‘कोभिड–१९ आतंक र अबको साझा दायित्व’



जंग बहादुर राई

मित्र राष्ट्र चीनकोहुबेई प्रान्तको राजधानी वुहानबाट गत डिसेम्वर २०१९ देखि एक खतरनाक भाइरसले जन्म लिई हाल विश्वभर मै आतंक मच्चाएको छ । सम्भवतः, यो संत्रास र विपद पहिलो ऐतिहासिक भन्दा फरक नपर्ला । विश्वव्यापी रुपमा फैलदैं गएको यस नयाँ प्रजातिको भाइसरको नाम विश्व स्वास्थ्य संगठनले कोभिड–१९ (नोभल कोरोना भाइरस) राखेको छ । विश्व स्वास्थ्य संगठनले यस विषम परिस्थितिलाई विश्वव्यापी महामारीको घोषणा समेत गरिसकेको छ ।

एकातिर, कोभिड–१९ ले विश्वमा तहल्का पिटिरहेको अवस्था छ । पछिल्लो तथ्यांक अनुसार (१३ अप्रिल २०२०), १८ लाख भन्दा बढिको संख्यामा संक्रमित, १ लाख भन्दा बढिको संख्यामा मृत्यु र ४ लाख भन्दा बढिको संख्यामा कोभिड–१९ जितेर निको समेत भएको समाचार पनि ताजै छ । सामान्य जनजीवन एक्कासी अनौठो परिवेशमा मोडिएको छ । विश्व नै लकडाउनको अवस्थामा छ ।

प्रभावित भएको जनजीवन आर्थिक, सामाजिक, मानसिक र भौतिक रुपमै कष्टकर बन्दै गएको छ । त्यसतै अर्कोतिर, समग्र मानव जाती र सभ्यतालाई एउटा गतिलो पाठ सिकाइरहेको छ – त्यो हो ‘स्वअनुशासन’, ‘अहंता परित्याग’, र ‘सामान्य सामाजिक जनजीवन’ । साथै, प्रकृतिलाई जसले चुनौती दिन्छु भन्थे–गफिन्थे, उसलाई उल्टै गम्भिर र आजिवन सम्झनलायक शिक्षा समेत पढाईरहेको छ ।

आज विश्व समुदाय नै त्रसित र भयभित छ । हालसम्म यस भाइरसको स्थायी निदानमा न त कुनै औषधी छ, न त अन्य ठोकुवा विकल्प । लाखौंको संख्यामा मृत्यु हुनेको र नाजुक अवस्थामा रहेका विरामीहरुको संख्यामा दिनानुदिन प्रति मिनेटका दरमा वृद्दिदर कायमै छ । पछिल्लो अवस्थामा १० देशका तथ्यांकलाई एक पटक नजर लगाउँदा देहाय बमोजिम रहेको पाईन्छ ।

सि.नं देशको नाम कुल परीक्षण संख्या मृत्यु हुनेको संख्या निको भएका संख्या कैफियत:

माथिको तथ्यांकले अति नै शक्तिशाली र समृद्द अमेरिकी र युरोपेली राष्ट्रहरुको अवस्था समेत अत्यासलाग्दो र अप्रत्यासित रहेको देखाउँछ । जनशक्ति, स्वास्थ्य, प्रविधि, अर्थ लगायतका पक्षहरुमा उच्च श्रेणीका राष्ट्रमा समेत आज यस असोचनिय कहालिलाग्दो अवस्था ताजा र नजर अन्दाज गर्न नमिल्ने छ ।
तर यस विश्वव्यापी विषम परिस्थितिमा भने नेपाल जस्तो विकासोन्मुख राष्ट्र केहि भाग्यमानी भने अवश्य सावित भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६।११।१८ को निर्णयबाट माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्रीज्यूको संयोजकत्वमा ूनोभल कोरोना रोकथाम तथा नियन्त्रय उच्चस्तरीय समन्वय समितिू को गठन भएको छ । नेपाल सरकारद्वारा मिति २०७६ चैत्र ११ देखि १८ सम्म पहिलो पटक लकडाउन गर्ने घोषणा भएको थियो ।

तर, नेपालमा संक्रमित व्यक्तिहरुको पहिचान, परीक्षण र उपचारमा अपेक्षित प्रतिफल र गति तथा उपलब्धी सन्तोषजनक प्राप्त नभएपछि पटक(पटक गरि लकडाउनको अवधि २०७७ बैशाख १५ सम्म बढाएको छ । नाका सीमाहरुबाट अत्यावश्यक सेवा ढुवानी आपूर्ति बाहेक अन्य आवागमन पूर्ण रुपमा बन्द गरिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु ठप्प छन् ।

