पराजित हुँदै नेतृत्वको इमान



जनार्दन घिमिरे

कुनैपनि मुलुकको लागि राजनीतिको त्यति नै महत्व हुन्छ, जति महत्व वृक्षको लागि जराको । जुन मुलुककोराजनीति सक्षम अनि इमानदार व्यक्तिको नेतृत्वमा हुन्छ, त्यो मुलुकमा अभूतपूर्व किसिमले परिवर्तन सम्भव हुन्छ । जस्तो कि ली क्वान र महाथिरले सिंगापुर र मलेसियामा सम्भव बनाए ।इमानदार नेतृत्वले हमेसा राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेको हुन्छ ।

कुनैपनि मुलुकको कार्यकारी हैसियतमा रहेको व्यक्ति साँच्चै सक्षम र इमानदार छ भने उसले सक्षम र इमानदारलाई नै मन्त्री, सल्लाहकार तथा अन्य कार्यकारी पदहरुमा नियुक्त गर्छ र बेइमानहरु उसको नजिकपर्नसमेत डराउँछन् । जुन मुलुकको शासन व्यवस्था लामो समयसम्म यस्ता व्यक्तिको हातमा रहन्छ, त्यो मुलुकमा त्यति नै सक्षम र इमानदार व्यक्तिको संख्या बढ्दै जान्छ, नागरिकले सुशासनको अनुभूतिगर्न पाउँछन् । यस्ता व्यक्ति ज्ञान रक्षमता भएका इमानदार मानिसहरुलाई देख्दा खुशी हुन्छन् र इज्जत गर्दछन्। अनि उनीहरुबाट सुझाव–सल्लाह लिनेगर्दछन्र यस्ता व्यक्तिले जिम्मेवारी लिइदिऊन् भन्ने चाहन्छन् ।

तर यसको विपरीत अक्षम र बेइमान व्यक्तिले नेतृत्व गरेको मुलुकलाई बर्बाद हुनबाट कसैले जोगाउन सक्दैन । बेइमानको प्राथमिकतामा हमेसा व्यक्तिगत स्वार्थ हुनेगर्छ । अक्षम र बेइमानको हातमा मुलुकको नेतृत्व गयोभने उसले आफ्ना वरिपरि आफूभन्दा पनि निकम्मा व्यक्तिहरुलाई जम्मागर्न थाल्छ, जसलेगर्दा आफूलाई उनीहरुको अगाडि अब्बल साबित गर्न सकियोस् ।

यस्ता व्यक्तिहरुले आफ्ना अगाडि सक्षम र इमानदार व्यक्ति हँुदासम्म आफू अपमानित भएको महसुस गर्छन् र त्यस्तालाई पाखा लगाउँदा मात्र आफू सुरक्षित भइन्छ भन्ने ठान्छन् । यस्तो नेतृत्व भएको मुलुकमा सक्षम र इमानदार हुनु भनेको असफल हुनकालागि ग्यारेन्टी (पक्का) जस्तो नै हुन्छ, जसले गर्दा मुलुकमा बेइमान अनि नैतिकहीन व्यक्तिहरुको संख्या बढ्दै जान्छ ।

अक्षम र बेइमान व्यक्तिहरुपैसा, बल, छलकपट अनि अपराधको भरमा सत्तामा पुगेका हुन्छन् । यस्ताको नेतृत्व भएको मुलुकमा सुशासन, न्याय, विवेक, नैतिकता अनि समृद्धिको कल्पनासमेत नगर्दा हुन्छ । यस्ता व्यक्ति हत्तपत्त सत्ता छोड्न पनि चाहँदैनन् । किनकि जुनदिन सत्ताबाट बाहिरियो त्यो दिनदेखि विगतका पृष्ठभूमिका कारण दण्ड पाउने डरले उनीहरुलाई भयभित गरिरहेको हुन्छ ।

