भन्ने कुरा नवराजसहितका केटाहरु गाउँमा प्रवेश गरेको खबर एकाएक फैलिएर गाउँका मानिसहरु चौतर्फी घेराबन्दीका लागि भेला भएबाटै प्रस्ट हुन्छ ।

बन्चरो, हसियाजस्ता घरेलु हतियारका साथ उत्रिएका स्थानीयहरुको कुटपिटमा परी भागेर बाँच्न सफल भएका नवराजका साथीहरु मदन शाही र सुदीप खड्काले टीभीमार्फत आफ्नो समूहलाई केटी पक्षले चौतर्फी घेरा हालेर कुटपिट गरेको तथानदी तरिसकेपछि पनि कुटपिट गरेर मरणासन्न पारेको बताउनुले उनीहरुलाई चेताउने मात्रै नभएर मार्ने नै उद्योग गरेको देखिन्छ । त्यस्ता अपराधीहरुमाथि कडाभन्दा कडा सजाय दिनै पर्दछ ताकि छुवाछूतका नाममा पछि यस्ता खाले घटना गराउन खोज्नेलाई सोच्न बाध्य बनाओस् ।

सो घटनामा संलग्न चौरजहारी नपा–८, सोतीका वडाध्यक्ष डम्बरबहादुर मल्ल, धनराज राना, नेत्रबहादुर मल्ल, रेशमलगायत २५ जना पक्राउ परिसकेका छन् भने २ जना अझै फरार रहेको अवस्था छ ।अर्कोतर्फ देशव्यापीरुपमा यस घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्नका लागि धर्ना, जुलुस र आन्दोलन भइरहेका छन् । राजनीतिक दलका नेताहरु, नागरिक समाज र पेसाव्यवसायीले जातीय छुवाछूत÷विभेद अन्त्यका लागि अभियान सञ्चालन गर्नुपर्ने माग पनि गरेका छन् भने गृहमन्त्री रामबहादुर थापा बादलले दोषीमाथि कारबाही गरेरै छाड्ने प्रबिद्धता व्यक्त गरेकाछन् ।

देशव्यापी विरोधका क्रममा राजधानीमा जुलुस तथा पोखरामा समाजवादी दलित मुक्ति महासंघ गण्डकी प्रदेश तथा कास्की जिल्ला समितिको संयुक्त तत्वावधानमा पीडित पक्षलाई न्याय तथा दोषीउपर कारबाहीको माग गर्दै एकहप्ते धर्ना कार्यक्रमको पनि आयोजना गरियो । प्रत्यक्ष तथा परोक्षरुपमा सबै पक्षलाई छुने यस घटनाको सत्यतथ्य अनुसन्धानका लागि संसदीय समावेशी उच्चस्तरीय छानबिन समिति गठनको माग, प्रमाणहरु नष्ट गर्न नपाउन तथा दोषीलाई हदैसम्मको कानुनी कारबाहीको माग गरिएको छ ।

त्यसो त दर्जनौं सामाजिक चथा मानवअधिकारवादी संघसंस्थाले मुलुककै बदनाम गराउने तथा कलंकित पार्ने यस घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गरेका छन् भने प्रहरी, गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायत अनुसन्धान निकायहरुलेआ–आफ्नै टोली पठाएर घटनाबारे सत्यतथ्य पत्ता लगाउन तल्लीन छन् ।

नागरिक स्तरबाट पनि यथार्थ छानबिन गर्न सहयोग जुटाउने वातावरण बन्नुपर्दछ । अनिमात्र घटनाबारे वास्तविकता सार्वजनिक हुनेछ । त्यसो त सत्तारुढदलका नेताहरु,प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलका सभासदहरुले सो घटनाका बारेमा सत्यतथ्य सार्वजनिक गर्नका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै अडान राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

साथै नेपालको संविधान धारा ७२ अनुसार ‘छुवाछूत तथा भेदभावविरुद्धको हक’को उपधारा (१),(२), (३), (४) र (५) मा उल्लिखित सम्पूर्ण प्रावधानको रक्षा तथा कार्यान्वयन गर्न सकिनेछ । अन्यथा ठूलो संघर्षबाट ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्र संविधानका पानामा मात्र सीमित हुनेछ ।

उता कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा बढी संक्रमित हुने र नागरिक गुमाउने अमेरिका यतिखेर एक श्वेतप्रहरी अधिकृतको रंगभेदी गतिविधिबाट पनि नराम्ररी प्रभावित बन्न पुगेको छ । कोरोनाभाइरसबाट जनधन, रोजगारी र मुलुककै अर्थतन्त्रलाई ठप्प पार्नेदेखिका गतिविधिबाट ग्रस्त बन्दै गएकोे सर्वशक्तिमान अमेरिका अहिले अश्वेत समुदायका नागरिक जर्ज फ्लोइडको हत्याको घटनापछिविश्वसामु आलोचित बनिरहेको छ । मिनेसोटा राज्यको मिनियापोलिसमा गत जेठ १२ गते (मे २५, २०२०) का दिन एउटा ग्रोसरी–स्टोरमा सामान खरिद गरी २० डलरको नक्कली बिल दिएको भनेर स्टोरका एक कामदार (मद्यपान गरेको अवस्थामा) ले प्रहरीलार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ई खबर गरेपछि भएको यो घटनाको जति निन्दा गरेपनि कमै हुन्छ ।

