गण्डकी प्रदेशमा चितुवा आतंक ८ बालबालिकाले ज्यान गुमाए



विजय नेपाली, पोखरा।

गण्डकी प्रदेशमा चितुवा आतंकमा बालबालिका सिकार हुने गरेका छन्। गण्डकी प्रदेशअन्तर्गत तनहँु र कास्की जिल्लामा चितुवाको आक्रमणमा परी ८ बालबालिकाले ज्यान गुमाइसकेका छन्।

तनहँु जिल्लामाला चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान लिएको घटना सेलाउन नपाउँदै कास्कीमा पनि सोही घटना घटेको छ।तनहुँसँग सिमाना जोडिएको पोखरा महानगपालिका ३२ कोठे गाउँकी ७ वर्षीया पूजा विकको चितुवाको आक्रमणबाट ज्यान गएको छ। बिहिबार बेलुका साथीहरूसँग खेलेर घर फर्कने क्रममा छिमेकीको घरनजिकै चितुवाले विकको ज्यान लिएको हो।

स्थानीय दुर्गा विकले उक्त गाउँ वरपर पहिलादेखि नै चितुवा कराउँदै हिँड्ने गरेको र यस्तो घटना पहिलोपटक भएको बताउनुभयो।‘गाउँका बालकालिका जंगलको बाटो भएर न विद्यालय जाने गर्छन्,‘डिल्लीराम विक भन्नुहुन्छ ,‘विद्यालय पनि जंगलको बिचमा छ’ कोठे गाउँमा ३५ जनाभन्दा बढी रहेका छन्।

दिनभर बाबुआमा काम गर्न घरबाट बाहिर निस्केको समयमा र बालबालिका विद्यालय आउने जाने क्रममा पनि असुरक्षित भएको उहाँले बताउनुभयो।चितुवा मानव वस्ती र जंगलको सिमानामा बस्ने मांसाहारी जनावर हो। चितुवाले खासै मान्छे खाने गर्दैन तर चितुवाले घरपालुवा जनावरहरुको सिकार गर्ने डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले बताउनुभयो।

श्रेष्ठका अनुसार तनहुँबाटै आएको चितुवाले बालिकाको ज्यान लिएको हुन सक्ने बताउनुभयो। पीडित परिवारको लागि ५० हजार रुपियाँ शुक्रबार नै क्षतिपूर्ति दिने उहाँले बताउनुभयो। उहाँले मुचुल्का गरेपछि प्रक्रियामा गएर पीडितलाई थप ९ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने बताउनुभयो।

अन्य समयमा भन्दा साँझको समयमा चितुवाले बढी आक्रमण गरेको आक्रमण गरेको पाइएको श्रेष्ठले बताउनुभयो। बस्ती नजिकैको वनमा धेरै झाडी भएको कारण चितुवालाई लुक्न सजिलो भएको उहाँको भनाइ छ। चितुवा नियन्त्रणाको लािग तनहुँमा भएको काम कास्कीमा गरिने श्रेष्ठले जानकारी दिनुभयो। एक दिनमा कम्तीमा ४/५ किलोमिटर हिँड्ने भएकाले जोडिएको जिल्लामा चितुवा आउजाउ हुने सामान्य रहेको श्रेष्ठको भनाइ छ।

तनहुँमा ३ वर्षमा चितुवाले १३ जनालाई आक्रमण गरेको छ। आक्रमणबाट ७ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी लीलाराज लामिछानेले जानकारी दिनुभयो।
०७४ सालको फागुन १३ गते भानु नगरपालिकामा ३ दोरदोरटारमा ७ वर्षीय विशाल श्रेष्ठ चितुवाको सिकार हुन पुगे।

चितुवाको आक्रमणबाट उनको ज्यान गयो। ०७५ सालको कात्तिक २९ गते भानु नगरपालिका ४ चिसापानीमा ४ वर्षीय अस्मिता लम्साल र मंसिर १५ गते भानु नगरपालिका २ ढलेबहरकी १० वर्षीय अमृत गुरुङले ज्यान गुमाइन्।

०७६ सालमा जेठ २४ गते भानु नगरपालिका २ भकुन्थोककी ९ वर्षीय पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका १ जामुनै गैह्राका ४ वर्षीय आशिक बानिया, कात्तिक ११ गते भानु नगरपालिका २ फुस्रेटारका ७ वषीँय ऋतिक रोका, पुस २० गते आबुखैरेनी गाउँपालिका १ रानागाउँ ७ वर्षीय पुनम सिंजाली मगर र माघ १३ गते बन्दिपुर गाउँपालिका ४ लोहरीपाखाका १० वर्षीय इस्क सुनारको चितुवाको आक्रमणबाट नै ज्यान गएको छ।

तनहुँमा हाल सम्म चितुवाको आक्रमणबाट ५ जना घाइते भएका छन्। २०७५ सालमा भानु नगरपालिका ११ सिख्राको जंगलमा ४८ वर्षीय भिमबहादुर तामाङ, मंसिर ७ गते भानु नगरपालिका २ थप्रेडाँडाका संजय नेपालीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो।

२०७६ सालमा साउन १२ गते भानु नगरपालिका २ ठुलोबगँैचाका ७ वर्षीय हेमराज सुनार, भदौ १२ गते भानु नगरपालिका २ दाहालटारका ५ वर्षीय शुलभ दाहाल र कात्तिक २ गते भानु नगरपालिका २ तल्लोडिहीकी सोनिया अछामी चितुवाको आक्रमणबाट नै घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्