‘प्रश्नवाचक’ खण्डकाव्यका प्रश्नहरू



गणेशराज जोशी ।

भालचन्द्र भण्डारीको साहित्यिक उपनाम ‘ब्रह्मगोल’ हो । जीवनका सत्तरी वसन्तपार गरिसकेका ‘ब्रह्मगोल’का ‘सुभद्रा’ खण्डकाव्य (वि.सं.२०४५/२०६४),‘जय नेपाल ’कवितासङ्ग्रह (वि.सं.२०५२) रबद्रीनाथ लघुकाव्य (वि.सं.२०७५) जस्ता पुस्तकाकार कृति प्रकाशित भइसकेका छन् भने प्रकाशन शृङ्खलाको पछिल्लो कडी ‘प्रश्नवाचक’ खण्डकाव्य(वि.सं.२०७६) चौथो कृतिका रूपमा आएको छ ।

जीविकोपार्जनका क्रममा लामो समय शिक्षण पेसा अँगालेका ‘ब्रह्मगोल’ सुदूर पश्चिमेली साहित्यिक गतिविधि (विशेष गरी कविता/काव्य)का केन्द्रबिन्दुमा आफ्नो छिमलका सशक्त प्रतिभा र पछिल्लो पुस्ताका लागि प्रेरक स्रष्टा मानिन्छन् । प्रतिकूल स्वास्थ्यका कारण कष्टसाध्य शरीर लाभ गरिरहेका ‘ब्रह्मगोल’ साधनाको फूलबारीबाट सिर्जनाका सुगन्धी पुष्प फुलाउँछन् र पाठकको मनमन्दिरमा अर्पण गर्छन् । जीवनमरणको दोसाँधको अवस्थाकाबीच उनले लघुकाव्यका रूपमा ‘बद्रीनाथ’ र खण्डकाव्यका रूपमा ‘प्रश्नवाचक’ जस्ता सफल कृतिहरूको रचना गरेको बुझिन्छ । लाग्छ, कविलाई शरीरको अनित्यता र सुखको क्षणिकता बोध छ । त्यसैले सारा प्रतिकूलतापार गर्दै यस लोकका लागि पनि हुने र परलोकसम्म पनि लैजान सकिने पुण्य कार्य मानिने साहित्य सिर्जनामा दत्तचित्त भएर एकोहोरिएका छन्।
साधारण मानिसहरूको आफ्नै संसार हुन्छ । उनीहरू आफ्नै भलो–कुभलो तथा सुख–दुःखलाई नै सर्वोपरि महŒव दिन्छन्।

सत्पुरुषहरूमा चाहिँ सर्वजनहितायको भावना हुन्छ र जाति, धर्म, राष्ट्र तथा विश्व कल्याणमा समर्पित हुन्छन् । कवि‘ब्रह्मगोल’ साहित्य साधनामार्फत् पाठक वर्गलाई जागरुक तथा सचेत गराउने र शासक, प्रशासक वर्गलाई नीति, मर्यादा र जनसेवाको कर्तव्य पथबाट विचलित नहुन घचघच्याइरहने एक सफल स्रष्टा सत्पुरुष हुन्। यस लेखलाई अत्यन्तै प्रतिकूल स्वास्थ्य अवस्थाको समयमा सिर्जना गरिएको भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’ रचित खण्डकाव्य ‘प्रश्नवाचक’ को विश्लेषणमा केन्द्रित गरिएको छ ।

विशेष परिस्थितिको परिणामस्वरूप राज्यहरूको निर्माण हुन्छ । हरेक राज्यको निर्माणका आआफ्नै मौलिक विशेषता हुन्छन् । राज्य व्यवस्था मानव सभ्यताको उपज मानिन्छ । वर्गीय दृष्टिले राज्य सामन्ती व्यवस्थाको देन हो । राज्य निर्माणमा नागरिकहरूको खुन–पसिना लत्पतिएको हुने हुनाले राज्यवा राष्ट्रलाई नागरिकहरू प्रेम, माया,आदर र सम्मान गर्छन् । यसरी नागरिकहरूका लागि राज्य अस्तित्व, पहिचान, गौरव र आत्मसम्मानको धरोहर बन्छ । यही भावनालाई देशवासीहरू ‘मेरो देश (मलाई) प्राणभन्दा प्यारो छ’भनेर व्यक्त गर्छन् । भावनाकै लहरमा देश मातृभूमिमा परिणत हुन्छ । राष्ट्रवाद र राष्ट्रियता उच्च तथा महान्विचार सिद्ध हुन्छ ।

