अबको समय कृषि–क्रान्तिको



डा. डीआर उपाध्याय

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले सवा लाखभन्दा बढीको मृत्यु भएको छ भने २० लाखभन्दा धेरै संक्रमित भएका छन् । यसबाट बच्न विश्वका अधिकांश मुलुकले लकडाउनको उपाय अवलम्बन गरेका छन् । नेपाल सरकारले पनि यो रोग नफैलियोस् भनेर लकडाउन गरेको छ । तर अब बच्नका लागि गरिएको लकडाउनको प्रभाव कृषिमा पर्नाले विश्वमै भोकमरी निम्तिने अवश्यम्भावी छ ।

त्यसैले नेपालको सन्दर्भमा अब केन्द्रीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार कृषि क्रान्तिमा लाग्नुको विकल्प छैन । सरकारको पहिलो कर्तव्य जनताको ज्यान तथा जीवन बचाउनु हो ।ज्यान बचाउन लकडाउन तथा जीवन बचाउन खेतीपातीको विकल्प हामीसँग छैन । सधैँ भारत र चीनबाट खानेकुरा आयात गर्ने हाम्रो परनिर्भरता यो महामारीमा घातक बन्दैछ ।

ठूला देशमा समेत आफ्नो उत्पादनले आफ्नै मुलुकलाई नपुग्ने अवस्था सिर्जना भएको छ । त्यसैले पनि तीनै तहकासरकारले अब कृषि क्रान्तिमा ध्यान दिनुपर्ने जरुरी देखिएको छ ।भारत र चीनबाट खाद्यान्न आयात सीमित हुँदै बन्द हुन सक्ने खतरा देखिएको छ । भोकमरीबाट जनतालाई बचाउनको लागि कृषिको ठोस गुरुयोजना तयार पार्न जरुरीछ । लकडाउनमा अहिले घरभित्र बसेर सबैभन्दा बढी माग भएका वस्तु कृषि उत्पादन नैहुन् ।

कृषिविना कसैको भान्सा चल्दैन ।जीवन धान्ने आधार भनेकैकृषिहो । हाम्रो अर्थतन्त्रको मुख्य मेरुदण्ड भनेकै कृषि हो।हामीअझै कृषिमा आत्मनिर्भर हुन सकिरहेका छैनौं । अब कृषिमा आत्मनिर्भर हुने योजना सरकारले ल्याउनुपर्छ । कृषि क्षेत्रले उचित महत्व पाउन नसकेको देखिन्छ ।हुन त कृषि क्षेत्रभित्र पनि आफ्नै समस्या छन् । कृषिलाई एकीकृतरूपमा विकास गर्न पुराना धारणाबाट माथि उठेर वर्गीकृतरूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउन सक्ने किसिमबाट विकास गर्नु जरुरी छ।

जबसम्म हाम्रो कार्यशैली र सोच परिवर्तन हुँदैन तबसम्म कृषि क्षेत्रको विकास हुँदैन । कृषिमा जनताले अनुभूत गर्ने किसिमका परिवर्तन ल्याउन त्यति सहज भने पक्कै छैन । कृषि भनेकोे आमसरोकारसँग जोडिएको छ ।अझ त्यसमाथि संघीयता कार्यान्वयनको चरणमा सबैभन्दा मारमा परेको क्षेत्र कृषि हो ।गाउँ–गाउँसम्म फैलिएको यसको संरचना अहिले छिन्नभिन्न अवस्थामा छ ।त्यसैले यसको विकास गर्नु हाम्रो कर्तव्य र दायित्व हो ।

कृषिकर्मका लाग्नुपर्ने समयमा लकडाउनमा बस्नुपरेको छ । नेपालमा मात्र नभएर कोरोना भाइरस अहिले विश्वभर समस्याको रुपमा खडा भएको छ ।अहिले नेपाललगायतसमग्र विश्वले कोरोना भाइरसको विरुद्ध लडाइँ लडिरहनुपर्ने अवस्था आइरहेको छ ।विश्वका सबैजसो मुलुक लकडाउनमा गएका छन् । यो महामारीले कृषिउपजमा नराम्रो असर पर्ने र अर्थतन्त्रमा समेत ठूलोमन्दीआउने अर्थशास्त्रीहरुको भनाइ छ ।

