सोच बदल्नुस्, जिन्दगी बदलिनेछ



प्रेम रावत

जीवनमा प्रत्येक मानिसले शान्ति प्राप्त गर्ने चाहना राखेको हुन्छ । मानिस शान्तिको प्राप्तिका लागि खोजी गरिरहन्छ । हामी आफ्नो आँखाले सारा संसारलाई हेर्न सक्छौँ तर यदि आफ्नै आँखालाई हेर्न चाह्यौँ भने ऐनाको आवश्यकता पर्दछ । अनि त्यो ऐना हो– बुझाइको ऐना । जसद्वारा हामी आपूmले आपैmँलाई देख्न सक्छौँ । आपूmले आपैmँलाई चिन्न सक्छौँ ।

संसारले त दुःखबाट टाढा रहनका लागि विभिन्न किसिमका उपायहरूको व्यवस्था गर्दछ । जब शान्तिका बारेमा कुरा आउँछ, तब उनीहरू सोच्न थाल्छन्– शान्ति पनि हाम्रो दुःखबाट छुटकारा दिने त्यस्तै कुनै चीज हुनुपर्छ । तर, शान्ति त्यस्तो कुरा होइन । हरेक मानिसले आफ्नै तरिकाबाट शान्तिका बारेमा फरक–फरक परिभाषा बनाएर राखेको छ । यदि कसैको केही हराएको छ र उसलाई सोधौँ– ‘शान्तिलाई के भनेर परिभाषित गर्नुहुन्छ ?’ अनि, उसले यही भन्नेछ, ‘जुन मेरो हराएको चीज छ, त्यसलाई पाएँ भने मलाई शान्ति हुनेछ ।’

हामीले कुरालाई बुझ्न र विचार गर्न सक्षम हुन थालेपछि हामीमाझ एउटा लक्ष्य निर्धारण हुन्छ– मलाई यो प्राप्त गर्नु छ, मलाई यो बन्नु छ । त्यसपछि हाम्रो पूरै जीवन यसैमा समर्पित हुन थाल्छ । जसले गर्दा हामी स्वयं आपैmँबाट टाढिन थाल्छौँ । अनि, कुनै पनि सफलता प्राप्त गर्ने लक्ष्य भए पनि त्यसमा हामी सफल हुन सक्दैनौँ । आपूm आपैmँसँग परिचित हुनु सबैभन्दा महत्वपूर्ण कुरा हो ।

हामीभित्र भएको शक्तिले हामीलाई आपैmँसँग सम्बन्ध गाँस्नका लागि सहयोग पु¥याउँछ, जसका माध्यमबाट हामीले आपूmभित्र भएको त्यो चीजलाई अनुभव गर्न सक्छौँ । यदि हामीले पहिलादेखि नै हामीभित्र रहेको त्यो चीजलाई स्वीकार ग¥यौँ भने हाम्रो जीवनमा एउटा यस्तो राम्रो परिवर्तन आउन सक्छ । त्यसको हामीले कल्पना पनि गर्न सक्दैनौँ । त्यो कुरा सम्भव छ ।

तपाईंको हृदयलाई एउटा तिर्खा लागेको छ । त्यही तिर्खाले भन्छ– ‘मलाई त्यो चीजसम्म पु¥याऊ, जसबाट म शान्त हुन सकूँ । मलाई त्यो चीज प्राप्त भएपछि मेरो जीवनमा सन्तुष्टि प्राप्त हुनेछ ।’ यदि तपाईंलाई भोक लागेको छ भने त्यो भोक मेट्नका लागि खानाको चित्र दिएर काम चल्दैन, खाना नै खानु आवश्यक हुन्छ । त्यसैैै गरी, जीवनमा शान्ति–शान्ति भनेर मात्र हुँदैन, शान्तिलाई त अनुभव गर्नु आवश्यक छ ।