नेपाल राष्ट्रको निर्माण पनि समयको विशिष्ट परिस्थितिको उपजका रूपमा भएको हो । राज्यको गौरव, गरिमा, समृद्धि र सुख बढाउनमा राज्य सहायकहरूको महŒवपूर्ण भूमिका हुने गर्छ । वास्तवमा अमूर्त र निष्प्राण राज्यलाई मूर्त तथा जीवन्त बनाउने राज्य सहायकवा राज्य सञ्चालक नै हुन् । नैतिक, मर्यादाशील, आदर्शप्रेरित यथार्थवादी, चिन्तनशील, जनप्रेमी, लोकप्रिय, भावुक, निस्वार्थी, बौद्धिक तथा दूरदर्शी राज्य सञ्चालकबाट नै सुखीजनता, समृद्ध देश बन्न सक्छ । परापूर्व कालदेखि स्वतन्त्र र सार्वभौम रहेको नेपाल राष्ट्रमा पनि समय क्रममा अनेक राज्यव्यवस्था र राज्य सञ्चालकको उदयतथा अस्त भयो । राजतन्त्र, राणाशासन, प्रजातन्त्रको पुनर्बहाली हुँदै गणतन्त्र र संघीयताका प्रयोगहरू भए तर मुलुक र मुलुकवासीको सुख समृद्धि झन्झन्ओरालो लाग्दै गयो । यस्तो अधोगति हुनुमा के राज्य दोषी छ ? राज्यव्यवस्था दोषी थियो? अथवा राज्य सञ्चालक जिम्मेवार छन्? भन्ने प्रश्न गर्न सकिन्छ । देश समृद्धिको बाधकहुनै सक्दैन । राज्य सञ्चालक र जनताबाटै अनुमोदन हुने हुनाले राज्यव्यवस्था पनि देश विकासको बाधक हुँदैन । उसो भए देशको विकास र जनताको समृद्धिको बाधकतथा दोषी को हो? ‘ब्रह्मगोल’ प्रश्नवाचक खण्डकाव्यमा यही यक्षप्रश्न उठाउँछन् र राज्य सञ्चालकहरूलाई नै जिम्मेवार तथा दोषी देख्छन् । भलै, जम्मै दोष अहिलेका नेताहरूको मात्रै नहोलाता पनि देशविकासको दायित्व  नेतृत्व वर्गको नै हो । त्यसैले ‘ब्रह्मगोल’काव्यात्मक हुङ्कार गर्दै भन्छन् ‘देश र जनताको पक्षमाःसिधाप्रश्न नेताजीलाई !’

प्रा.डा.राजेश गौतमका अनुसार ‘पछिल्लो समयमा मुलुकमा भएको सिङ्गो परिवर्तनमाथि अर्थात् युद्धदेखि शान्तिसम्म, राजतन्त्रदेखि गणतन्त्रसम्म, हिन्दुराष्ट्रदेखि धर्म निरपेक्षसम्म, एकात्मकदेखि सङ्घीय राज्यसम्म, साँघुरो पछौटे राष्ट्रवाददेखि समावेशी राज्य र नागरिकताको अवधारणासम्म पनि कविले चासो राख्दै त्यसको स्पष्ट जवाफ नेताहरूबाट चाहेका छन् ।’हुन पनि हो, सच्चा साहित्यकार एक सचेत नागरिक हुन्छ । राज्यले प्राप्त गरेका उपलब्धिहरूको गुणगान तथा प्रशंसा गर्नु उसको कर्तव्य हो भने राष्ट्र, राष्ट्रियता र जनजीविकाका समस्याहरूबारे खबरदारी गर्नु उसको धर्म हो । ‘ब्रह्मगोल’ले ‘प्रश्नवाचक’माआफ्नो यही कवि धर्मको इमानदारी पालना गरेका छन् ।

