पोशाक भत्ता बापतको नगद दस हजार कोरोना कोषमा


न्युज अफ नेपाल, डोटी ।

जिल्लाको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका स्थानीयबासी तथा शिक्षक तिर्थराज भण्डारीले आफुले पाउँदै आउनु भएको सरकारी शिक्षक पोशाक भत्ता बापतको रु दस हजार रकम नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण राहत कोषमा जम्मा गर्ने घोषणा गर्नु भएको छ ।

 

विश्वव्यापी रुपमा फैलिइ रहेको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि सहज होस भन्ने उदेश्यले आफुले पाउँदै आएको सरकारी कर्मचारी पोशाक भत्ता कोरोना राहत कोषमा जम्मा गर्ने घोषणा गरेको शिक्षक भण्डारीले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “मैले पाउदै आएको सरकारी पोशाक बापतको रु दस हजार कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने घोषणा गरेको छु, रकम थोरै भएपनि केही राहत अवश्य हुने छ ।” शिक्षक भण्डारी हाल भक्तपुर जिल्लाको गणेश माध्यमिक विद्यालय सुर्यविनाकय नगरपालिका सिपाडोलमा अध्यापन गराउँदै आउनु भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।