विप्लवका जिल्ला इन्चार्ज पक्राउ



सर्लाही, (नेस)।

नेत्रविक्रम चन्द (विप्लव) समूह सर्लाहीका इन्चार्ज लालबहादुर बल पक्राउ परेका छन्।उनलाई लालबन्दी नगरपलिका–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिनुभयो।

सलाहीको बागमती नगरपालिका–२ धरहरा घर भएका बलमाथि एक्जाभेटरमा आगजनी गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता गरिएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर बलमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्