डीएसपी गुरुङ उत्कृष्ट



शिक्षा पन्त, लमजुङ।

लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङ उत्कृष्ट कार्यसम्पादन पुरस्कारबाट सम्मानित हुनुभएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयले कार्यसम्पदन मूल्यांकनका आधारमा प्रनाउ गुरुङलाई पुरस्कृत गरेको हो।

नेपाल प्रहरीको सांगठनिक नीति, निर्देशनबमोजिम दिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमानदार र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गरेको भन्दै प्रनाउ गुरुङलाई नगदसहित पुरस्कृत गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रनाउ गुरुङसँगै तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालसहित गण्डकी प्रदेशअन्तर्गत विभिन्न प्रहरी कार्यालयका दुई जना प्रहरी निरीक्षक, तीन जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक र दुई जना प्रहरी हवल्दार पनि पुरस्कृत भएका छन्।

प्रनाउ गुरुङ विगत आठ महिनादेखि जिल्ला प्रहरी प्रमुखका रूपमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत हुनुहुन्छ।

नेपाल प्रहरीले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शान्ति सुरक्षा व्यवस्थापन, लागूऔषध नियन्त्रण, अपराध अनुसन्धानलगायत प्रहरी प्रशासनिक कार्यक्षेत्रमा गुरुङले अब्बल अधिकृतका रूपमा पहिचान बनाउँदै आउनुभएको छ।

२०६८ मा पूर्णशान्ति पुरस्कारबाट सम्मानित हुनुभएका प्रनाउ गुरुङले उत्कृष्ट कार्यसम्पादन शीर्षकमा एक दर्जनभन्दा बढी पुरस्कार पाइसक्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्