मानिसहरूको विचारमा त लडाइँ–झगडा रोकियो भने शान्ति हुन्छ तर लडाइँ बन्द भएपछि पनि शान्ति हुँदैन । किनभने, जुन मूल चीज छ, त्यो नै शान्त भएको हुँदैन । यदि तपाईं एउटा रेलमा यात्रा गरिरहँदा रेल हल्लिरहेको छ भने चाहे तपाईंले आपूmलाई म नहल्लिऊँ भनेर जतिसुकै कोशिश गर्नुभए पनि त्यो कुरा सम्भव हुँदैन । किनभने, पूरै रेल नै हल्लिरहेको हुन्छ ।

त्यसै गरी, यो जीवनमा हामी जुन गाडीमा बसेका छौँ, त्यो नै हल्लिरहेको छ । अनि, हामी आराम मिलोस्, हाम्रो जीवनमा शान्ति होस् भन्ने चाहन्छौँ । तर पनि यो कुरा सम्भव छ, किनभने हामीले खोजिरहेको शान्ति र सन्तुष्टि कतै अन्यत्र होइन हामीभित्रै छ । हामी त्यसको अनुभव गर्न सक्छौँ ।

एउटा कथा छ । दुईवटा भ्यागुता थिए । एउटा समुद्रमा बस्थ्यो र अर्काे इनारमा बस्थ्यो । दुवै भ्यागुता साथी–साथी थिए । एकदिन समुद्रमा बस्ने भ्यागुतो इनारमा बस्ने भ्यागुताकोमा पाहुना लाग्न भनेर गयो । दुवैको कुराकानी चलिरहेको थियो । यत्तिकैमा इनारमा बस्ने भ्यागुताले सोध्यो, ‘तिम्रो समुद्र कतिको ठूलो छ ?’

समुद्रमा बस्ने भ्यागुताले भन्यो– ‘एकदमै ठूलो छ !’
इनारमा बस्ने भ्यागुताले इनारको एउटा क्षेत्रमा घेरा लगाएर सोध्यो– ‘के यतिको ठूलो छ ?’
उसले भन्यो, ‘होइन, योभन्दा त निकै ठूलो छ ।’

फेरि उसले पहिलाको भन्दा ठूलो एउटा घेरो बनाएर सोध्यो– ‘के यतिको ठूलो छ त ?’
उसले भन्यो, ‘होइन, समुद्र त योभन्दा पनि निकै ठूलो हुन्छ ।’
अनि, इनारमा बस्ने भ्यागुताले पूरै इनारलाई घुमेर घेरो लगाएपछि भन्यो– ‘तिम्रो समुद्र योभन्दा ठूलो त हुनै सक्दैन, किनभने मेरो इनार तिम्रो समुद्रभन्दा कैयौँ गुणा ठूलो छ ।’

उसले भन्यो, ‘होइन, समुद्र योभन्दा त निकै ठूलो हुन्छ ।’

त्यसपछि इनारमा बस्ने भ्यागुताले भन्यो, ‘मलाई विश्वासै लागेको छैन । त्यो त इनारभन्दा ठूलो हुनै सक्दैन ।’
फेरि समुद्रमा बस्ने भ्यागुताले सम्झाउँदै भन्यो– ‘मित्र, भोलि तिमी मसँगै जाऊँ । म तिमीलाई समुद्र कत्रो हुन्छ भनेर देखाउनेछु ।’

भोलिपल्ट दुवै भ्यागुता सँगै गए । पोखरीमा बस्ने भ्यागुतोले समुद्र देखेपछि आश्चर्यचकित भयो । समुद्र त एकदमै ठूलो थियो । त्यसको त सिमाना पनि आँखाले देखुन्जेलसम्मको थियो । त्यसपछि इनारमा बस्ने भ्यागुतो भन्छ, ‘हो मित्र, तिमीले ठिक्कै भनिरहेका थियौ । मैले समुद्र देखेकै थिइन । त्यसकारण म त यति मात्र भन्न सक्थेँ, ‘मेरो इनार तिम्रो समुद्रभन्दा ठूलो छ’ तर अब मलाई थाहा भयो, मेरो इनार त समुद्रका अघि केही पनि होइन रहेछ ।