दलीय व्यवस्था पुनस्र्थापनाको लागि २०४६ सालमा भएको आन्दोलन जब उत्कर्षमा पुग्यो तब तत्कालीन राजा वीरेन्द्रले आन्दोलनका शीर्ष नेतृत्वहरुलाई वार्ता र सम्झौताकालागि बोलाए । आन्दोलनका मुख्य कमान्डर गणेशमान सिंहलाइ जब राजाले अन्तरिम कालको प्रधानमन्त्री हुनकालागि प्रस्ताव गरे, गणेशमानले उक्त पदकालागि नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरे । गणेशमान र कृष्णप्रसाद दुवै असल र इमानदार थिए, जसकालागि पदले कुनै महत्व राख्दैनथ्यो ।

जीवनभर दलीय व्यवस्थाका लागि संघर्ष गरेका गणेशमानलाई जब आफूले चाहेको व्यवस्थामा कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीको अवसर प्राप्तभयो, उनले त्यो पद अस्वीकार गर्नुले उनको संघर्ष पदकालागि नभई व्यवस्था र पद्धतिकालागि थियो भन्ने प्रस्टहुन्छ । दलीय व्यवस्थाको नाममा आन्दोलनमा सक्रिय अन्य शीर्ष नेतृत्व नभएका होइनन्, न त गणेशमानले दया गरेर अथवा कुनै स्वार्थवश कृष्णप्रसादको नाम सिफारिस गरेका थिए । सिंहले आफू नबसेको कुर्सीमा बसाएर भट्टराईलाई ठूलो बनाउन खोजेका पनि थिएनन्, असल र इमानदार अनि सक्षम भएकै कारण भट्टराईलाइ उक्त पदकालागि सिफारिस गरेका थिए ।

विभिन्न दलका अनुभवहीन प्रतिनिधिहरु सम्मिलित मिलिजुली सरकारको नेतृत्वगर्नु, भारतीय संस्थापनको समेत साथ र सहयोगबाट आन्दोलन सफल भएका कारण मुलुकलाई नोक्सान हुने गरी भारतीय स्वार्थ हाबी हुन नदिनु त छँदैथियो, सक्रिय भूमिकामा रहेको राजसंस्थालाईसंवैधानिक भूमिकामा ल्याउनेगरी छोटो समयमा संविधान निर्माण गर्ने कार्य कम चुनौतीपूर्ण थिएन । तर उनले ती सबैकार्य तोकिएको समयभित्रै विवादरहित ढंगले कुशलतापूर्वक सम्पन्न गरे ।

छोटो समयमैकृष्णप्रसाद भट्टराईको लोकप्रियता यति बढेको थियो कि उनकै नामबाट नेपाली कांग्रेसले दलीय व्यवस्था पुनस्र्थापनापछिको पहिलो निर्वाचनमा केन्द्रदेखि जिल्ला र स्थानीय निकायसम्म एक्लैले बहुमत हासिल ग¥यो । तर दुर्भाग्य, पदकालागि जेसुकै गर्न तयार इमान नभएका आफ्नै पार्टीभित्रका एउटा समूहको अन्तरघातका कारण उनी स्वयं भने पराजित हुनपुगे, जुन दलीय व्यवस्थाअन्तर्गत नेपालको इतिहासमा भएको इमानको पहिलो पराजय थियो र यहीँबाट शुरु भएको थियो गिरिजाप्रसाद कोइरालाको युग ।

सत्ताकालागि जुनसुकै समयमा जोसुकैसँग जस्तोसुकै सम्झौता गर्न तयार गिरिजाप्रसाद कोइरालालेआफ्नो नेतृत्वमा पार्टीलाई कहिले बहुमत दिलाउन नसकेपनि सबैभन्दा बढी सत्ताको नेतृत्व उनैले गरे र २०४६ सालपछिको २० वर्ष राजनीतिको मियोझैँ भए । आज नेपालको राजनीतिमा हरेक शीर्ष नेतृत्वले गिरिजाको पदचापलाई पछ्याइरहेकाछन्, थोरैपनि विवेक अनि इमान भएकाहरु जसले उनको पदचापलाई पछ्याउन सकिरहेका छैनन्, ती या त पलायन भएकाछन् या किनारा लाग्दैछन् । नागरिकहरु हैरान छन्, आज एउटालाई जिताएर पठायो ऊ नालायक निस्कन्छ, अर्कोपटक अर्काको कुरा सुन्यो, होला ता नि भन्यो, अर्कोलाई जिताएर पठायो ऊ झन् महानालायक, भ्रष्ट र फटाहा निस्कन्छ ।