खण्डकाव्यको शीर्षक‘प्रश्नवाचक’ राखिएको छ । प्रश्नवाचक प्रश्न र वाचक मिलेर बनेको समस्त शब्द हो । कुनै कुराको उत्सुकता मेट्नका लागि वा उचित जवाफ पाउनका लागि भनिने शब्द, वाक्य तथा वाक्य समूह प्रश्न हुन्छ । वाचकको अर्थ वाचन गर्ने वाभन्ने व्यक्ति हुन्छ । यसप्रकार ‘प्रश्नवाचक’को अर्थ उत्सुकता प्रकट गर्ने व्यक्ति वा प्रश्नकर्ता हुन्छ । मानिस स्वभावैले जिज्ञासु प्राणी हो । यही जिज्ञासु प्रवृत्तिले ऊ जिगीषु बन्यो । प्रश्न समस्या पनि हो । समस्याको हल समाधानह प्रश्नको हलउत्तर भए जस्तै । प्रश्नवाचक खण्डकाव्यमा रहेका १२० श्लोकका ४८० पङ्क्तिभित्र २६३ प्रश्नवाचकचिह्न सहितका प्रश्न छन् र ती प्रश्नहरूका वाचक अर्थात्प्रश्नकर्ता खण्डकाव्यकार स्वयम् छन् । यसरी खण्डकाव्यको श्लोक सङ्ख्याको दोब्बरभन्दा बढी र पङ्क्ति सङ्ख्याको आधाभन्दा बढी प्रश्न गरिएको हुनाले सामञ्जस्य मूलक दृष्टिले नै शीर्षक सार्थक, अनुकूल र उपयुक्त देखिन्छ ।

पूर्व र पश्चिममा प्रश्न गर्ने परम्पराको इतिहास निकै पुरानो छ । प्रश्न गर्ने परिपाटीबाटै सभ्यताको सुरुआत भएको हो । पूर्वमा पुराणकालदेखि नै प्रश्न गर्ने सुदृढ परम्परा बसिसकेको पाइन्छ । गीतामा अर्जुनले प्रश्नकै माध्यमबाट ज्ञानक्षुधा मेटाए । सिद्धार्थ गौतमले प्रश्न गरेरै बुद्धत्व प्राप्त गरे । पौराणिक ऋषि, मुनिएवम् राजाहरूले प्रश्नबाटै जीवन जगत्को बोध गरे । प्राचीनपश्चिमी परम्परामा साहित्यका काव्य, दुःखान्त, संवाद आदि विधा प्रचलित थिए । संवाद प्रश्नोत्तर ढाँचाकै साहित्य थियो ।यहीँबाट सुरु भएको प्रश्न गर्ने परम्परा विज्ञानसम्म विस्तारित भयो । डार्विन रन्युटनले प्रश्न गरेरै जीवको उत्पत्ति रविकास तथा गुरुत्वाकर्षण शक्तिको सिद्धान्त प्रतिपादन गरे ।

प्रश्न उत्सुकता समाधान गर्ने र सत्यको निरुपण गर्ने गरी दुई किसिमका हुन्छन् । ‘प्रश्नवाचक’मा खण्डकाव्यकार पहिलाखाले प्रश्नहरू भन्दा पनि दोस्राखाले प्रश्नहरू पट्टि एकोहोरिएका छन् । राजनीतिलाई सबै नीतिहरूको प्रधाननीति मानिन्छ । राणाकालको पुछारमा जन्मेर प्रजातन्त्रको संस्कारमा हुर्किएका खण्डकाव्यकार आफैँले प्रजातन्त्र, पञ्चायत, प्रजातन्त्रको पुनर्बहाली, जनयुद्ध, जनआन्दोलन र सङ्घीय गणतन्त्र देखे, भोगे र आत्मसात् गरे । समय क्रममा उदाएका र स्थापित भएका राजनीतिक नेतृत्व वर्गका इमानदार–धूर्त, असल–खराब सबै खाले प्रपञ्च र प्रयास अनुभूत गरे । अपवाद बाहेक प्रधाननीतिका सञ्चालक र सारथिहरूले राजनीतिलाई समाजसेवाबाट हुत्याउँदै फोहोरीखेलसम्म पु¥याए । राजनीति गर्ने व्यक्ति राजनेता भएन नेतामात्र भयो । नेताआफूलाई सेवकहोइन, शासकठान्न थाल्यो । राष्ट्र, राष्ट्रियता, जनजीविका, विकास, समृद्धि, स्वतन्त्रता, समानता, मानवता, शान्ति, धर्म, संस्कृति, कला, साहित्य, परम्परा, मूल्य, मान्यता र आदर्श भाषणमा बर्सने विषयवस्तु भए । नेताहरूकोव्यवहारमा छलकपट, स्वार्थ, नातावाद, कृपावाद, षड्यन्त्र, पूर्वाग्रह, भ्रष्टाचार, मूल्यहीन, संस्कार विहीन प्रवृत्ति छताछुल्ल देखियो अनि खण्डकाव्यकारले देश र जनताका पक्षमा सिधा प्रश्न गरे नेताजीलाई । प्रश्न नै ‘प्रश्नवाचक’को विषयवस्तु हो । प्रश्नको क्षेत्र व्यापक छ । प्रश्न सोधाइमामर्यादा र नम्रता छ । प्रश्नहरूले कुनै दल, गुट र व्यक्तिलाई आक्षेप लगाएको छैन ।

