पहिलोपटक आईसीयूसहितको अस्पताल सञ्चालनमा



बैतडी, (नेस)।

बैतडीमा पहिलोपटक सघन उपचार कक्ष (आईसीयू)सहित सुविधा भएको अस्पताल सञ्चालनमा आएको छ।दशरथचन्द नगरपालिका–४ स्थित शाहीलेक बजारमा सोमबारदेखि ‘निको शक्ति अस्पताल’ सञ्चालनमा आएको हो। निजी लगानीमा स्थापना भएको उक्त अस्पतालमा आईसीयूसहित वरिष्ठ सर्जन र स्त्रीरोग विशेषज्ञले सेवा दिने जनाइएको छ।

उक्त अस्पतालको एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट र दशरथ चन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ।

आईसीयूसहित २५ शøयाको अनुमति पाएको अस्पतालले तत्काल १५ शøयाबाट सेवा शुरू गरेको अस्पताल व्ययवस्थापन समितिका सदस्य राजेन्द्र खत्रीले जानकारी दिनुभयो।

फ्रान्सेली नागरिक डा. बर्नाड जेफको व्यक्तिगत लगानीमा अस्पातल सञ्चालनमा ल्याइएको हो।बैतडीको शाहीलेकमा सञ्चालनमा आएको अस्पतालमा न्यूतम शुल्कमा गुणस्तरीय सेवा दिने प्रतिबद्धतासमेत जनाइएको छ। अस्पतालले जनरल सेवाका साथै सर्जरीलगायतका सेवा पनि प्रदान गरिने जनाएको छ।

कमजोर आर्थिक अवस्था भएका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने हिसाबले अस्पताल सञ्चालनमा ल्याइएको हो।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै समन्वय प्रमुख भट्टले निको शक्ति अस्पतालले बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाले गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताउनुभएको छ।

यस्तै दशरथचन्द नगरपालिकाका प्रमुख थापाले अस्पतालले भारत तथा अन्य जिल्लाका उपचार गर्नकै लागि जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्