शान्तिसुरक्षा, औषधोपचार, प्रयोगशाला, अस्पताल, खाद्यान्न ढुवानी आपूर्ति, अत्यावश्यक सेवा व्यवस्थापनमा समयानुकूल नेपाल सरकारबाट निर्देशन भएकै छ । स्वास्थ्य सम्वन्धि सचेतना, सजगता र सावधानी तथा सतर्कता लगायतका कोरोना संक्रमण सम्वन्धि ताजा तथ्यांकहरु समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पटक–पटक गम्भिर ध्यानाकर्षण सहित अनुरोध हुँदै आइरहेको छ ।

नेपालमा पछिल्लो ताजा तथ्यांक देहाय बमोजिम रहेको छ । (श्रोत –covid19.mohp.gov.np, २०७७।०१।०१)
क. परीक्षण गरिएको कुल संख्या – ५६९१
ख. संक्रमण नदेखिएको संख्या – ५६७७
ग. आइसोलेसनमा रहेको संख्या – १०३
घ. संक्रमण देखिएको संख्या– १४
ङ. निको भएको संख्या– १
च०. मृत्यु भएको संख्या – ०
छ. हव अस्पतालहरुको संख्या – २५
ज. परिक्षण ल्यावहरु – ११

सौभाग्यवस, नेपालमा मृत्यु हुनेको संख्या शून्य छ र यसलाई निरन्तरता दिन आवश्यक समन्वय, सहकारिता र सह–अस्तित्वको सम्वन्ध कायमैं राख्न सरकार, समुदाय र व्यक्ति समेतको एकताबद्द पहलकदमी अत्यावश्यक देखिन्छ । संघीय सरकार, प्रदेश सरकार–७, स्थानीय सरकार–७५३, वडा कार्यालय, समुदाय, संघ–संगठन र स्वयं नागरिक समेतको साझा दायित्ववोध केन्द्रिकृत, निरन्तर अनुशासित गतिविधि र व्यवहारिक क्रियाशिलता हुन जरुरी छ । विश्व स्वास्थ्य संगठनले समेत कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि घरमै बस्नु अत्युत्तम भनि पटक(पटक विशेष अनुरोध गरिरहेको विदितै छ ।

अबको साझा दायित्व
क. सरकार (संघीय र प्रदेश) को तर्फबाट –

१. संघीय सरकार–१ र प्रदेश सरकार–७ बीच समन्वय, सहकारिता र सह–अस्तित्वको सुसम्वन्धलाई साझा र एकद्वार प्रणाली कायम गर्ने ।

२. ८ वटै सरकारबाट कोभिडण्१९ संक्रमण नियन्त्रण र रोकथामका लागि केन्द्रीय कोष स्थापना गरी रकम संकलन र खर्च व्यवस्थापन गर्ने ।

३. बजेट, औषधोपचार, उपकरण, औजार, प्रविधि र जनशक्तिको परिचालनमा दायरा फराकिलो पारी तिव्रता समेत ल्याउने ।

४. मुख्यतस्ध्ज्इ मान्यता प्राप्त प्रयोगशाला र अस्पतालहरुको संख्यामा यथाशक्य चाँडो वृद्दि गर्ने ।

५ .अन्तराष्ट्रिय भू–नाका सीमाहरुबाट अत्यावश्यक सेवा बाहेक आवागमन रोक लगाउन कडा रुपमा सुरक्षा व्यवस्थापन गर्ने । आवश्यक परेमा मित्र राष्ट्र चीन र भारत सरकारसँग कुटनैतिक पहल गर्ने ।

६. राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु पूर्ण रुपमा अनिश्चितकाल रोक लगाउने ।

७. देशविदेशमा रहेका नेपाली नागरिकहरुका लागि सतर्क र अनुशासित रहन सम्वोधन गर्ने । नेपाल फर्कन चाहने विदेशमा रहेका नेपालीहरुका लागि सम्वन्धित नियमन निकाय वा नेपाली दुतावासरनियोग मार्फत कुटनैतिक पहल गर्ने ।

८. आम नागरिकहरुमा लोककल्याणकारी राज्यरसरकारको आभाष गराउने ।

९. विदेशबाट नेपाली नागरिकहरुलाई जुन(जुन विन्दुबाट नेपाल प्रवेश गराउने हो, सोही परिसरमै क्वारेन्टाइन र आइसोलेसन कक्षको व्यवस्थित प्रवन्ध मिलाउने ।