यति बेला आममानिसको जीवन रक्षा कसरी गर्न सकिन्छ भन्ने चासोबढ्न थालेको छ । नेपालभन्दा विकास र प्रविधिले अब्बल ठहरिएका युरोप र अमेरिकामा पनि यो समस्यासँग जुध्नेसामथ्र्यअहिलेसम्म देखिएको छैन।अहिलेको अवस्थालाई सम्बोधन गर्नहाम्रोजनशक्ति र स्वास्थ्य उपकरण तथा सामग्री पर्याप्त छैन ।यस महामारीको प्रकोप कति लामो समयसम्म रहन्छ भन्ने कुरा चिन्ताको विषय बनेको छ ।

यस महामारीले विश्व अर्थतन्त्रमैदोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो महामन्दी आउने संकेत देखापर्दैछ । कृषि एवं औद्योगिक उत्पादन र रोजगारी घट्नेछ ।विश्वका अति विकसित राष्ट्रहरु कमजोर हुनेछन् । निर्यातजन्य उद्योग–व्यापारबाट सम्पन्न राष्ट्रहरु यसबाट प्रत्यक्ष प्रभावित हुनेछन् । वायु सेवा, बैंक तथा वित्तीय संस्था, उद्योग–कलकारखाना, अन्तर्राष्ट्रिय विश्वविद्यालय, अनुसन्धान, सेवा तथा वस्तु व्यापार व्यवसाय बन्द हुने अवस्था आउनेछ ।करिब मासिक एक खर्ब बराबरको व्यापार घाटा र करिब एक खर्ब रेमिट्यान्स् भित्रिने हाम्रो मुलुकमा यसको प्रभाव धेरै पर्ने देखिन्छ ।

तर अहिलेको यो परिस्थितिले स्वाधीन र आत्मनिर्भर बन्न योगदान पु¥याउन सक्छ । यदि हामी कृषि क्षेत्रलगायतका उत्पादनसँग सम्बन्धित कार्यमा जोडिन सक्यौं भने समस्या बिस्तारै हल हुँदै जान सक्छन्।

नेपालले भर्खर मात्रै संघीय शासन प्रणालीको अभ्यास गदैँ छ । मुलुकमा तीन तहका सरकार छन् । संघ, ७ प्रदेश र ७५३ स्थानीय तहगरी ७६१ सरकार संघीयताको अभ्यासमा छन्। लोकतान्त्रिक पद्धतिको उच्चतम् शासन व्यवस्थाको रुपमा संघीय शासन प्रणालीलाई लिने गरिन्छ ।तर संघीयताको अभ्यास हुन थालेको केही वर्षमै जनताको आशा र अपेक्षा पूरा हुनेकुनै छाँटकाँटमा धमिरा लागेको देखिन्छ ।अहिलेको कोरोना भाइरसको महामारीबाट बचावट गर्ने सरकारी कार्यशैलीले झनै निरासलाग्दो बनाएको छ । अहिलेको तयारी र अवस्था हेर्दा ढुक्क भएर बस्न सक्ने अवस्था छैन ।

स्वास्थ्यकर्मीहरू सुरक्षा सामग्रीको अभाबमा असुरक्षित महसुस गरिरहेका छन् । देशको अर्थतन्त्र शिथिल हुँदै गएको छ ।सरकारको खर्च धान्ने स्थितिछैन ।वैदेशिक रोजगारीमा गएका ४०–५० लाख युवाशक्ति फर्कने अवस्था आएको छ । यदिती युवाहरु स्वदेश आए भने त्यसको व्यवस्थापन कसरी हुन्छ ?यो पनिचिन्ताको विषयभएको छ । विदेशबाट फर्किएका युवाको सीप, प्रविधि र जनशक्तिलाई सही व्यवस्थापन गर्न सकियो भने राष्ट्रिय अर्थतन्त्र निर्माणको आधार हुन सक्छ ।यदि उनीहरुको सहीउपयोग गर्न सकिएन भने गरिबी र बेरोजगारी समस्या बढ्ने निश्चित छ ।

कोरोना भाइरसको महामारीले निम्त्याउने विविध समस्याले नेपाल झनै आक्रान्त हुनेछ । मानवजातिकै अस्तित्वमा प्रश्नचिह्न लाग्न सक्छ । राजनीतिक, सामाजिक एवं आर्थिक अवस्थाको भविष्य के हुने भन्ने त परको कुरा । त्यसैले निकट भविष्यमा विदेशबाट फर्किने नेपाली युवाहरुलाई कसरी उत्पादनमूलक व्यवसायमा आकर्षित गर्ने भनेर अहिले नै सरकारले योजना बनाउनुपर्छ ।