‘प्रश्नवाचक’उनासी पृष्ठमा पूरा गरिएको लघुखण्डकाव्य हो । उनासीमध्ये पनि सुरुका अट्ठाइस पृष्ठमा समर्पण, प्रकाशकीय, भूमिका, मन्तव्य, खण्डकाव्यकारको आत्मकथन र विषयसूची राखिएको छ । अन्तिमका पृष्ठ पैसट्ठीदेखि उनासीसम्म चौध पृष्ठमा यज्ञराज भण्डारीद्वारा लिखित खण्डकाव्यकार भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’को जीवनी र काव्ययात्रा दिइएको छ । पृष्ठ उनन्तीसदेखि चौसट्ठीसम्मका पैतीस पृष्ठमा मात्र‘प्रश्नवाचक’ खण्डकाव्यको विषयवस्तु विस्तारित छ । खण्डकाव्यको कथावस्तुलाई बाह्रओटा मञ्जरीमा व्यवस्थित गरिएको छ भने प्रत्येक मञ्जरीमा चार चार पङ्क्तिकादश दश वटा श्लोक रहेका छन् । यसरी ‘प्रश्नवाचक’को कथा वस्तुको संरचना बाह्र मञ्जरी, एक सय बीस श्लोक र चार सयअसी पङ्क्तिमा पूरा गरिएको छ । शार्दूलविक्रीडित छन्दको कुशल प्रयोगले खण्डकाव्य लयात्मक, गेयात्मक र श्रुतिमधुर बन्नपुगेको छ । खण्डकाव्यकारले देखेको, भोगेको युगीनराष्ट्रिय सन्दर्भलाई विषयवस्तु बनाएका हुनाले कथावस्तु मौलिक, विविध, व्यापक र आख्यान विहीन छ । मञ्जरी योजनाको औचित्य पुष्टि भनेहुन सकेको छैन ता पनि समकालीन राजनीतिक परिघटनाको उद्बोधनले खण्डकाव्यको रूप लिएको हुँदा यसलाई लामो कविता भन्नुभन्दा खण्डकाव्य भन्नु नै उत्तम जँच्दछ ।

कविले खण्डकाव्यको सुरुआत एक नागरिकका हैसियतले नेताजीलाई आफ्नो नमस्कार रहेको र राष्ट्रहितसम्बन्धी समाजमाहुनेचर्चालाई आफूले प्रश्नबनाएको तथा नेताजीले तिनको उत्तर दिनुपर्ने प्रसङ्गबाट गरिएको छ । पहिलो श्लोकलाई नमस्कारात्मक र वस्तु निर्देशात्मक मङ्गलाचरणका रूपमापनिलिन सकिन्छ । पुरुषलेविश्वसत्ता सञ्चालन गरेको र नारीले विश्वजागरण ल्याएको पाइन्छ । राम्रो काम गर्ने र नीतिज्ञ नेतालोकप्रियतथाप्रशंसितहुन्छन् ।पहिलेका नेताहरूनीतिज्ञ, दूरदर्शी र जनसेवकहुनाले सम्मानितथिए । अहिलेका नेताहरूमा छलकपट बढ्दा नेतापदको मर्यादामाआँचआएको छ । नेपाल नेता र जनतादुवैको देशभएको हुनाले पूर्वाग्रह नराखी समभाव राख्नुपर्छ ।हिन्दु राजाबाट संरक्षित र पुर्खाको खुन–पसिनाबाट निर्मित भएको हुनाले पुर्खाको मानमर्दन गर्नुहुँदैन । नैतिक, इमानदार, पराक्रमी, त्यागी र सन्त नेताको खोजी हुनुपर्छ ।प्रकृतिको सुन्दर र संस्कृतिको धनी नेपालकोचिनारी हराउनलागेको हुनाले असह्यभएर कविले देशहित र जनहितसम्बन्धीतलकाप्रश्न उठाउन बाध्यहुनुपरेको हो ।

