धुन्चेमा ल्होसार विशेष कार्यक्रम सञ्चालन हुँदै



रसुवा, (नेस)।

‘कला, संस्कृति, भाषा, धर्मको प्रवद्र्धन र जगेर्ना गरौं, रसुवाली कलाकार एकजुट हौं’ भन्ने नाराका साथ फागुन–३ गते गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेमा ल्होसार विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ।

कलाकार समाज रसुवा र राष्ट्रिय संगीतकर्मी संघ रसुवाको आयोजनामा हुन लागेको ल्होसार विशेष कार्यक्रम तामाङ सांस्कृतिक र लाङटाङ गोसाइँकुण्डलाई पर्यटन वर्षमा लाखौंको संख्यामा वृद्धि गराउन र तामाङहरूको कला संस्कृति र धर्मको प्रचार–प्रसार गराउने उद्देश्यले गरिएको कार्यक्रम संयोजक दावाफिन्जो तामाङले जानकारी दिनुभयो।

प्रतिनिधिसभा सदस्य मोहन आर्चायको प्रमुख आतिथ्यमा हुने उक्त ल्होसार कार्यक्रम प्रदेशसभा सदस्यद्वय प्रभात लामा र प्रेम तामाङ विशेष आतिथ्यमा हुने र सोनाम ल्होसार कार्यक्रम घरमा मात्रै सीमित नराखी विश्वव्यापी प्रचार–प्रसार गर्न लागिएको संयोजक तामाङले बताउनुभयो।

कार्यक्रम भने जिल्लामै पहिलो चोटि गर्न लागिएको हो।यस कार्यक्रमले आगामी दिनलाई पनि प्रेरणा मिल्नेछ।ल्होसारले कला, संस्कृति, वेशभूषा र इतिहासलाई झल्काई भावि पुस्ताहरूले समेत जान्न र बुझ्न पाऊन भनेर नै यस्तो कार्यक्रम गरिएको आयोजक टिमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्