दुई विश्वयुद्ध र कोरानाले रद्द विम्बलडनको रोचक कुरा



कविरस शर्मा

कोरोना भाईरसका कारण विश्वको थुप्रै प्रतिष्ठित खेल प्रतियोगिताहरु स्थगित भईसकेका छन् । त्यसमध्येमा वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डन पनि पर्छ । हुनत यसवर्षको अष्ट्रेलियन ओपन सकिएपछि नै अन्य तीन ग्रान्डस्लाम हुने वा नहुने दुविधा बढेको थियो । वर्षको दोस्रो ग्रान्डस्लाम पे्रmन्च ओपनको मिति दोस्रो पटक सारिए पनि रद्द भने गरिएको छैन । त्यस्तै चौथो ग्रान्डस्लाम यूएस ओपन हुनेमा पनि अन्योल कायमै रहेको छ । तर, वर्षको तेस्रो गा्रन्डस्लाम विवम्लडन भने रद्द भइसकेको छ ।

वर्षभरि हुने यी चारवटै ग्रान्डस्लामको इतिहास खोतल्ने हो भने कुनैको पनि विगत एक शताब्दीभन्दा कम छैन । तर, ती चारमध्ये पनि विम्बल्डन सबैभन्दा लामो ईतिहास बोकेको ग्रान्डस्लाम पनि हो । यो १ सय ४३ वर्ष पुरानो प्रतियोगिता हो । इंग्ल्यान्डमा आयोजना हुने यस प्रतियोगिता जुन र जुलाई महिनाबीच सम्पन्न हुने गर्दछ ।

सदा झैं यसपटक पनि प्रतियोगिताको १ सय ३४औं संस्करण जुन २९ देखि जुलाई १२ सम्म हुने तालिका थियो । तर, कोरोनाको कहरका कारण इतिहासमा तेस्रो पटक यो प्रतियोगिता रद्द गरियो । योसंगै अर्को वर्षसम्मका लागि यसले विश्राम लिएको छ । दोस्रो विश्वयुद्धपछि भने पहिलो पटक यसरी प्रतियोगिता रद्द गरिएको हो । समग्रमा विम्बलडन तेस्रो पटक रद्द गरिएको हो ।

यसअघि सन् १९१५ देखि १९१८ सम्म पहिलो विश्वयुद्ध र १९४० देखि १९४५ सम्म दोस्रो विश्वयुद्धका कारण दुई पटक रद्द गरिएका थिए ।दुईवटा विश्वयुद्ध र कोरानाको मार झेलेको विम्बल्डन सन् १८७७ मा अल इंग्ल्याण्ड लन टेनिस एन्ड क्रोक्वेट क्लबमा पहिलो पटक खेलिएको थियो । साधारणतया विम्बलडन भन्ना साथ हामीले टेनिसलाई सम्झिने गर्छौ । तर, यो नाम दक्षिण पूर्वी लन्डनको एउटा जिल्ला हो ।

यही स्थानमा प्रतियोगिता हुने गरेकोले ठाउँको नामबाट नै यसको नामांकरण गरिएको हो ।सन् १९८८ मा अस्ट्रेलियन ओपनले हार्ड कोर्ट रोजेपछि अहिले विम्बलडन घाँसे कोर्टमा खेलिने एक मात्र ग्रान्डस्लाम टेनिस प्रतियोगिता बनेको छ । वार्षिक रुपमा जूनको अन्तिम साताबाट सुरु भएर जुलाईसम्म दुई साता चल्ने यस प्रतियोगितामा प्रतिस्पर्धीहरुले तोकिएको कपडा मात्र लगाउनु पर्ने नियम छ ।

टेलिभिजनमार्फत् प्रसारण हुने यो पहिलो ग्रान्डस्लाम प्रतियोगिता समेत हो । सन् १९३७ मा यो प्रतियोगितालाई पहिलो पटक बीबीसीले टेलिभिजनमार्फत् प्रसारण गरेको थियो । प्रतियोगिता विजेताको कुरा गर्दा पुरुष सिंगल्सतर्फ सर्वाधिक उपाधि जित्नेमा स्वीस खेलाडी रोजर फेडेरर अग्रपंक्तिमा छन् । उनले आठ पटक विम्बल्डन उपाधि जितेका छन् ।

त्यस्तै ब्रिटिस खेलाडी विलियम रेनश र अमेरिकी खेलाडी पिट साम्प्रासले पनि समान सात–सात पटक विम्बल्डनको उपाधि उचालेका छन् । महिला एकलतर्फ भने मार्टिना नभ्रातिलोभाले सर्वाधिक ९ पटक उपाधि उचालेर कीर्तिमान कायम गरेकी छन् । १२ पटक विम्बल्डनको फाइनल खेलेकी उनले नौ पटक उपाधि आफ्नो पोल्टामा पारेकी हुन् ।

कुनै पनि खेलकूद गतिविधिका लागि प्रायोजकलाई मेरुदण्डको रुपमा लिइन्छ । तर, सुन्दा अचम्म लाग्न सक्छ, सन् २०१८ बाट पुरस्कार राशी बढाएर ३ करोड ४० लाख पाउन्ड स्टर्लिंग पु¥याइएको विम्बल्डन यस्तो प्रतियोगितामा हो जसमा प्रायोजक पूर्ण रुपमा निषेधित रहँदै आएको छ । बल ब्याइज र गल्र्सका कारणले पनि यो प्रतियोगिताले चर्चा पाउने गरेको छ । खेलका क्रममा बल उपलब्ध गराउने बल ब्वाइज र गल्र्सहरु लन्डनको स्थानीय विधालयबाट ल्याउने गरिन्छ । जसका लागि विधार्थीले शारारिक र लिखित परीक्षा दिनुपर्ने नियम रहेको छ । औसतमा १५ वर्षका विधार्थीहरु बल ब्याईज र गल्र्सका लागि छानिन्छ ।

प्रतिक्रिया दिनुहोस्