प्रहरी अधिकृत डेरेक चाउभिनले अश्वेत (अफ्रिकी–अमेरिकी) नागरिक जर्ज फ्लोइडलाई गाडीबाट ओरालेर हथकडी लगाएर, अन्य प्रहरीलाई खुट्टा समाउन लगाएर, प्रहरीको गाडीकै आडमा पछार्दै घाँटीमा घुँडाले थिचेर निर्मम तरिकाले हत्या गरेको भिडियो सञ्चारमाध्यमलगायत सामाजिक सञ्जालमा भाइरल बनेको छ। अन्य तीन प्रहरीले पनि निजको अपराध रोक्नेप्रयत्न गरेनन् भने सडकको दायाँ–बायाँ उभिएका मानिसले पनि कुनै विरोध जनाएनन्, एउटा नागरिकको हत्या भइरहेको रमिता हेरिरहे । प्रहरी अधिकृतको थिचाइबाट स्वास फेर्न नसकेका फ्लोइड जीवनको लागि भीख मागिरहे । ‘म स्वास फेर्न सक्दिन’,‘कृपया मलाई नमार्नुस्…’ जस्ता कारुणिक शब्दहरु बोल्दाबोल्दै ८ मिनेट ४६ सेकेन्डमा उनको प्राणपखेरु उड्यो ।

यदि फ्लोइड श्वेत समुदायका नागरिक हुन्थे भने प्रहरीले त्यसरी निर्दयतापूर्वक हत्या गर्दैनथ्यो, अहिले अमेरिकामा मात्र होइन, विश्वभर यस्तै टीकाटिप्पणी गरिँदैछ । यतिखेर यस हत्याको विरोधमा क्यानडा, मेक्सिको, बेलायत, फ्रान्स, बेल्जियम, अस्ट्रेलिया, जर्मनी, नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड, जापानसहित अमेरिकी, युरोपेली, अफ्रिकी, एसियालीलगायतका मुलुकहरुमा प्रदर्शन भइरहेको छ ।ती मुलुकहरुमा अमेरिकामा जस्तै ‘ब्ल्याक लाइभ्स म्याटर, तिम्रो दुःख हाम्रो दुःख, चुप रहनु अपराध हो÷मौनता हिंसा हो, हाम्रो अधिकार लिएरै छाड्छौं, फ्लोइडलाई न्याय देऊ’ लगायतका सयौं नाराअंकित प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिरहेका छन् ।

घटनाको शुरुको साता अमेरिकी राज्यहरुमा ध्वंसात्मक देखिएको प्रदर्शन यतिखेर शान्तिपूर्ण त बनिरहेको छ, यद्यपि यसको स्वरुप परिवर्तनसँगै अन्य मुलुकहरुमा पनि विरोध प्रदर्शन भइरहेकोले क्रमशः यो आन्दोलन जटिल तथा विश्वव्यापी बनिरहेको छ । अहिले त अश्वेत मात्र होइन, श्वेत तथा अन्य समुदायका व्यक्तिहरु पनि विश्वव्यापीरुपमै विरोध प्रदर्शनमा उत्रिएका छन्, हुन पनि चुप रहनु भनेको अपराध हो भन्ने नारा जो प्रचारप्रसारमा आयो, त्यसपछि सबै समुदायका मानवको यसमा समर्थन जुट्न सकेको छ ।

गत आइतबार मात्र बेलायतका प्रदर्शनकारीहरुले ब्रिस्टल हार्बरस्थित १७ औं शताब्दीमा दासहरु किनबेच गर्ने व्यापारी इड्वार्ड कल्सटनको शालिक ढालिदिए । अघिल्लो साता अमेरिकाको ह्वाइट हाउसनजिकै राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत सुरक्षा चुनौतीपूर्ण बनेको तथा प्रदर्शनकारीहरुबाट जोगिनका लागि बंकरमा लुक्नुपरेको समाचार प्रकाशित भएकोमा राष्ट्रपतिबाट त्यो समाचारको खण्डन भएको थियो ।

फ्लोइड हत्याको शुरुको हप्ता आन्दोलन हिंसात्मक बन्दै गएपछि ४० भन्दा बढी शहरमा निषेधाज्ञा जारी गर्नुपरेको थियो, मुलुकका ५० वटै राज्यमा विरोध जारी छ भने १० हजारभन्दा बढी व्यक्ति गिरफ्तारीमा परेका छन् । पछिल्ला दिनमा आन्दोलन शान्तिपूर्ण देखिनुलाई प्रदर्शनकारीहरुले संयम नै अपनाएको मान्न सकिन्छ ।राष्ट्रपति ट्रम्पलेशान्तिसुरक्षा कायम गर्नका लागि आपतकाल घोषणा गर्ने तथा सैनिक शक्ति परिचालन गर्ने चेतावनी दिएपछि आन्दोलनकारी बढी उग्र बन्दै जाने अवस्था देखिएको थियो भने सुरक्षा अधिकारीहरु नै पूर्ण सहमत हुन सकेनन् ।

ध्वंसात्मक आन्दोलनले कसैलाई पनि फाइदा नपुग्ने निर्णयमा पुगी शान्तिपूर्ण विरोध नै उपयुक्त हुने नेतृत्वदायी संस्था तथा समूहहरु पुगेका छन् । आन्दोलनलाई दबाएरै लग्ने नीति लिँदा रंगभेदका कारण सन् १८६१–१८६५ को चार बर्से गृहयुद्धको पुनरावृत्ति नहोला भन्न सकिँदैन । त्यसैले अमेरिकी सरकारले अमेरिकी संविधानप्रदत्त न्याय र समानताको प्रत्याभूतिलाई कार्यान्वयन गर्नु वर्तमान आन्दोलनलाई सम्बोधन हुनेछ । जसबाट अहिंसात्मक सामाजिक परिवर्तनका अभियन्ता नोबेल शान्ति पुरस्कार विजेता डा.मार्टिन लुथर किङ जुनियर (जसले अश्वेतहरुलाई नागरिक अधिकार दिलाए) का संघर्ष, सिद्धान्त र उपलब्धिको सम्मान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्