फोर्ड इकोस्पोर्ट २०२० सार्वजनिक



फोर्ड नेपालको लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले २०२० संस्करण फोर्ड इकोस्पोर्ट सार्वजनिक गरेको छ। २०२० मा सार्वजनिक यो गाडी ड्राइभिङको लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ। १ दशमलव ५ लिटर डिजल इन्जिन रहेको यसमा यस पीएस पावर २१५ एनएम म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ। लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १ दशमलव ५ लिटर पेट्रोल इन्जिन समावेश छ। २०२० संस्करण इकोस्पोर्ट ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टीका साथ आउने यी गाडी स्वामित्व आफ्नो सेग्मेन्टमा सबैभन्दा कम स्वामित्व खर्च रहेको कम्पनीको दाबी छ।यस संस्करणमा पनि इकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरादायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ। साथै यो सनरुफ जडित भेरियन्टमा पनि उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्