१०.  संक्रमित जिल्ला–पालिका–वडा–समुदायलाई संक्रमणको संख्या अनुसार शिल गर्न गराउन कडा निर्देशन दिने ।

११.  वडा कार्यालयलाई कोभिड–१९ को संक्रमित विरामीहरुको पहिचान, परीक्षण र उपचारको प्रवन्ध मिलाउन तथा सोको अभिलेख राखी जिल्ला प्रशासन कार्यालय वा पालिकाको कार्यालयमा रिपोर्ट समेत गर्न गराउन निर्देशन दिने ।

१२ वडा कार्यालयलाई बजेट, औषधोपचार, उपकरण, औजार, प्रविधि र जनशक्ति परिचालनमा व्यवस्थित र सुदृढिकरण गर्ने ।

१३ विज्ञ जनशक्ति, औषधीसहितका सामाग्रीहरु, प्रविधि, उपकरण, औजार, अर्थ–बजेट लगायतका वैदेशिक सहायताको लागि निरन्तर समन्वय र पहल गर्ने ।

१४ स्थानीय सरकार (७५३) हरुसँग गहन छलफल र साझेदारी गरी स्थानीय सरकारलाई बजेट, जनशक्ति र प्रविधि लगायतका साधन श्रोतको व्यवस्थापनमा जोड सहित सम्पन्न बनाउने ।

१५ प्रत्यक्ष रुपमा अहोरात्र संक्रमण नियन्त्रण र रोकथाम तथा अत्यावश्यक सेवा प्रवाहमा खटिईरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सञ्चारकर्मी र राष्ट्रसेवक कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाको विशेष व्यवस्था गर्ने । सेवाको क्रममा मृत्यु भएमा सम्मानयोग्य अनुदानको घोषणा गर्ने ।

१६ वास्तविक श्रमिक, ज्याला मजदुरी गरेर दैनिक छाक टार्ने वर्गरसमुदायहरु, गरीब, असहाय, अशक्त आदिलाई पर्याप्त राहत प्याकेजको व्यवस्था गर्न निर्देशन दिने ।

१७ सीमा नाका सुरक्षामा जनशक्तिको कमी भएको खण्डमा युवा र भूतपुर्व सुरक्षाकर्मीहरुलाई पारिश्रमिक सहित परिचालन गर्ने ।

१८ लकडाउनलाई कडाईका साथ परिपालना गर्न गराउन निर्देशन दिने ।

१९ ‘लकडाउन,सटडाउन’ मा परिवर्तन भई भयावह स्थिति सिर्जना हुन नदिन समयमै सजग भई विशेष सरोकारवाला संयन्त्र र पक्षहरु परिचालन गर्ने ।

२० परनिर्भरताको अन्त्यका लागि आत्मनिर्भरता तर्फ विशेष पहल हुन कृषि पेशा र अत्यावश्यक वस्तु तथा सेवा प्रवाह गर्ने उत्पादनमूलक उद्योगहरुलाई उच्च प्राथमिकतामा राखी संरक्षित योजना सहित दीगो विकास र रणनैतिक योजना लागु गर्ने ।

ख. स्थानीय सरकार (७५३) को तर्फबाट –

१ प्रत्येक पालिकाले ‘कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाम कोष’ स्थापना गरी एकद्वार प्रणालीलाई उच्च प्राथमिकता दिने ।

२ वडा कार्यालयलाई संक्रमित विरामीहरुको पहिचान, परीक्षण र उपचारका लागि आर्थिक, भौतिक र प्राविधिक रुपमै सशक्त र दक्ष बनाउन प्रवन्ध मिलाउने ।

३ प्रत्येक वडा कार्यालयमा क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माण गराउने ।

४ वास्तविक श्रमिक, ज्याला मजदुरी गरेर दैनिक छाक टार्ने वर्गरसमुदायहरु, गरीब, असहाय, अशक्त आदिलाई पर्याप्त राहत प्याकेज वितरण गर्ने ।

५ बजेट व्यवस्थापन, जनशक्ति परिचालन, औषधोपचार, प्रविधि, औजार र उपकरणको व्यवस्था गराउने ।

६ हरेक पालिकामा ध्ज्इ मान्यता प्राप्त १र१ वटा प्रयोगशाला र अस्पताल निर्माण गराउने ।

