१२ वडा स्वास्थ्यचौकी विहिन



बैतडी,(नेस) ।

जनप्रतिनिधि आएको साढे दुई बर्ष बितिसक्दा समेत बैतडीका ८४ वडा मध्ये १२ वटा वडा स्वास्थ्य चौकी विहीन रहेका छन् । ती वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि अप्ठ्यारो भएको सम्बन्धित स्थानीयतहले जनाएका छन् ।

डिलाशैनी गाउँपालिका ं ६, दोगडाकेदार गाउँपालिका २, मेलौली नगरपालिका ं १,४,र ८, शिवनाथ गाउँपालिका१, ३, र ५, सिगास गाउँपालिका ४ र ७ तथा सुर्नया गाउँपालिका २ र ८ मा स्वास्थ्यचौकी छैनन् ।

वडामा स्वास्थ्यचौकी नहुँदा सेवा लिन नागरिकलाई अप्ठ्यारो हुने गरेको सुर्नया गाउँपालिका ८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिनुभयो ।

स्वास्थ्यचौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा प्रदानमा असहज भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

यसैबीच स्वास्थ्यचौकी नभएका वडाहरुमा चालु आर्थिक बर्षदेखि आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण हुने भएका छन् । भवन निर्माणका लागि संघीय सरकारले सम्बन्धित स्थानीय तहका खातामा रकम पठाएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ अबको दुई बर्ष भित्र सबै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण भईसक्छन् ”

 

प्रतिक्रिया दिनुहोस्