एकपछि अर्कोगर्दै दुष्ट र बेइमानहरुसत्ताको आरोहण गर्दैछन् अनि त्यसको मूल्य मुलुक र जनताले चुकाउनु पर्दैछ र त्यसैको निरन्तरतास्वरुप बनेको छ वर्तमान सरकार । समृद्धि र राष्ट्रहितलाई नारा बनाएर सत्तामा पुगेको वर्तमान सरकारलाई हेर्ने हो भने यो अत्यधिक लाज प्रतिरोधी क्षमता भएका व्यक्तिहरुको जमातजस्तो देखिन्छ, जसमा धर्मको त कुरै छोडौं रत्तिभर नैतिकतासमेत देखिँदैन । यो सरकार गठन भएदेखिको काण्डहरु हेर्दा अनि यति होल्डिङ्सर ओम्नीजस्ता सँग सरकारको लगनगाँठो देख्दा माफिया अनि भ्रष्टाचारीहरुर वर्तमान सरकार अंगुरको झुप्पोजस्तो एकत्रित भएको बुझ्न गाह्रोछैन ।

वाइडबडीमा भएको भ्रष्टाचार सार्वजनिक हुन्छ, प्रधानमन्त्री केपी ओली होइन भन्छन् ।सेक्युरिटी प्रेस खरिदमा कमिसनका लागि भएको कुराकानी सार्वजनिक हुन्छ, उनी फसाइयो भन्छन् । संसार नै महामारीसँग जुधिरहेको अवस्थामा नागरिकलाई स्वास्थ्य उपचारको व्यवस्था गर्दै आडभरोसा दिनुपर्ने सरकार नक्कली स्वास्थ्य उपकरण खरिद गरी भ्रष्टाचार मात्र गर्दैन सम्पूर्ण नागरिकको जीउ–धनमाथि खेलबाड गर्छभने त्यसलाई कसरी नागरिकको सरकार भन्ने ? नर्भिक अस्पतालले सात दिनभित्र पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) ३हजार ३सयमा खरिद गरी१हजार ३सय २० भाडा तिरेर जम्मा ४हजार ६सय २० रुपियाँमा काठमाडौं उता¥यो र एकहजार थान नेपाल सरकारलाई सहयोगस्वरुप हस्तान्तरणग¥यो ।

तर सरकारमा बसेका केही अपराधीहरुले त्यही सामान त्यो पनि नक्कली १५हजार ५सय ८८ मा ल्याउनको लागि ओम्नी समूहलाई दिएको ठेक्काको चौतर्फी विरोध हुनुलाई प्रधानमन्त्री ओलीले आफ्नो चैत्र २५गतेको सम्बोधनमा अराजकता चाहनेले चलाएको हल्ला र बेमौसमी बाजाको संज्ञा दिनुले उनको नियत प्रस्ट हुँदैछ । कर्तव्य, नैतिकता अनि मानवीयता बेपत्ता भएको देश भएको छ आज नेपाल, जहाँ संकटको समयमा पनि भ्रष्टाचार गर्न मिल्छ तर भ्रष्टाचार भयो भनेर कुरा उठाउँदा अराजकतावादी भइन्छ ।