७ अनुगमन, निरीक्षण र मूल्यांकनमा तिब्रता दिई तालुक निकायमा यथार्थ रिपोर्टिङ्ग समेत गर्ने ।

ग. वडा कार्यालयको तर्फबाट –

१ वडाको कुल जनसंख्याको यकिन गरी लगत कायमरसंशोधन गर्ने ।

२ वडा कार्यालयमा पूर्ण रुपमा अन्यत्रबाट प्रवेशमा रोक लगाउने ।

३ शंकास्पद व्यक्ति वा नयाँ व्यक्ति प्रवेश पूर्व अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न बसाउन बाध्यकारी व्यवस्था मिलाउने ।

४ लुकेर छलेर बस्ने र बसाउनेलाई प्रमाणित भएमा कडा कारवाहीको प्रावधान ल्याउने ।

५ पूर्ण रुपमा संक्रमित पहिचान हुने अन्तिम म्याद प्रतिवद्दता सहित घोषणा गर्ने ।

६ श्रमिक, ज्याला मजदुरी गरेर दैनिक छाक टार्ने वर्गरसमुदायहरु, गरीब, असहाय, अशक्त आदिलाई पर्याप्त राहत प्याकेज वितरण गर्दा वास्तविकताको गहिरो अध्ययन गर्ने ।

७ दैनिक संक्रमितहरुको एकिकृत अवस्था सहितको रिपोर्ट जिल्ला प्रशासन कार्यालय वा पालिकामा पठाउने ।

घ. समुदाय र समाजको तर्फबाट –

१ आफ्नो परिवार, समुदाय, टोल र छरछिमेकमा कोही कोभिड(१९ शंकास्पद पाइएमा र कोही नयाँ व्यक्ति परिसरमा देखिएमा वा प्रवेश गरेमा अनिवार्य वडा कार्यालयरप्रहरी कार्यालयलाई सूचना दिने ।

२ प्रवेश सम्भव भएसम्म निषेध गर्ने ।

३ एकआपसमा सामाजिक र आत्मिय भावना देखाउने ।

४ ु सुधार टोल समिति ु ले नेतृत्वदायी एजेन्टको रुपमा सचेतना अभियान चलाउने ।

५ वडासँग नजिकको सम्वन्ध स्थापित गरी क्वारेन्टाइन निर्माण गर्न र क्वारेन्टाइनमा राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने ।

६ संक्रमित व्यक्तिहरुको पहिचानमा सहजीकरण गर्ने ।

७ वास्तविक श्रमिक, ज्याला मजदुरी गरेर दैनिक छाक टार्ने वर्गरसमुदायहरु, गरीब, असहाय, अशक्त आदिको सही पहिचानमा सहयोग र सहजीकरण गर्ने ।

ङ. नागरिक वा व्यक्तिको तर्फबाट –

१. जहाँ छौं, जस्तो अवस्थामा छौं, त्यही बसौं । घरमै बसौं ।

२ आफ्नो परिवार, समुदाय, टोल र छरछिमेकमा कोही कोभिड(१९ शंकास्पद पाइएमा र कोही नयाँ व्यक्ति परिसरमा देखिएमा वा प्रवेश गरेमा अनिवार्य वडा कार्यालयरप्रहरी कार्यालयलाई सूचना दिने ।

३ छरछिमेकमा कोही आपद्विपद परेको खण्डमा सहयोगको भावना देखाउने ।

४ घर बस्दा विशेष रुपमा सरसफाईमा ध्यान दिने ।

५ सरकारको आदेशको परिपालना अनुशासित भई गर्ने र गर्न लगाउने ।

६ बाहिर निस्कनै परेमा मास्क, ग्लोब्स र सेनिटाइजरको अनिवार्य र नियमित प्रयोग गर्ने ।

७ सामाजिक दूरी कायमै राख्ने ।

अन्तमा, यस ऐतिहासिक संिकटको विषम परिस्थितिमा नागरिक, समाज, संघसंस्था, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारहरुले समन्वय र साझेदारी गरी एकताबद्द भई साझा समस्या पहिचान, नियन्त्रण र रोकथाममा अनुशासित र जिम्मेवारीपूर्वक आ–आफ्नो स्थान र क्षेत्रबाट पहलकदमी हुन अत्यावश्यक देखिन्छ ।

(लेखक– राई कारागार कार्यालय, काभ्रेपलाञ्चोकमा जेलर शाखा अधिकृत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्