राजनीतिप्रति यति धेरै घृणा किन ?



विज्ञान अधिकारी

म १३ वर्ष पुरा भएर १४ वर्षको हुँदा कक्षा ९ मा पढ्दै गर्दा मेरो दिमागमा एउटै प्रश्न आउने गर्दथ्यो । के हो राजनीति ? यसलाई किन फोहोरी खेल भन्छ मेरो समाज ? मेरो समाजलाई राजनीति र राजनीति गर्ने प्रति एति धेरै घृणा किन ? धेरैजनाको आमाबुवाले आफ्ना सन्तानलाई डाक्टर, पाइलट वा इन्जिनियर बन्नु भनि आशिस दिन्छन्, तर नेता बन्नु र राजनीति गर्नु भन्ने आशयका आशिस किन सुन्न पाइन्न? किन? मेरो प्रश्न यहि छ ?

यहि प्रश्नमा रातदिन घोत्लिन्छु तर अहँ जवाफ पत्ता लगाउन सक्दिन । राजनीति सत्तामा पुग्न अपनाइने अदृश्य अघोषित योजना हो, त्यो मात्र होइन । राजनीति भनेको राज्य, संचालन गर्न, देशको आर्थिक अवस्थामा सकरात्मक परिवर्तन गर्न, जनताको अवस्था परिवर्तन गर्न, अपनाइने नीति तथा योजना हो ।

जुन नीति तथा योजना घोषित वा अघोषित, दृश्य वा अदृश्य जुनसुकै अवस्थामा हुनसक्छ । राजनीतिमा स्थिापित हुन धनको अत्याधीक प्रयोग गर्छन् हाम्रा नेताहरु । त्यसैले सत्तामा पुगेपछि त्यसको गलत प्रयोग गर्दै धन संकलनमा केन्द्रीत हुन्त्यसको गलत प्रयोग गर्दै धन संकलनमा केन्द्रीत हुन्छन् राजनीति गर्नेहरु ।

त्यति मात्र कहाँ हो र, उनीहरु सत्तामा पुग्ने क्रममा बाधक बन्ने वा तगारो हाल्नेहरुलाई वा पैसामा नबिक्नेहरुलाई त्यसतालाई हत्या गर्न पनि पछि पर्दैनन् उनीहरु । भविष्यमा आवश्यक पर्ने सोच्दै दलाल, पुँजिपति वर्ग, गुन्डा नाइके इत्यादि जुन देशका प्रमुख शत्रु हुन् त्यसकै संरक्षण गर्छन् । अर्कोतर्फ भन्नु पर्दा हामी सबै नेपाली कहाँ सचेत छाँै र ? जुन नेताले केही पैसा र मासुभातको लालचा देखाउँछन् ।

उसैलाई मतदान गर्छौँ । जसले गर्दा मेरो समाजमा राजनीति फोहोरी खेलका रुपमा चिनिँदै आएको छ । नेपालको राजनीति आफू परिवर्तन भयो, तर यसले हाल न देशेको आर्थिक अवस्थामा कुनै परीवर्तन ल्याएको छ न त जनताको जीवनस्तरमा । जब सम्म नेतामा राम्रो असल राजनीतिक संस्कारको विकास हुन्न तब सम्म राजनीतिको अवस्थामा परिवर्तन आएपनि न देशको आर्थिक अवस्थामा परिवर्तन आउँछ न जनताको अवस्थामा कुनै परिवर्तन आउने सम्भावना रहन्छ ।

तसर्थ विद्यार्थी नेता, पार्टि का नेता, युवा नेता, नेता सबैमा असल राजनीतिक संस्कारको अभ्यास हुन आवश्यक छ । यही भएर होला मेरो मनमा विगतदेखि नै उब्जिएको प्रश्न सामाधान हुन सकेको छैन । के हो राजनीति, कुनै देशमाथि राज गर्न अपनाइने नीति हो राजनीति ? कि राज्य सञ्चालन गर्न अपनाइने नीति हो ? कि यो पनि नभएर सत्ता वा शक्ति प्राप्त गर्न चलखेल गर्नु हो राजनीति ? वास्तमा के हो राजनीति ?
(लेखक त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभागका विद्यार्थी हुन् ।)

प्रतिक्रिया दिनुहोस्