तल्लो सान्जेन जलविद्युत कम्पनीको काम ४० मिटर बाँकी 



सरस्वती न्यौपाने, (रसुवा) । 
आमाछोदिङमो गाउँपालिकाको चिलिमेमा निर्माणाधिन तल्लो सान्जेन जलविद्युत कम्पनीको काम ४० प्रतिशत मात्र बाँकी रहेको छ ।
४२ दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत ग्रह निर्माणको काम पूरा भइसकेको र सुरुङबाट ल्याइएको पानी तीब्र रुपमा विद्युतगृहमा पठाउनका लागी आवश्यक पर्ने एक हजार मिटर लम्बाईको पेनस्टक पाइप राख्ने सुरुङ निर्माणको काम पनि धमाधम अगाडि बढ्नुका साथै निर्माण गर्नुपर्ने तिन हजार ६ सय ५० हेगरेस सुरुङ  मध्येको सबै काम पूरा भई अबको निर्माणको काम भनेको ४० मिटर रहेको सान्जेन जलविद्युत कम्पनीका कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले बताउनुभयो ।
सान्जेन खोलाको तिलुचे बगरमा पानीको बाँध, एक हजार ३ सय मिटरको हेडरेस सुरुङ र विद्युतगृहसमेतका संरचना निर्माणको काम पूरा भए पनि कोरोना भाइरसका कारण उपकरण जडान गर्ने जिम्मा लिएको एक चिनियाँ ठेकेदार कम्पनी प्राविधिक नआएका कारण उपकरण जडानमा समस्या आएको छ । यस्तै माथिल्लो सान्जेनमा निर्माण भइरहेको १४ दशमलव आठ मेगावाटको जलविद्युत आयोजना स्रोत निर्माणको काम समेत अन्तिम चरणमा पुगेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
आउँदो असारसम्ममा उत्पादन गर्ने लक्ष्य लिइएको माथिल्लो सान्जेन चीनमा फैलिएको कोरोना भाइरसले गर्दा चिनियाँ प्राविधिक आउन नसक्दा उत्पादनमा ढिलाइ हुने र तल्लो सान्जेन भने एक वर्षमा पूरा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्