विश्वका महाशक्ति राष्ट्रहरूले भोगेजस्तो विकराल मानवीय क्षति अहिलेसम्म हाम्रो मुलुकले भोग्नुपरेको छैन। हामी यतिबेला कोरोनाको संक्रमणबाट बच्न घरभित्रै बसिरहेका छौं। सरकारलेमान्छेहरूको आवातजावत रोक्न र सामाजिक दूरी कायम गर्न भन्दै देशव्यापी लकडाउन घोषणा गरेकोले नै यतिसम्म भएको हो ।तर यति बेलाआर्थिक गतिविधि ठप्प छ ।संकटका बेला सरकार र सबै नागरिकले जिम्मेवारी र दायित्व बहन गर्नु नै आजको आवश्यकता हो ।

सरकार जनताको अभिभावक हो। सरकारले यतिखेर अत्यावश्यक वस्तुको व्यवस्था र कोरोनाबाट आतंकित बनेका नागरिकलाई राहत दिने कुरामा ध्यान दिनुपर्छ। सरकारले यो संकटको घडीमा नागरिकलाई विश्वास दिलाउन सक्नुपर्छ । यसका लागि आपूर्तिव्यवस्था सुचारु राख्दै नागरिकका आवाजलाई संयम र परिस्थिति हेरी सम्बोधन गर्नुपर्छ ।

नेपालको सन्दर्भमा दिगो अर्थतन्त्रका लागि महत्वपूर्ण क्षेत्र भनेको कृषि उत्पादन नै हो ।त्यसैलेहरेक नागरिकले खेतीमा पुनः जोड दिनुपर्ने बेला आएको छ । तर आधुनिक खेती प्रणाली अवलम्बन गर्नु अपरिहार्य छ । अब दैनिक जीविकोपार्जन गर्ने भरपर्दाे माध्यमका रूपमा कृषिलाई लिनुपर्छ । यससँगै पशुपालन पनि आत्मनिर्भर बनाउने अर्काे माध्यम हो । गाई, भैंसी, कुखुरा, भेडा, बाख्रा आदि पालन गरी आत्मनिर्भर बन्न सकिन्छ ।नेपालीले परम्परागतरूपमा पनि गर्दै आएको काम हो कृषि पेसा । त्यसैले यसलाई प्राथमिकतामा राख्नुपर्छ ।

नेपाल कृषिप्रधान देश हो भनेर विश्वमानचित्रमा चिनिएको छ । तर पछिल्लो समय कृषि उत्पादनका दृष्टिकोणले आशालाग्दो अवस्था देखिएको छैन । कृषि उत्पादनको साथमा पशुपालनलाई पनि अघि बढाउनुपर्छ । तराईका फाँटमा ठूला–ठूला माछापोखरीको सम्भावना छ । हिमाली र पहाडी क्षेत्रका चिसो पानीमा ट्राउट माछाको फार्मिङ गर्नुपर्छ । सबै वनलाई कृषि, फलफूल र जडीबुटी वनमा रुपान्तरित गर्नुपर्छ । प्रत्येक किसानले फलफूल खेती पनि गर्ने वातावरण निर्माण गर्नुपर्छ ।

महामारीले भन्दा भोकमरीले धेरै नागरिकको ज्यान जाने अवस्था बन्न सक्छ । नेपालको अर्थतन्त्रलाई कोरोनाले जरैदेखि हल्लाउने संकेत देखाइरहेको छ । पर्यटन उद्योग लगभग धराशायी हुने निश्चित प्रायः छ । वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्समा भारी गिरावट आउने पक्का छ । अर्थतन्त्रका सबै पक्ष र क्षेत्रले निराशाजनक स्थितिको पूर्वानुमान गरिरहेको अवस्थामा नेपालको कृषि क्षेत्रमा कोरोनाले अवसरको सन्देशदिइरहेको छ । नेपालले धेरै पहिलेदेखि खाद्यान्न, तरकारी, फलफूल, माछामासु र दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने भनिए पनि कृषि क्षेत्रमा प्राथमिकता दिन नसक्दा यो लक्ष्य पूरा हुन सकेको छैन । अब बाध्यतावश पनि यो लक्ष्य पूरा गर्नुपर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्