हामी पनि यस्तै विचारमा रुमल्लिएका हुन्छौँ । हामी आफ्नो धारणाको संसारमा एउटा सानो इनारमा रहेर के सोच्छौँ भने, यो मेरो संसारभन्दा राम्रो अरू केही पनि छैन । जब हामीलाई कसैले भनिदिन्छ– ‘तपाईंभित्र पनि एउटा अर्कै संसार छ । एउटा यस्तो चीज छ जसद्वारा तपाईंलाई परम् शान्ति प्राप्त हुन सक्छ ।’ तर, यो कुरामा विश्वास गर्न हामीलाई गाह्रो हुन्छ ।

हामीलाई प्राप्त भएको यो जीवन पनि एउटा इनारजस्तै छ । यस जीवनरूपी इनारमा यस्तो पानी छ जसलाई पिउन थाल्नुभयो भने तपाईंको प्यास मेटिनेछ । तपाईं यो संसारमा जीवित रहुन्जेलसम्म जहाँसुकै जानुहोस्, जेसुकै गर्नुहोस् तर यो चीज सदैव तपाईंभित्रै रहनेछ । यदि तपाईंले त्यो पानीलाई निकाल्न सिक्नुभयो भने यो संसारमा तपाईं साँच्चै खालि हात आउनुभएको थियो नै, तर तपाईं खालि हात जानु आवश्यक हुँदैन ।

हामी आफ्नो जीवनमा धेरै कुरालाई हेर्छौं र त्यसबाट सिक्ने गर्छौं । जीवनमा सफलता प्राप्तिका लागि हामी हरेक दिन बिहानदेखि बेलुकासम्म मिहिनेत गर्छौं । तर मानिसका लागि साँच्चै भलो हुन सक्ने समय उसले निकाल्न आवश्यक छ । राम्रो र नराम्रोका बारेमा त हरेक प्राणीलाई थाहा छ । के गर्दा हित हुन्छ र के गर्दा अहित हुन्छ, उसलाई थाहा छ । तर, मानिससँग यस्तो कुनचाहिँ गुण छ, जसद्वारा उसले आफ्नो जीवनमा सफलता प्राप्त गर्न सक्छ ?

आँपको कोयोलाई जमिनमा रोप्दा त्यो जमिनमा केही मीठोपना हुँदैन । तर, त्यही जमिनमा उम्रेर रुख भएपछि त्यसमा पूmल फुलेर आँप फल्छ । त्यो आँपको रुखले आफ्नो जीवनमा एउटा कुरालाई हासिल गरेको छ– त्यसले दिने फल स्वादिष्ट हुन्छ । यो हो त्यो रुखको गुण ।

जीवन दृढ एवम् एकाग्र भएर जियौँ भने हामी पनि जीवनमा सफल हुन सक्छौँ । यही नै जीवनमा सफलता प्राप्त गर्ने सूत्र हो । यदि तपाईं जीवनमा सफलता चाहनुहुन्छ भने जुन कार्य गरे पनि एकाग्र भएर गर्नुहोस् । तपाईंको समय पनि बच्नेछ अनि सफलता पनि हात लाग्नेछ ।

हामीभित्र भएको आनन्द र शान्तितर्पm ध्यानलाई एकाग्र ग¥यौँ भने तपाईंले बुझ्नुहुनेछ, यो जीवनमा सबैभन्दा ठूलो उपहार तथा सफलता यही हो । यदि मनोकामना हुनुपर्छ भने त्यो सुख–शान्ति प्राप्तिका लागि हुनुपर्छ । जीवनमा त्यो सुख–शान्तिलाई अनुभव गरेर हामी आफ्नो जीवनलाई सफल तुल्याउन सक्छौँ । अनि, जीवनमा वास्तविक सफलतालाई प्राप्त गर्न सक्छौँ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्