कोरोनाको यो महामारीमा पोर्चुगलका ७१वर्षीय राष्ट्रपति मार्सियोलो रेवेलो डे सुजा आफ्ना नागरिकका लागि राति–राति फलफूल र खाना वितरण गर्दैछन्, उनीसँग न हुलकाहुल सेक्युरिटी छ, न कार्यकर्ता, न त फोटोग्राफर नै । इटलीका प्रधानमन्त्री नागरिकको मृत्युले रोइरहेका छन् । छिमेकी भारतले प्रधानमन्त्री, मन्त्रीदेखि सांसदहरुको तलब३० प्रतिशतले कटौती गरेपछि राष्ट्रपति र उपराष्ट्रपति स्वयंले आ–आफ्नो तलब कटौती गरेका छन् भने सांसद विकास कोषको रकमसमेत दुईवर्षका लागि पूर्णरुपमा कटौती गरिएको छ ।

तर हाम्रो देशका प्रधानमन्त्री बिरामीका कारण प्राप्त सहानुभूतिलाई भ्रष्टाचार ढाकछोप गर्नमा प्रयोग गर्दैछन्अनि विपक्षी भनाउँदो आफ्नो सुविधा नकाटिएकोमा नै दंग छ। ५ हजार पनि नपर्ने पीपीईकमिसनका लागिझन्डै १६ हजारमा खरिदगर्न तयारहुने सरकारले कुन नैतिकताले५ हजार पर्ने थर्मल गन १५ हजारमा बेचेर कालो बजारी गरेको भन्दै सुलभ अग्रवाललाई समातेको हो?प्रधानमन्त्रीले सम्बोधन गरेकैदिन ६७ थान थर्मल गन बिक्री गर्नलागेको भनी गरिएको अग्रवालको गिरफ्तारी जनतालाई सरकार भ्रष्टाचार र कालो बजारीविरुद्ध रहेको सन्देश दिन खोजेर ओम्नी प्रकरणलाई ओझेलपार्न खोज्दैछ जस्तो देखिँदैछ ।

हिजोको प्रतिपक्ष आज सत्तामा छ अनि हिजोको सत्ताधारी आज प्रतिपक्षमा, तर दुवैको चरित्रमा कुनै भिन्नता देखिँदैन । एउटाले सुशीला कार्कीलाई महाअभियोग लगाउँछ भने अर्कोलेगोकुल बास्कोटाजस्तालाई प्रतिभावान् देख्छ अनि डा. गोविन्द केसीजस्तालाई लोभीपापी, पागल, माफिया अनि देशद्रोहीको आरोप लगाउँदै पाखा लगाएर इमान भएकालाई तर्साउँदैछ ।

राजनीति होस् कि समाजसेवा, विद्यालय होस् कि विश्वविद्यालय, प्रशासनिक होस् कि कूटनीति, न्यायालय होस् कि अख्तियार, स्वास्थ्य क्षेत्र होस् कि मानवअधिकारको हरेक क्षेत्रमा भागवण्डाको राजनीतिले इमानदार अनि नैतिकवान्हरुलाई पाखा लगाइँदैछ । यस्तो अवस्थामा जनताले कस्तो शिक्षा पाऊलान्, कस्तो न्याय पाऊलान्, कस्तो उपचार पाऊलान्, कति मानवअधिकारको रक्षा होला, मुलुकको कूटनीति कस्तो होला अनि कति भ्रष्टाचार नियन्त्रण होला ।

भर्खरै मात्र बेलायतस्थित टाइम्स हायर एजुकेसनले विश्वका ९२ देशका १४सय विश्वविद्यालयको द वल्र्ड युनिभर्सिटी ¥याङ्किङमा अहिले राजनीतिमा सक्रिय रहेकामध्ये अधिकांशले अध्ययन गरेका मुलुकको सबैभन्दा जेठो विश्वविद्यालय त्रिविको स्तर गतवर्षको भन्दापनि खस्किएर तलबाट ३७ औं हुनपुगेको छ ।यसरी जबसम्म इमानले पराजित भइरहनुपर्ने र बेइमान विजयी भइरहने अवस्था विद्यमान रहन्छ तबसम्म हरेक क्षेत्रमा मुलुकको अवस्थाखस्कँदैमुलुक पराजित भइरहने छ ।

प्रतिक्रिया दिनुहोस्