हत्या, हिंसा, लुटपाट किनबढ्दै छ?सांसदहरूभत्ता बुझ्नकालागिमात्र संसदमाकिनउपस्थित हुन्छन् ?नेताहरू सिद्धान्तविहीन, निरङ्कुश र शोषक किन बने? राष्ट्रनिर्माताको सम्मानकिनभएन? राष्ट्रिय एकतामाथिआँचआउने कामकिनहुँदै छ?देशको ढुकुटी किनरित्तिँदै छ ?भ्रष्टाचार, गुन्डागर्दी, तस्करी र अराजकताबढाउने को हो ?वी.पी, पुष्पलालकाविचार, चिन्तन र योजनाकतागए?किन नेतृत्वनालायकतथाअसफलबन्दै गयो? नेतागणसुविधाभोगीकिनभयौ ?जनताकापीरमर्काप्रति नेताकिनउदासीनबन्यौ? स्वास्थ्य र शिक्षाक्षेत्रमाविकृति–विसङ्गतिकसले बढायो?अनावश्यकव्ययभारले जनतालाई किन ऋणमा डुबायौ? धर्म, संस्कृति, परम्परा क्षतविक्षतबनाउने र इतिहासलाई मेटाउने कामकिनभइरहेको छ?राष्ट्रभाषा र राष्ट्रिय पोसाकमाथिनियोजित आक्रमण किनहुँदै छ? राज्यकोषको दोहन र अराजकता बढाउँदै सामाजिक सद्भावखलबल्याउने कामकिनगर्दै छौ?हे नेताहरू !तिमीहरूले के राम्रो कामगरेका छौ? कृषिमाआधुनिकप्रविधिभित्र्याएर आत्मनिर्भरकहिलेहुने?औद्योगिकीकरण, यातायात, सञ्चार र ऊर्जा क्षेत्रको विकासकिनहुन सकेको छैन ?गास, वास, कपासको जनचाहनाकहिले पूरा हुन्छ?युवाशक्तिकिन खाडीतिर पलायनहुँदै छन्? पुरानाउद्योगधन्दाकिनबन्दगरायौ?चुनावको बेलाम विकास गर्छु रजनताका इच्छा पूरा गरेरै छाड्छु भनीभोट मागेकाहोइनौ ?पदमापुगेपछि दैवीशक्तिप्राप्त गरेझैँ साँढे बनेर किन डुक्रिँदैछौ?बोलीको ठेगान नै नभएको कस्तो नेताबन्यौ ?अहङ्कारीनेताकिनभयौ ?देशको दुर्दशाभएको नदेखेझैँ गरेर गुटबन्दी र अविश्वासको विषकिनउमा¥यौ ? कोहीक्रान्ति र कोहीशान्तिकोमार्गमा लाग्नुविरोधाभास होइन र ?दाइजो प्रथाको कुप्रवृत्तिले महिला हिंसा बढेको, बोक्सीको आरोपमामहिलालाई यातनादिने गरिएको र भ्रूण हत्याले छोरीको जन्मपाउने अधिकार हननभएकोतथ्यलाई देख्यौ कि देखेनौ ?सिङ्गापुर, स्विट्जरल्यान्ड, हङकङ बनाउँछौं भन्दाभन्दै देश राष्ट्रिय– अन्तर्राष्ट्रिय स्तरमा कमजोर भएको थाहा छ कि छैन ?पुरानो व्यवस्थालाई गाली गरी नयाँव्यवस्थाल्यायौ तर आफूले देशहित र जनहितमाकाम गर्न किन सकेनौ ?
‘प्रश्नवाचक’ राष्ट्र, राष्ट्रियता र जनजीविकालाई केन्द्रीयकथ्यबनाएर लेखिएको लघुखण्डकाव्य हो । राष्ट्रलाई हाँक्ने नेतागणका लाछी, तुच्छ एवम् कृतघ्नक्रियाकलापले देशवासीको आन्तरिक जीवनह्रासोन्मुख छ ।विश्वमञ्चमा नेपालको ख्याति खस्कँदो छ, पुर्खाको इतिहास धरापमा परेको छ र सहिदका सपनातुहिएका छन् । पुरानो सत्ता र व्यवस्थाले देशको विकास र समृद्धि तथाजनताको जीवनस्तर उठाउन कठिन भयो भनेर नेताले गरेको नयाँ सत्ता र व्यवस्थाको मागलाई जनताले अनुमोदन गरे । नयाँव्यवस्थाआयो । नयाँ नेताहरूउदाए तर देशको समृद्धि आएन । जनताको सुख चैन देखिएन । नेताहरू राजनेताबन्न सकेनन् । नायकहरूमहानायकहुन सकेनन् ।
राजनीति सबै नीतिको प्रधानहो । राजनीति सही बाटोतिर सोझियो भने देश समृद्ध हुन्छ । राजनीतिलाई राजनेताले दिशानिर्देश गर्छ ।

राजनेतामा सेवाभावना, नेतृत्वकुशलता, मर्यादाशीलता, मानवता, त्याग, निस्वार्थ भावना, दूरदृष्टि, निर्णय क्षमता, धैर्य, सत्चरित्रता, नैतिकमनोबल, स्वप्नद्रष्टापन, विवेक र चमत्कारिक गुण हुनुपर्छ । हाम्रा नेताहरूमायी गुण र क्षमतानहुनाले नै उनीहरू राजनेताबन्न सकेनन् । शिक्षा, स्वास्थ्य, अर्थ, धर्म, संस्कृति, न्याय र प्रशासनिक क्षेत्रकाविकृति–विसङ्गतिहरूलाई रोक्न सकेनन् । फलतः देश दुर्गतितर्फ धकेलियो, जनतामा निराशाव्याप्तभयो । देशका यिनै दुर्दशाहरूलाई कविले प्रस्तुत खण्डकाव्यमा सूक्ष्मतः केलाएका छन् । सुप्रसिद्ध समालोचकप्रा.डा. वासुदेव त्रिपाठीको विचारमा–‘प्रश्नवाचक’ खण्डकाव्य प्रधानतःप्रश्नमुद्रामाजनचेतना र कविकाआत्मचेतनाको काव्यात्मककुञ्जभएर संवेदनशील नेपालीजनमानसलाई सँगसँगै पुलकित र जागृतिशीलबनाउन समर्थ छ ।

प्रश्नउत्सुकतार खबरदारी दुवैहो । जिज्ञासाको समाधानभएनवाखबरदारी कामलागेन भने?जनताकाप्रश्नको उत्तर नदिने नेतालाई के गर्ने?त्यसको विकल्पहो निरन्तर खोजी र विद्रोह ! यस खण्डकाव्यमा प्रश्नका रूपमा नेतालाई खबरदारी त भएको छ तर जनविद्रोहको शङ्खघोष हुनसकेकोभने छैन । यस्तो भएन, उस्तो भएनको असन्तुष्टि पोखेर मात्रहाम्रा नेताहरू सच्चिनेवाला छैनन् । नेताहरूमा ज्ञान, विवेक र सद्बुद्विपलाओस् । उनीहरू माटोलाई मुट्ठीमा राखेर तथा सर्वसाधारण विपन्न नेपालीको अवस्थालाई ध्यानमा राखेर देशहितएवम् जनहितको पक्षमा निर्णय गरून् । विकृति, विसङ्गति र निराशाको अन्त्यहोस् तथा नेताहरू एकजुट भएर जनताको मुहारमा हाँसो ल्याउने कामगरून् ।यही हुटहुटी, आदर्श र जनअपेक्षाकविभालचन्द्र भण्डारी ‘ब्रह्मगोल’को ‘प्रश्नवाचक’खण्डकाव्यको वैचारिक सन्देश हो ।आमजनभावनाभित्रआज यिनै प्रश्नहरू मडारिरहेका हुँदा ‘प्रश्नवाचक’ खण्डकाव्य जनधारणाकै उद्वेगबाटजन्मिएको कृतिहो भन्नु उपयुक्त हुन्छ ।

(समालोचक जोशीकैलालीबहुमुखीक्याम्पस, धनगढीका सहप्राध्यापक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्